कसरी सिक्ने अंग्रेजी भाषा? जान्नुहोस् सरल उपाय

कसरी सिक्ने अंग्रेजी भाषा? जान्नुहोस् सरल उपाय

काठमाडौंः  कुनै पनि भाषा सिक्ने मानिसको अभ्यासमा निर्भर रहन्छ । हामी नेपाली भाषा राम्ररी बोल्न र बुझ्न सक्छौं किनभने यसको अभ्यासका निम्ति हामीसंग प्रशस्त समय रहेको हुन्छ । यदि हिन्दी भाषामा राम्रो प्रभाव छ भने त्यस पछाडिको कारण भनेकै हिन्दी सिक्ने अवसर मिलेको भएर हो ।

अंग्रेजी भाषा पनि पनि नेपाली र हिन्दीजस्तै अभ्यास गरेर सिक्ने भाषा हो । यो कुनै कठिन र तेस्रो ग्रहबाट आएकाहरुले मात्र जान्ने भाषा होइन । यहाँ हामीले अंग्रेजी भाषा सिक्ने विधि उल्लेख गरेका छौं । जसबाट तपाईं थोरै समयमा अंग्रेजी भाषाको जानकार व्यक्ति बन्नु सक्नुहुनेछ ।

१. अर्थ सम्झिएर अंग्रेजी किताव पढ्ने

अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा त्यसको अर्थ लगाएर पढ्ने बानी बसाल्नुस् । अलिकति मात्र भाव बुझेर पढ्नु अंग्रेजी सिक्नेका लागि राम्रो तरिका होइन । यदि तपाईं अंग्रेजीमा धेरै कमजोर हुनुहुन्छ भने एकैपटक कुनै कठिन किताव वा पत्रिकाको अर्थ सम्झेर पढ्ने प्रयाश नगर्नुहोस् । पहिला साधारण र हलुका कितावको व्यवस्था गर्नुस् । त्यसको अर्थ दिनको दुई या तीन पेज दिनहुँ कुरा बुझेर पढ्ने गर्नु उपयुक्त हुन्छ । यस प्रयोजनका लागि तपाईंलाई डिक्सनरी आवश्यक हुनसक्छ । आजकल त गुगलमा तपाईंले चाहेका डिक्सनरी उपलब्ध छन् । यदि डिक्सनरीमा उल्लेख भएका शब्दको भाव बुझ्न कठिन भएमा कुनै साथी या शिक्षकको सहायता लिन नबिर्सनुस् । तपाईंले अंग्रेजीमा पढेको अध्याय नेपालीमा राम्ररी भन्न सक्ने गरी सिकेको हुनुपर्छ ।
यसरी साधारण अंग्रेजी कितावको अर्थ बुझेर पढ्ने क्षमता भइसकेपछि विस्तारै विस्तारै अलि कठिन कितावको अर्थ सम्झिएर पढ्ने कोशिस गर्दा उचित हुन्छ । तपाईं धैर्यसाथ यो काम अघि बढाउँदै जानुभयो भने यसमा उल्लेखनीय प्रगति गर्न सक्नुहुनेछ । यही प्रयाशको फलस्वरुप जुनसुकै खालका अंग्रेजी किताव वा पत्रपत्रिका पढ्दा राम्ररी कुरा बुझ्न सक्नुहुनेछ ।

२. अनुवाद गरी जाँच गराउने

कुनै विषयबस्तु नेपाली भाषामा लेख्नुपर्यो भने हामी सजिलै लेख्न सक्छौं । त्यही काम अंग्रेजीमा गर्नुपर्यो भने शब्द र वाक्य बनाउने वाक्यको विधि नमिल्दा भावमै अन्तर आउन सक्छ । फलस्वरुप अंग्रेजीमा लेखिएको शब्दको आनको तान फरक आई कमजोरी छताछुल्ल हुनपुग्छ । यही कमजोरीलाई हटाउन सबैभन्दा उत्कृष्ट तरिका हो– नेपाली अंग्रेजीमा र अंग्रेजी नेपालीमा अनुवाद गर्नु । यस कमजोरीलाई हटाउन सबभन्दा उपयुक्त विधि भनेको एउटा साधारण अनुवादको किताव जुन अंग्रेजी र नेपाली अनुवाद भएको होस् । जसभित्र दैनिक जीवनमा प्रयोग गरिने भाषाको प्रशस्त अभ्यास भएको होस् । त्यसपछि दिनैपिच्छे एक दुई पाठ नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नुहोस् ।

अनुवाद गरेपछि त्यसलाई जचाएर कहाँ गल्ती छ, सच्याएर अघि बढ्नुस् । शुरुमा सजिलो खालको अनुवाद गर्नुस र अध्ययन बढ्दै गएपछि कठिन भाषाको अनुवादमा लाग्नुस् । अनुवादका कस्ता पुस्तक उपयोगी हुन्छन रु पठनशैली कस्तो गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा शिक्षकको सल्लाह उपयुक्त हुन्छ । यसखाले दोहोरो अनुवाद र लेखनको अभ्यास एकसाथ गर्दै जाँदा मानिसमा मौलिक सिर्जना गर्ने आत्मविश्वास बढ्दै जान्छ । यसका लागि धैर्य आवश्यक छ । एक या दुई महिनाको प्रयासले यस्तो उपलब्धि हात लाग्दैन् । कम्तिमा एक वर्ष तपाईंले समर्पण गर्ने आँट गर्नुभयो भने सुधार हुने विश्वास लिन सकिन्छ ।

