उकालो चढ्न नसकेको शेयर बजार, के होला भविष्य ?

उकालो चढ्न नसकेको शेयर बजार, के होला भविष्य ?
काठमाडौं, चैत ६ । सूचक १८८१ सम्म पुगेर फर्किएको सेयर बजार यतिबेला १३ सयको वरीपरि घुमिरहेको छ । गत बिहीबार बजार बन्द हुँदा नेप्से १३५७.३४ विन्दुमा रोकियो । पछिल्लो समय सेयर बजारले केही सकारात्मक संकेत देखाएको छ । चैत सुरु भएसँगै बजारमा विस्तारै माहोल बढ्न थालेको अनुभूति हुँदैछ । कात्तिकयता लगातारजसो घटेको बजार चैत लागेसँगै अब विस्तारै बढेको छ । यसलाई सेयरमा देखिएको सिजनल प्रभाव  भनेर सेयर विश्लेषकले विश्लेषण गरेका छन् ।
यसो भयो भने सेयर बजारमा हरियाली छाउनेछ
 चैत सकिएलगत्तै सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउनेक्रम सुरु हुन्छ । तेस्रो त्रैमासको रिपोर्ट अध्ययन गरेपछि कम्पनीहरुले अर्को वर्ष दिन सक्ने लाभांश लगभग अनुमान लगाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासको रिपोर्ट तुलनात्मकरुपमा राम्रो आएको छ । तेस्रो त्रैमासको रिपोर्ट कस्तो आउला भन्ने धेरैलाई चासो छ । पहिलो र दोस्रो जस्तौ तेस्रो त्रैमासको रिपार्टमा पनि कमाई राम्रो देखिएमा निश्चय नै यसले बजारमा निकै सकारात्मक प्रभाव पार्नेछ । यस आधारमा अबको सेयर बजारको भविष्य धेरै हदसम्म तेस्रो त्रैमासको रिपोर्टमा निर्भर रहने देखिन्छ । यसबाहेक बैंकमा लगानी गर्ने रकम पनि विस्तारै सहज हुने आंकलन पनि हुन थालेको छ । वास्तवमै तरलता अभाव सहज हुन थाल्यो भने यसको थप सकारात्मक प्रभाव बजारमा देखिनेछ । पैसा सहज भयो भने ब्याजदर घट्नेछ । ब्याजदर घट्न थाल्यो र बैंकले सेयर कर्जा सहज पार्न थाले भने त्यो पनि सेयर बजारका लागि सुखद् साबित हुनेछ।

हामीकहाँ चैतपछि बजेट सक्न धमाधम काम गरेको देखाउने गरिन्छ । काम अनि खर्च देखाएर बजेट निकासा हुनेक्रम अब धमाधम बढ्नेछ । विकास खर्चका लागि छुट्याइएको पैसा बजारमा आउन थाल्दा यसले तरलता सहज गराउन सक्नेछ । यसो भयो भने सेयर बजारमा पक्कै राम्रो प्रभाव पर्छ ।

सेयर बजार बुलिस गर्न सहयोग पुग्ने अर्को सबैभन्दा महत्वपूर्ण पक्ष चुनाव हो । वास्तवमै तोकिएको मितिमा स्थानीय निकाय निर्वाचन हुन सक्यो भने त्यो पनि सेयर बजारका लागि पक्कै सुखद् साबित हुनेछ । चुनाव भयो भने दुई प्रकारले सेयर बजारलाई राम्रो गर्नेछ । पहिलो, चुनावमा झन्डै १५ अर्ब रुपैयाँ पैसा बजारमा आउनेछ । यो पैसाको ठूलै हिस्सा सेयर बजारमा पनि जानेछ । यसले बजार विस्तार गराउनेछ । अर्को महत्वपूर्ण विषय भनेको चुनाव हुँदा जनमानसमा सकारात्मक छाप पर्नेछ । आर्थिक, राजनीतिक क्षेत्रसहित अन्तर्राष्ट्रिय समुदायमा समेत सकारात्मक सन्देश जाने र लगानी वातावरण बनाउन सहयोग पुग्नेछ । यस आधारमा सेयर बजारका लागि चुनाज ठूलो फड्को मार्ने अस्त्र साबित हुनेछ ।
यस्तो भयो भने चाहिँ बजारमा पर्नेछ नकारात्मक असर 
केही महिनायता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव र कर्जा–निक्षेप अनुपातले सीमा काट्न लाग्दा थप कर्जा लगानी गर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले भनेजस्तै वास्तवमै लगानी खुम्चिएको हो भने त्यसले बैंकको तेस्रो त्रैमासको रिपोर्टमा असर पर्न सक्छ । लगानी खुम्चिन जाँदा तेस्रोमात्र होइन, त्यसपछिको त्रैमासमा समेत असर गर्न सक्छ । यसो भयो भने सेयर बजार प्रभावित हुनेछ । यसैगरी, तरलता अभाव सहज नहुँदासम्म सेयर बजार बुम हुने सम्भावना अत्यन्त कम हुनेछ । तरलता सहज नभएसम्म निक्षेप र कर्जाको ब्याजदर घट्नेछैन । ब्याजदर नघटेसम्म सेयर बजारमा नयाँ तरंग आउन कठिन हुन सक्छ । यसबाहेक कुनै कारण स्थानीय निकाय निर्वाचन भएन वा मिति पर सारियो भने पनि त्यसले सेयर बजारलाई नकारात्मक असर पुर्याउनेछ । बजारमा बढ्दो हकप्रद र बोनस सेयर व्यवस्थापन गर्न बजार निर्मार्तालगायतका संयन्त्र बन्न सकेन भने अवस्था उत्तिसाह्रो सकारात्मक नहुन पनि सक्छ ।
नेपाली पैसा डटकममा नवराज ढकालकाे अालेख

१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ ।  नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

लोकप्रिय