कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

सिञ्जा, भदौ १८ गते । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेपछि अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि ठुलो सुविधा भएको छ ।

सो अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज उद्घाटन गर्नुभयो ।

अक्सिजन प्लान्टले हरेक दिन ७० वटा सिलिण्डरसम्म उत्पादन गर्नेछ भने विद्युत् आपूर्तिको समस्याले गर्दा तत्काल दैनिक कम्तीमा १० सिलिण्डर उत्पादन भइरहेको छ ।

कार्यक्रममा मन्त्री भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशकै गौरवको स्वास्थ्य विश्वविद्यालय भएकाले यसले कर्णालीका जनताको स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा नयाँ नयाँ पहलकदमी लिनुपर्ने बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएयता जुम्लामा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका काम भइरहेका छन् ।

प्रतिष्ठानले इमर्जेन्सी सेवा, आइसियु सेवा, शल्यक्रिया सेवा, नेत्ररोग सेवा, हाडजोर्नी, दन्तरोग, छाला रोग, महिला तथा स्त्रीरोग, बालरोग, रेडियोलोजी, एक्सरे, ल्याब, पिछडिएको क्षेत्रमा हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकुम, सुर्खेतमा विशेषज्ञ सेवा, अछाम, बझाङ, बाजुरामा घुम्ती स्वास्थ्य सेवा, सामुदायिक स्वास्थ्य सुरक्षा कार्यक्रम तथा फार्मेसी सेवा दिइरहेको छ ।

त्यस्तै प्रवीणता नर्सिङ, जनरल मेडिसिन, स्नातक मिडवाइफेरी नर्सिङ, पब्लिक हेल्थ पढाइ भइरहेको छ ।

हाल ३०० श्ययाको अस्पताल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशको मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने देखिन्छ ।

गाेर्खापत्रबाट

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

लोकप्रिय