एका बिहानै प्रचण्ड र अाेलीबीच भेटवार्ता, प्रधानन्यायाधीश पराजुलीलार्इ निम्ताे

एका बिहानै प्रचण्ड र अाेलीबीच भेटवार्ता, प्रधानन्यायाधीश पराजुलीलार्इ निम्ताे

काठमाडौं, फागुन ३० । माओवादी अध्यक्ष प्रचण्ड मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा प्रधानमन्त्रीनिवासभन्दा पश्चिमपटि्ट प्रधानन्यायाधीश गोपाल पराजुलीको निवास छ ।

वर्तमान प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी एकता, सरकार विस्तारलगायतका विषयमा कुरा गर्न भेला भएका थिए । तर, त्यहाँ कुरा भयो, सर्वोच्च अदालतको आन्तरिक विवादबारे ।

सोमबार सर्वोच्च अदालतमा कान्तिपुर दैनिकको मुद्दामा इजलास बस्नै लाग्दा न्यायाधीश चोलेन्द्रसमशेर राणाले एउटा लिखित वक्तव्य पढ्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भइसकेकाले उनको इजलासमा नबस्ने भनेर बेञ्च बहिस्कार गरेका थिए ।

न्यायाधीश चोलेन्द्रले बेञ्च बहिस्कार गरेको घटनालाई केही वकिलले ‘ठूलो घटना’ भएको भन्दै प्रधानन्यायाधीश पराजुलीले मुद्दाको पेशी तोक्नै नमिल्ने र यसमा संसदको ध्यान जानुपर्ने प्रधानमन्त्री केपी ओलीलाई सुझाएका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगिसकेपछि प्रधानन्यायाधीश पराजुलीलाई प्रधानमन्त्री केपी ओलीले सम्पर्क गरेर ‘छिमेकीका नाताले यस्तो चिया खान र गफसफ गर्न’ बोलाएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले ‘चिया खान’ बोलाएका ठाउँमा प्रधानन्यायाधीश पराजुली आए या आएनन् ? अहिलेसम्म कसैले पनि खुलाउन चाहेका छैनन् । प्रधानमन्त्तीका सञ्चारविज्ञ रामशरण बजगाँर्इले पनि अाफुलार्इ यस बिषयमा थाहा नभएकाे प्रतिक्रया दिए ।

तर, मंगलबार बिहानै एमाले र माओवादी समर्थक केही बरिष्ठ वकिलका वीचमा एउटा सुलह चल्यो- ‘प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश पराजुलीलाई बोलाएर सर्वोच्च अदालतमा के भएको हो भन्दै प्रश्न गरे । र, समस्या समाधानका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न पराजुलीलाई सुझावसमेत दिए ।
जवाफमा प्रधानन्यायाधीशले राजनीनामा नदिने तर विदामा बस्ने जानकारी दिए । तीनजनाबीच यसबारे अनौपचारिक सहमतिजस्तै भयो ।’

वामपन्थी वकिलहरुले अब पराजुली इजलासमा नबस्ने र आजैबाट उनले विदा लिने दाबीसमेत गरे ।

तर, वाम वकिलहरुको दाबी त्यतिबेला गलत सावित भयो, जतिबेला प्रधानन्यायाधीश पराजुलीले सधैंझैं अदालतमा उपस्थित भएर पेशी तोके । र, उनले सधैंजस्तै नियमितरुपमा अदालती कामकारवाही अगाडि बढाए ।

बरु मंगलबार नयाँ घटनाचाहिँ के भयो भने सोमबार इजलास बहिस्कारको घोषणा गर्ने न्यायाधीश चोलेन्द्रसमशेर राणाका लागि कुनै पनि बेञ्च तोकिएन ।

प्रचण्ड र ओलीबीच बालुवाटारमा भएको कुराकानी र कार्यपालिकाबाट सर्वोच्च अदालतको घटनामाथि देखाइएको चासोको प्रतिफल मंगलबार केही पनि निस्किएन ।

बरु चोलेन्द्रले बेञ्च बहिस्कारको घोषणा गर्नु न्यायिक परम्परा विपरीत भएको आवाज उठ्यो र उनीमाथि अदालतको मानहानी गरेको आरोपमा मुद्दा चलाउनेबारे प्रधानन्यायाधीश पराजुलीले छलफल चलाएको हल्ला मंगलबार दिनभरि नै चल्यो ।

संविधानविद भीमार्जुन आचार्यले प्रतिक्रिया दिँदै यात चोलेन्द्रलाई दण्डित गरिनुपर्छ, या प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व छाड्नुपर्छ ।

अर्का कानूनविद अधिवक्ता टीकाराम भट्टराईले भने अब प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने, अन्यथा संसदको ध्यान आकृष्ट हुने प्रतिक्रिया दिए ।

पराजुलीलाई कांग्रेसको ब्याकअप !

झट्ट हेर्दा सर्वोच्च अदालतमा भएको विवाद त्यहाँका न्यायाधीशहरुको आन्तरिकजस्तै देखिन्छ । तर, पार्टीको कोटाका आधारमा न्यायाधीश चुन्ने परिपाटीसँगै अहिले अदालतमा चलिरहेको द्वन्द्वमा ‘कांग्रेस भर्सेस एमाले’ को प्रतिरुप प्रष्टसित देख्न सकिन्छ ।

एमालेले सर्वोच्च अदालतलाई तर्साउन खोजेको कांग्रेस नेताहरुले खुलेआम बोल्दै आएका छन् । यसबारेमा कांग्रेस सभापति देउवाले पनि बारम्बार बोलिरहेका छन् ।

यो परिस्थितिमा एकथरि मानिसहरुले प्रधानमन्त्री केपी ओलीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध उक्साएर यो परिस्थितिलाई महाअभियोगसम्म लैजान चाहेको कतिपयको विश्लेषण छ ।

पराजुलीको पदावधि सर्वोच्च अदालतमा धेरै छैन, तर उनलाई वीचैमा राजीनामा दिन बाध्य पार्ने, नभए महाअभियोग लगाउन सरकारलाई उक्साउने काम भइरहेको कांग्रेसनिकट वकिलहरुको विश्लेषण छ । -अनलार्इनखबरबाट

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

लोकप्रिय