ओखलढुङ्गगा पूर्ण साक्षर जिल्ला भएकाे घोषणा

ओखलढुङ्गगा पूर्ण साक्षर जिल्ला भएकाे घोषणा

काठमाडौं, पुष १० । ओखलढुङ्गा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा मन्त्री धनिराम पौडेलले आइतबार सदरमुकाम ओखलढुङ्गामा आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी ओखलढुङ्गा जिल्लालाई मुलुकको ३३ औं साक्षर जिल्ला घोषणा गर्नु भएको हो । यस अघि मुलुकका ३२ वटा जिल्ला साक्षर घोषणा भैसकेका थिए ।

२०६८ सालको जनगणना अनुसार १५ देखि ६० बर्ष उमेर समूहका १ लाख ४७ हजार ९ सय ४८ जनसंख्या मध्ये ९९ दशमलब ५ प्रतिशतले लेखपढ गर्न जानेकाले जिल्लालाई साक्षर घोषणा गरिएको ओखलढुङ्गाका जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले जानकारी दिनुभयो ।

साक्षरता घोषणा सभालाई संवोधन गर्दै शिक्षा मन्त्री पौडेलले दुर्गम जिल्ला भएर पनि ओखलढुङ्गा जिल्लाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताउनुभयो । उहाँले सन् २०१७ सम्ममा नेपाललाई पूर्ण साक्षर घोषणा गर्न राज्यले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धता पूरा गर्न देशका सबै नागरिक लाग्नु पर्नेमा जोड दिनुभयो ।

शिक्षा मन्त्री पौडेलले देशको आबश्यकता अनुसारको शिक्षा प्रणाली विकास गर्ने उद्देश्यले सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताउनुभयो । पञ्चायती व्यवस्थाले स्थापित गरेको शिक्षा नीतिलाई बदलेर मुलुकको बदलिंदो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने खालको शिक्षा प्रणालीको बिकास गर्नु अहिलेको प्रमुख कर्तव्य भएको उहाँको भनाई थियो । ‘राजनीतिक सत्ताले आफू अनुकूलको शैक्षिक प्रणालीको विकास गर्छ । हामीले ठूलो त्याग र बलिदानपछि संघिय गणतान्त्रिक नेपालको निर्माण गरेका छौं । हामी पञ्चायती व्यवस्थाले स्थापित गरेको पुरानो शिक्षा नीतिलाई बदलेर संविधानले परिकल्पना गरे अनुसारको शैक्षिक प्रणाली निर्माण गर्न चाहन्छौं ।’

उहाँले शिक्षा नियमाबली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । शिक्षा ऐन कार्यान्वयनमा जाँदा राज्यलाई आर्थिक भार बढ्ने भएकाले त्यसको व्यवस्थापनको लागि अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्ने भएकाले नियमावली जारी गर्नमा केही ढिलाई भएकोे बताउनुभयो ।

अहिलेको राजनीतिक प्रणाली अनुसारको शैक्षिक प्रणाली स्थापित गर्नु । संघिय गणतन्त्रलाई संवोधन गर्ने खालको । संविधानका भावना अनुसारको । राज्य प्रणालीले माग गरे अनुसारको

कार्यक्रममा सांसदहरु यज्ञराज सुनार, रामहरी खतिवडा र सकुन्तला राजभण्डारी, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यय मोहन खड्का, नेपाली कांग्रेसका प्रदिप बानियाँ, नेकपा एमालेका नेत्रप्रसाद भट्टराई, अनौपचारिक शिक्षा केन्द्रका प्रमुख दिवाकर ढुंगेल, पूर्वाञ्चल विकास क्षेत्रका क्षेत्रीय शिक्षा निर्देशक केशवप्रसाद दहाल, स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी, त्रिलोचन रिमाल, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गोकर्ण बानियाँ, क्रान्तिकारी माओवादी केन्द्रका नेता रुद्र फूँयाल, संघिय समाजवादी पार्टीका नेता धिरेन्द्र रुम्जाली, राप्रपाका धनराम श्रेष्ठ, बरुणेश्वर माविका प्रधानाध्यापक कुलप्रसाद खतिवडा, जिल्ला शिक्षा समितिका सदस्य बाबुराम गौतम, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतले बोल्नु भएको थियो ।

बक्ताहरुले भूकम्पले क्षतिग्रस्त ओखलढुंगाका विद्यालय संरचनाको निर्माणमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । शैक्षिक सिकाईमा अभिभावक र बालबालिकालाई जोड्न सके शिक्षाको दिगो हुनेमा वक्ताहरुले जोड थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले देशभक्तिपूर्ण गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साक्षरता अभियानमा विभिन्न ढंगले सहयोग पु¥याउने श्रोत केन्द्रका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ ।  यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ ।   कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ ।  ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ ।  काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ ।  खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।  विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।  अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

लोकप्रिय