गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीद्धारा शपथ ग्रहण
पोखरा । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सरकार गठनको करिब दुई महिना पुग्नै लाग्दा मन्त्रालय फुटाएर भागबण्डा मिलाएर सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त गरिएको हो । उहाँहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
एमालेबाट मन्त्री नियुक्त भएसँगै गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन पनि भएको छ। कार्यविभाजन अनुसार एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गर्नुहुने भएको छ ।
यसअघि सरकारमै रहेका कांग्रेस सांसद डा.टकराज गुरुङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाउनुभएको छ भने विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ले वन तथा वातावरण र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
सरकारमा एमालेलाई प्रवेश गराउन दुई मन्त्रालय फुटाएर ७ बाट बढाएर ९ मन्त्रालय गराइएको छ ।
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा
काठमाडौ। नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभएको हो। कार्यक्रममा दुबै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो । संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताउनुभयो । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताउनुभयो। समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उहाँले बताउनुभयो ।
कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ । कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो । संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् । अरु सबै शीर्ष नेता विराटनगर पुगिसक्दा कोइराला भने आज चितवनमा हुने दुईवटा शोकसभामा सहभागी हनु लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । दुवै देशका प्रतिनिधिमण्डलका साथ उताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा मंगलबार अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।
पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई १४९९ मनान्तरले हराउँदै माओवादी केन्द्र विजयी
रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा भारी मनान्तरसहित विजयी हुनुभएको छ । उहाँले कांग्रेस–एमाले गबन्धनका केशरीकुमारी तुलाचनलाई १४९९ मतान्तरले हराउनुभएको छ । बुढाले ३६२७ मत प्राप्त गर्नुभएको छ भने तुलनाले २१२८ मत प्राप्त गर्नुभएको छ ।