एनआईसीबाट ह्याक भएका रकम विश्वको ८ वटा बैँकमा पुगेको तथ्य सार्वजनिक

एनआईसीबाट ह्याक भएका रकम विश्वको ८ वटा बैँकमा पुगेको तथ्य सार्वजनिक

काठमाडौं, कात्तिक ९ । एनआईसी एसिया बैंकको स्विफट् एकाउन्ट ह्याकरहरुले ह्याक गरी गायब पारेका रकम विभिन्न मुुलुकका आठवटा ठूला बैंकहरुमा पुगेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

स्रोतका अनुसार अन्तरदेशीय कारोबारका क्रममा स्विफ्ट एकाउन्ट ह्याक गरी उक्त रकम ती बैंकहरुमा पुुगेको हो ।

झण्डै चार महिनाअघि देखि रकम ह्याक हुुने गरेको घटनालाई गोप्य राखेको एनआईसीले अहिले चौर्तर्फीरुपमा हल्ला भएपछि उक्त रकम क्रमिकरुपमा फिर्ता भइरहेको र कति रकम फिर्ता हुुने क्रममा रहेको बताए पनि बैंकको उक्त भनाइ पूर्णरुपमा निराधार र हल्लामात्र भएको दाबी स्रोतले गरेको छ । रकम ह्याक भएको घटना सार्वजनिक भएपछि बैंकप्रतिको आम सर्वसाधारणको विश्वास कम भएकाले उक्त विश्वासलाई कायम गर्न अर्थात भनौं गुमेको जनविश्वासलाई पुुनः फिर्ता ल्याउनका लागि एनआईसी स्वयमले विभिन्न माध्यममार्फत उक्त हल्ला भएको दाबी स्रोतले गरेको छ ।

नेपाल राष्ट्र बैंक उच्च स्रोतका अनुसार तिहारमा एनआईसी एसिया बैंकबाट अन्तरदेशीय कारोबारका क्रममा ४० करोड रुपैयाँभन्दा बढी रकम गायब पारिएको थियो । ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा उक्त रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्विफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकसमेतको पहलमा रकम सारिएका विभिन्न मुुलुकका छवटा बैंकरुलाई रकम फिर्ताका लागि विभिन्न माध्यमद्वारा एनआईसीले पहल गरिरहेको भनाइ सार्वजनिक भए पनि फिर्ता आउने सम्भावना न्यून रहेको दाबी स्रोतले गरेको छ ।

नेपालका २८ वटा वाणिज्य बैंकहरु स्विफ्ट प्रणालीमा आबद्ध रहेको भए पनि एनआईसी एसियाको आन्तरिक सुरक्षा प्रणाली कमजोर भएका कारण उक्त रकम ह्याक भएको दाबी स्रोतको छ । ‘अहिले विश्वका दुुई सय मुुलुकका ११ हजारभन्दा बढी बैंकहरु स्विफ्टमा आबद्ध रहेको र स्विफ्टमार्फत नै अन्तरदेशीय कारोबार गर्ने गरे पनि अन्य बैंकहरुको कारोबारमा यस्तो समस्या नदेखिनु तर एनआईसीमा मात्र यस्तो समस्या देखिनुले एनआईसी एसिया स्वयंको आन्तरिक सुरक्षा प्रणाली कमजोर रहेको पुष्टि हुन्छ,’ स्रोतले भनेको छ ।

आर्थिक दैनिकबाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय