एमाले माअाेवादी पार्टी एकता : सिद्धान्तको टुंगो महाधिवेशनबाट

एमाले माअाेवादी पार्टी एकता : सिद्धान्तको टुंगो महाधिवेशनबाट

काठमाडौं, फागुन ७ । दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्।

एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्नेसम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा जटिलता देखिएको थियो। तर, शनिबार र आइतबार दुवै पार्टीका अध्यक्ष बीचको ‘वन-अन-वन’ छलफलले वैचारिक राजनीतिक विषयमा सहमति जुटाएकाले अब एकता प्रक्रिया करिब निष्कर्षमा पुगेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्।

प्रधानमन्त्रीको निजी निवास बालकोटमै शनिबार छलफल गरेका दुई अध्यक्षले आइतबार भने झापाको मेडिकल कलेजका व्यापारी दुर्गा प्रसाईंको भक्तपुर सानोठिमीस्थित निवासमा पाँच घण्टासम्म ‘लन्च मिटिङ’ गरेका थिए।

‘दुई नेताबीचको शनिबार र आइतबारका दुवै वार्ता सकारात्मक भएका छन्, अब केही गडबड नदेखिए सम्भवतः सोमबार एकता संयोजन समिति बैठक बसेर एकतालाई निष्कर्षमा पुर्‍याउने निर्णय आउन सक्छ’, भुसालले भनिन्।

उनका अनुसार एकताका क्रममा विवादमा आएको जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौं शताब्दीको जनवादका विषयलाई छलफलमा लगेर अब एकताको महाधिवेशनबाट अन्तिम छिनोफानो लगाउने विषयमा दुई अध्यक्षबीच सहमति जुटेको छ।

तत्कालका लागि माक्र्सवाद-लेनिनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउँदै अन्य विषयलाई भने छलफलमा लगेर महाधिवेशनमा टुंग्याउन ओली-दाहाल सहमत भएका हुन्।

शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक आर्थिक विकासको लक्ष्य राखी समाजवादको आधार तयार पार्ने गरी एकीकृत पार्टीको कार्यदिशा निर्माण गर्नेमा दुई अध्यक्षबीच सहमति छ।

‘एकीकृत पार्टीको कार्यदिशालाई परिमार्जन र विकास गर्ने गरी अगाडि जान नेता सकारात्मक देखिनुभएको छ’, भुसालले भनिन्।

एमाले स्रोतका अनुसार एकीकृत पार्टीको राजनीतिक दस्ताबेज निर्माणकै क्रममा अब एक-अर्काको विगतको इतिहासको सम्मान गर्दै दस्ताबेजीकरण गर्ने र नमिलेको विषयमा टिपोट बनाई महाधिवेशनमा लगेर टुंग्याउने गरी अब पार्टी एकता प्रक्रिया अगाडि बढ्छ।

बुधबार दुई अध्यक्षको व्यवस्थापन, पदीय मर्यादाक्रम, सानो आकारको केन्द्रीय समिति, आलोपालो प्रधानमन्त्रीलगायत विषयमा सहमति जुटे पनि एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवादलाई अहिले नै पार्टीको सैद्धान्तिक आधार मान्ने÷नमान्ने विषयमा कुरा नमिलेपछि एकता वार्ता अड्किएको थियो।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टी एक भइसकेको भन्दै अब एकताको ‘ता’ मात्रै बाँकी रहेको बताए। आइतबारको ठिमी बैठकपछि एमाले दलको कार्यालय सिंहदरबारमा पुगेका ओली-दाहाललाई आफू नेतृत्वको कार्यदलको प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग गौतमले आज-भोलितिरै एकता प्रक्रिया टुंगिने प्रतिक्रिया दिएका थिए।

‘दुई पार्टी अब एक भइसक्यो, एकताको ‘ता’ मात्र बाँकी छ, आज-भोलितिरै टुंगिन्छ’, गौतमले सञ्चारकर्मीस“ग भने, ‘औपचारिक एकता संसद् अधिवेशनपछि हुन्छ, माओवादी सरकारमा तत्काल आउँछ।’

दुई अध्यक्षबीच एकीकृत पार्टीलाई दुई अध्यक्षात्मक प्रणालीमा लगेर संयुक्त नेतृत्व गर्ने, पदाधिकारी दुई जना मात्र रहने, बैठकको अध्यक्षता आलोपालो गर्ने र पदीय मर्यादा पनि अध्यक्षता गर्ने को पहिलो नम्बरमा हुने गरी मिलाउने, ११ सदस्यीय स्थायी समिति बनाउने, दुई अंकसम्मको केन्द्रीय समिति बनाउने, दुई वर्षभित्रै एकताको महाधिवेशन गर्नेजस्ता विषयमा बुधबारको बैठकअगाडि नै सहमति जुटेको नेताहरूको भनाइ छ।

अब अन्य नेताको व्यवस्थापनका लागि संगठनात्मक स्वरूपका विषयमा छलफल गर्न एकता संयोजन समितिमार्फत संगठनात्मक कार्यदल बनाउने र मिलेको वैचारिक राजनीतिक विषयलाई दस्ताबेजीकरण गर्नका लागि वैचारिक कार्यदल बनाउने गरी संयोजन समितिले काम गर्ने तयारी दुई दलको छ।

आइतबार दुई अध्यक्षको छलफलपछि एकता संयोजन समिति बैठक बस्ने बताए पनि प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आइतबार संयोजन समितिको बैठक बस्न सकेको थिएन।

पार्टी एकता बैठक टुंगो लगाउन आइतबार साँझ गृहजिल्ला चितवन जाने कार्यक्रम रोकेर दाहाल काठमाडौंमा रोकिएका छन्। स्रोतका अनुसार ओली-दाहालबीच पार्टी एकता, मन्त्रालय भागबन्डादेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत पद-बाँडफाँटका विषयमा छलफल केन्द्रित छ। ‘प्याकेज सहमतिकै लागि दुई अध्यक्षबीच छलफल भइरहेको छ’, माओवादीका अर्का नेताले भने। -अन्नपूर्ण पोष्टबाट

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय