कलिलै उमेरमा सम्बन्धविच्छेद

कलिलै उमेरमा सम्बन्धविच्छेद

रोल्पा, पुस १९ । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको भएका थिए । सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मंसिर २९ गते वैवाहिक सम्बन्धमा बाँधेका थिए ।

विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले । विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मंसिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरे।

डाँगीका अनुसार २०७१ साल फागनुमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशिएर फोनबाटै गाली–गलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुगेको हो । हाल उनले दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ ।

राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गरेको थियो । १६ वर्षको उमेरमा आमा बनेकी घर्तीले आफ्नो अध्ययनलाई ४÷५ कक्षाभन्दा माथि उठाउन सकेन ।

दुवैको मञ्जुरीमा प्रेम विवाह गरेका घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । दिनभरि काम गर्दा पनि श्रीमानले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उनी पटक पटक इलाका प्रहरी कार्यालय घर्ती गाउँमा पुगेको थियो ।

पटकपटक घर्ती गाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो । तर स्थायी रुपमा उनीहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन । अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुगे।

त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो । बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन ।

विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आएका श्रीमती कमला बुढाले २०७३ साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको छ ।

गैरीगाउँ–१ रोल्पाका १८ वर्षीया पवित्रा केसीले बुढागाउँ–९ रोल्पाका १८ वर्षीय हेमराज पुनसँग २०७० साल पुष १५ गते प्रेम विवाह गरेको थियो । उहाँका श्रीमान् विवाह भएको करिव १ महिनापछि कामको खोजीमा काठमाडाँैंको ईंटा भट्टामा पुगे ।

६ महिनापछि त्यहाँबाट कामकै खोजीमा भारत गए । यसरी भारत पुगेका श्रीमानले घरमा भएकी श्रीमतीको बेवास्ता गर्ने, खर्च नपठाउने गर्न थालेपछि आफ्ना दिनहरु थप कष्टकर बन्दै गएको केसीले बताए ।

घरमा भएका परिवारले समेत मानसिक यातना दिन थालेपछि उनी माइती घरमा बस्न थाले । माइतीले छोरीलाई घरमै बस्ने वातावरण मिलाउन धेरै प्रयास गरेको तर सम्भव नभएको केसीका भाउजूले बताए । उनले भने– ‘हामीले नानीलाई घरमै बसाल्ने वातावरण मिलाउन धेरै प्रयास ग¥यौं तर ज्वाइँले कुटपिट गर्न र यातना दिन छा्ड्नु भएन । माइतीमै राख्नुपर्छ भने किन सम्बन्ध गाँसिरहने भन्ने सोची सम्बन्ध विच्छेदको निवेदन दिन लिबाङ आएका छौं ।’

राँक–५ रोल्पाका ५० वर्षीया कौशिला विकले पनि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराएको छ । श्रीमान् कुलवीर कामीले मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने, आफ्नो कामको मूल्याङ्कन नगर्ने, सधैं झगडा गरी आफूलाई शारिरीक तथा मानसिक यातना दिने गरेको उनले पेस गरेको निवेदनमा उल्लेख छ । उनको मुद्दा पनि विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ ।

यसरी १७÷१८ वर्षको उमेरदेखि ५०÷५५ वर्षको उमेर समूहका महिलाहरु सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नासु दामोदर दाहालले जानकारी दिए । मुद्दा फाँटका खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र जम्मा ५० वटा नयाँ र

२० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कुल ७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । यस आवमा ३३ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेका छ । सातवटा मुद्दामा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेको देखिएको छैन ।

जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदको समस्या पछिल्लो दिनमा रोल्पा जिल्लामा मात्र नभएर देशभर नै बढ्दै गएको छ । विशेषगरी बालविवाहका कारण विवाह गर्ने उमेरका किशोरकिशोरीले सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ ।

यस्तै, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगर प्रहरी कार्यालय रोल्पामा आएका सबैजसो घटना मिलापत्र गरी पठाउने गरिएको बताएको छ । उनका अनुसार नगण्य घटना मात्रै सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पुग्ने गरेका छन् ।

जिविस रोल्पाका सामाजिक विकास अधिकृत रत्नज्योति हमालका अनुसार एकाध बाहेक जिल्लामा बालविवाह गरेका अधिकांश जोडीले नै सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ    

अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही

काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्।  यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

लोकप्रिय