कमजोर सुरक्षा, भद्रगोल उद्धार

कमजोर सुरक्षा, भद्रगोल उद्धार

काठमाडौं, फागुन ३० । दुर्घटनाको १० मिनेटसम्म दमकल पुगेन, पछि सुरक्षाकर्मी मात्र होइन, सर्वसाधारणले पनि धावनमार्ग पार गरे

जहाज धावनमार्ग छाडेर पूर्वी–दक्षिणतर्फको घाँसेमैदानमा जोतियो । जहाजबाट आगो र धुवाँको मुस्लो छुट्यो । त्यसको १० मिनेटपछि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थल पुगे । तर, उद्धार रफ्तारमा हुन सकेन । सुरक्षाकर्मी आपसमा अलमलिरहेका देखिन्थे । उद्धारमा खटिएका नै अलमलमा परेपछि दुर्घटनापछिको परिस्थिति भद्रगोल बन्न पुग्यो । दुर्भाग्यवश ५० यात्रुले
ज्यान गुमाए ।,यो खबर आजकोनयाँ पत्रिकामा छ ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड प्रमुख एसएसपी प्रेम चन्द उद्धारमा भद्रगोल भएको स्विकार्न तयार छैनन् । कुनै कसर बाँकी नराखी उद्धार गरिएको उनले बताए । उनी भन्छन्, ‘दुर्घटनालगत्तै सुरक्षाकर्मी उद्धारमा खटिएका हुन् । दमकलले आगो निभायो । अति प्रज्ज्वलनशील पदार्थलाई आगोले टिप्ने डरले विशेष खालको ‘फम’ प्रयोग गरियो, घाइतेलाई विमानस्थलको मूलगेटबाट लैजाँदा समय लाग्ने भएकाले भन्सारतर्फको गेट प्रयोग गरियो ।’

विमानस्थलभित्र हुन सक्ने दुर्घटनाको क्षति न्यूनीकरण गर्न र यात्रुको उद्धार गर्न प्रत्येक वर्ष सुरक्षाकर्मीले काल्पनिक घटनाको रिहल्सन (डेमो) गर्ने गर्छन् । त्यसवेला दुर्घटना भएको दुई मिनेटमै घटनास्थलमा सुरक्षाकर्मी पुगेको र उद्धारमा खटिएको देखाइन्छ । तर, सोमबार भएको दुर्घटनामा रिहल्सनमा गरिएझैँ दुई मिनेटमै सुरक्षाकर्मी घटनास्थल पुगेको देखिएन । न त उद्धार नै छरितो भयो । तर, एसएसपी चन्द भने १० मिनेटभित्र यो सब काम भएको भन्दै काम चुस्त भएको दाबी गर्छन् ।

विमानस्थलभित्र क्षणभरमै सयौँको भिड
विमानस्थलको सुरक्षा अति संवेदनशील मानिन्छ । अत्यावश्यक जाँच गरेपछि मात्रै सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउँछन् । तर, सोमबार दुर्घटनाग्रस्त जहाज जलेको हेर्न दर्जनौँ सर्वसाधारण घटनास्थलमै पुगे । कतिपय चप्पलसमेत नलगाई घटनास्थलतर्फ हान्निएका देखिन्थ्यो । उनीहरू हात हल्लाउँदै ‘अलिहेसम्म उद्धारका लागि सेना प्रहरी आएको छैन’ भन्दै थिए । यतिसम्म कि रमिता हेर्न केटाकेटीसमेत पुगेका थिए । त्योभन्दा ठूलो भिड विमानस्थलको पूर्वी–दक्षिणतर्फको पेप्सिकोलातिरको गेटमा देखिन्थ्यो । यही गेटबाट सर्वसाधारण विमानस्थलभित्र छिरेका थिए । घटनास्थलमा सर्वसाधारणको भिड बढेपछि गेटमा खटिएका सुरक्षाकर्मीले अरूलाई भने भित्र जान रोकेको थियो । त्यसैले गेटमा भिड बढेको थियो ।

तर, एसएसपी चन्द विमानस्थलभित्र सर्वसाधारण नछिरेको दाबी गर्छन् । ‘विमानस्थलको कुनै पनि गेटबाट सर्वसाधारण घटनास्थल छिरेका छैनन् । मिडियाकर्मीलाई समेत घटनास्थल छिर्न रोक लगाइएको थियो । टाउजर र हाफपाइन्टमा देखिएका त सिभिलमा खटिएका सुरक्षाकर्मी हुन् । तत्काल उद्धारमा खटिनुपर्ने भयो । त्यसैले उनीहरू जस्तो अवस्था थिए, सोही अवस्थामा उद्धारमा खटाइएको हो,’ चन्दले दाबी गरे ।

जगेडा सुरक्षाकर्मी छैनन्
विमानस्थलमा नियमितबाहेक आकस्मिक सुरक्षामा खटाउन जगेडा सुरक्षाकर्मीको व्यवस्था छैन । त्यसैले सोमबार नियमित सुरक्षामा खटिने २५ सुरक्षाकर्मीलाई दुर्घटनास्थलतर्फ खटाइयो । त्यसपछि मात्रै उद्धारका लागि थप सुरक्षा बल माग गरिएको थियो ।

एसएसपी चन्दले भने, ‘यहाँ रहेका २० देखि २५ सुरक्षाकर्मी तत्काल दुर्घटनास्थलमा खटाइयो । थप सुरक्षाकर्मी त्यसपछि मागिएको हो । त्यसवेलासम्म सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी पनि घटनास्थल आइसकेका थिए । सबै गरी करिब ३ सयको संख्यामा सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।’

विमानस्थलको प्रत्यक्ष सुरक्षा नेपाल प्रहरीको कमान्डमा छ । विमानस्थलभित्रको सम्पूर्ण सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी रहन्छन् । यसका लागि नेपाल प्रहरीको मात्रै ३ सय ७ दरबन्दी छ, कमान्ड डिआइजीले गर्छन् । विमानस्थलको यो नियमति सुरक्षा संयन्त्र हो । यो संयन्त्रमा चौबिसै घन्टा सुरक्षाकर्मी खटिनुपर्छ । त्यसैले यहाँको सुरक्षाकर्मीलाई झिकेर अन्त लैजान सकिँदैन । अत्यावश्यक परे बाहिरैबाट थप सुरक्षाकर्मी माग्नुपर्ने हुन्छ । विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि हुन्छन् ।

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय