उन्नत बीउप्रति किसानको आकर्षण बढ्दै

उन्नत बीउप्रति किसानको आकर्षण बढ्दै

फोटो क्याप्सन: उन्नत धानको बीउ खरिद गर्नका लागि एग्रोभेट पसल पुगेका किसान 

कैलाली, वैशाख ७ । उन्नत जातको धानको बीउ प्रयोगप्रति कैलालीका किसानको आकर्षण बढ्न थालेको छ । उन्नत तथा हाईब्रेड धानको बीउबाट उत्पादन राम्रो हुने भएकोले यसको प्रयोगतर्फ किसानको आकर्षण बढेको हो । विगतमा घरमै बीउ उत्पादन गरेर राख्दै आएका कृषक पनि अहिले बजारबाट उन्नत धानको बीउ किनेर छर्ने गरेका छन् । बर्खे धानको बीउ राख्ने कार्य सुरु भएसंगै उन्नत जातको धानको बीउ बिक्री हुने पसलमा किसानको भीडभाड बढ्न थालेको छ ।

हाईब्रेड र उन्नत जातको धानको बीउबाट उत्पादन बढी लिन सकिने किसानहरुको भनाई छ । उनीहरुले घरमै उत्पादन हुने बीउ भन्दा उन्नत जातको बीउ फाइदाजनक रहेको बताएका छन् । धानको बीउ किन्न धनगढी पुगेका रामपुरका किसान चुन्कुराम चौधरीले उन्नत जातको धानको बीउबाट राम्रो उत्पादन हुने गरेको बताए ।

एउटै जमिनमा धेरै वर्षसम्म एकै किसिमको धान लगाउँदा उत्पादन घट्दै जान्छ । राम्रो उत्पादनका लागि हरेक वर्ष नयाँ बीउको प्रयोग गर्न आवश्यक रहेको कृषि प्राविधिकहरु बताउँछन् । तर, उन्नत र हाईब्रेड धान खेतीबारे किसानमा अझै पर्याप्त चेतना आउन सकेको छैन । कस्तो जमिनमा कुन धान लगाउने भनेर किसानमा जानकारीको अभाव देखिएको छ ।

हाईब्रेड धान लगाए पनि उत्पादन नहुँदा कतिपयले घरकै बीउ लगाउने गरेको धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी हर्कमती चन्दले बताइन् ।

लगाउने प्रविधिबारे जानकारी नभएकाले यस्तो भएको हुनसक्ने उनले बताइन । हाईब्रेड धानको बीउबाट अरुले राम्रो उत्पादन लिए पनि आफूले नोक्सान व्यहोरेको चन्दको भनाइ छ । धानको बीउ छर्ने समय भएपछि उन्नत जातको बीउ पाइने एग्रोभेट, बीउबिजन पसलहरुमा किसानको भीड बढ्न थालेको छ । अहिले बढीजसो किसानको रोजाईमा डीवाई ६९, १८ हाईब्रेड धान रहेको किसान एग्रोभेटका सञ्चालक शिवकुमारी बुर्लाकोटीले बताइन् ।

उनले अधिकांश किसानले अझै पनि सर्जु–५२ धानको बीउ खोज्ने गरेको उल्लेख गरिन् । सरकारले सर्जु–५२ को सट्टा सुख्खा–३ जातको धान सिफारिस गरेको छ । ‘कतिपय किसानको माग अझै पुरानै धानको बीउ रहेको छ ।’ बुर्लाकोटीले भनिन्–‘उनीहरुले माग गरेपछि हामी पनि पुरानै धानको बीउ उत्पादन गर्न बाध्य छौं’

पछिल्ला वर्षहरुमा उन्नत जातको बीउको प्रयोग गर्ने किसानको संख्या बढ्दै गए पनि उन्नत बीउको प्रयोग उल्लेख्य रुपमा बढ्न नसकेको बताइन्छ । कृषि विकास कार्यालयले उन्नत बीउको प्रयोग बढाउनका लागि सहुलियतमा बीउ उपलब्ध गराउने, उन्नत जातको बीउको प्रयोग गर्दा हुने फाईदाबारे किसानलाई जानकारी गराउने गरेको जनाएको छ । कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताले उन्नत जातको बीउ प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको बताए । यद्यपि धेरैजसो किसानले अहिले पनि सर्जुलगायत पुरानै जातको बीउ प्रयोग गर्ने गरेका उनको भनाई छ । उन्नत बीउको प्रयोग गर्ने किसानको संख्या बढेसंगै धान उत्पादन पनि बढ्दै गएको गुप्ताले बताए ।

धान खेतीको लागि उर्वरभूमि मानिने कैलालीमा विभिन्न खाले जमिन रहेको छ । तर, उत्पादन बढी लिनका लागि माटो अनुसारको धानको खेती गर्न आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । धानको उत्पादकत्व वृद्धिका लागि हरेक वर्ष नयाँ उन्नत जातका धानको बीउ राख्न अनिवार्य रहेको कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म एउटै धानको बीउ प्रयोग गरेमा उत्पादन घट्ने गरेको उल्लेख गर्दै कृषि प्रसार अधिकृत गुप्ताले उत्पादकत्व बढाउन नयाँ बीउको प्रयोग जरुरी रहेको बताए । ‘माटोको स्वरुप अनुसार फरक–फरक जातका धानको नयाँ बीउ प्रयोग गर्न आवश्यक रहेका उनले बताए ।

कैलालीमा ७४ हजार हेक्टर जमिनमा धान खेती हुने गर्दछ । यो जिल्लाका अधिकांश व्यक्ति कृषि पेशामै निर्भर रहेका छन् । तर, अझै पनि कतिपय किसानले घरमै बीउ उत्पादन गरेर एउटै जातको धान तीन÷चार वर्षसम्म लगाउने गरेका छन् । धानको उत्पादकत्व बढाउनका लागि उन्नत तथा हाईब्रेड धानको खेती गर्न आवश्यक रहेको गुप्ताले बताए । सबै किसानले उन्नत जातको बीउको प्रयोग र आधुनिक प्रविधि अपनाउन सके कैलालीमा धानको उत्पादकत्व अहिलेको भन्दा निकै बढाउन सकिने कृषि प्राविधिकहरुको भनाई छ ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३  पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ । यस्तै, थाईभाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ तथा बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ २० पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैङ्कले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

लोकप्रिय