३. अंग्रेजी व्याकरण पढेर अभ्यास गर्ने

कुनै पनि भाषाको स्वरुपा या बनोट त्यसको व्याकरणमा निर्भर रहन्छ । त्यसैले अंग्रेजीको राम्रो जानकारीका लागि अंग्रेजी व्याकरणको जानकारी आवश्यक छ । तर तपाईं अंग्रेजी भाषाको गहिराईसम्म पुग्न चाहनुहुन्न भने बढी टाउको दुखाउने जरुरी नै भएन । यस्तो स्थितिमा तपाईं आफ्नो अंग्रेजीको जानकारीका आधारमा व्याकरणको आवश्यक पाठ पढ्ने र सिक्ने गर्नुस् । पढेर सिकेपछि त्यसमा दिएका अभ्यास गर्न छुटाउनु हुँदैन् । यसका लागि दुई, तीनखाले अंग्रेजी व्याकरण कितावको जरुरी हुन्छ । पढ्ने र अभ्यासको काम निरन्तर चलिहन जरुरी छ । व्याकरण पढेपछि गरिएका अभ्यास शिक्षकलाई जचाउन भुल्नु हुँदैन् । यसले त्रुटी सच्याउन मद्दत गर्छ । व्याकरण शुद्ध भएन भने न बोलाई र लेखाईमा शुद्धता दुर्लभ हुन्छ ।

४. अंग्रेजीमा कुरा गर्ने

अंग्रेजी भाषाको सैद्धान्तिक ज्ञान मात्रले काम चल्दैन । यसका लागि व्यावहारिक ज्ञान पनि अनिवार्य छ । व्यावहारिक ज्ञान प्राप्तिका लागि व्यावहारिक बाटो अवलम्बन गर्न जरुरी छ । अंग्रेजी बोल्ने क्षमताको विकास अंग्रेजी बोलेरै गर्न सकिन्छ । तपाईंको अंग्रेजी भाषामा जतिसुकै गहिरो लिखित ज्ञान भएपनि अभ्यास नभएको अवस्थामा अंग्रेजीमा कुराकानी गर्न सक्नुहुन्न । मौखिक क्षमता विकासका लागि सबैभन्दा राम्रो तरिका भनेको आफ्ना समकक्षी साथीभाइसंग अंग्रेजीमा कुराकानी गर्नु । यदि कुराकानी गर्ने साथी अनुकूल नभए कुनै भाषा प्रशिक्षण केन्द्रमा भर्ना हुनु उपयुक्त हुन्छ । लामो समयसम्म अंग्रेजी बोल्ने क्रम जारी राख्नुभयो भने अंग्रेजी बोल्ने आत्मविश्वास बढ्दै जानेछ । यही आत्मविश्वासले तपाईंले अंग्रेजीमा सक्षम र आत्मनिर्भर तुल्याउने छ ।

५. अंग्रेजी सुन्ने क्षमताको विकास गर्ने

कसैले अंग्रेजीमा बोलेको कुरा सुनेर राम्ररी बुझ्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । यो कुनै तपाईं अंग्रेजी भाषा लेखपढ गर्न वा बोल्न सिकिसकेपछि कसैका कुरा पनि विशेष गरी विदेशीले बोलेको टोन पनि बुझ्नु हुनेछ । हाम्रो देशको वातावरणमा हुर्केका व्यक्तिहरुमा भन्दा पश्चिमी मुलुकका व्यक्तिको आवाज बढी पातलो र लचिलो खालको हुन्छ । त्यसैले उनीहरुले बोलेको हामी प्रष्टसंग नबुझ्न पनि सक्छौं । साथै नेपाल र यसका छिमेकी राष्ट्रमा केही व्यक्तिको घरेलु वातावरण अंग्रेजीमय हुन्छ । उनीहरुको बोली पनि पश्चिमा मुलुकका नागरिकसंग मिल्ने भएका कारण बुझ्न कठिन हुन्छ । कसैको छिटो बोल्ने बानी हुन्छ भने कति चाहिँ शान झार्न छिटो बोलेको देखाउँछन् । यस्तो स्थितिमा पनि दोहोरो संवादमा अप्ठेरो पर्न सक्छ ।

हामी सबैले बुझेको सत्य के भने अंग्रेजी विदेशी भाषा हो । त्यसैले बोलिने टोन पनि विदेशी नै हो । यदि हामी अंग्रेजी भाषा सिक्न चाहन्छौं भने आफ्नो टोन पनि उस्तै बनाउनु पर्यो । हुन त फोनेटिक्स विषय पढेर भाषाको उच्चारणलाई शुद्ध बनाउन सकिन्छ । यदि त्यो सम्मको झन्झट व्यहोर्नु छैन भन्ने लाग्छ भने साधारण अभ्यास नै काफी छ । यसका लागि टेलिभिजन, रेडियो, युट्युब च्यानलको सहयोग लिनुभयो भने तपाईंको दक्षतामा निखार आउँदै जान्छ । अंग्रेजी सिरियल, समाचार, डकुमेन्ट्री, कमेन्टरी हेरेर स्पष्टसंग बुझ्ने कोशिस जारी राख्नुहोला । जुन दिन यी माध्यमबाट आएका विषयवस्तु बुझ्नुहुन्छ, त्यसदिनबाट तपाईं अंग्रेजी भाषाको शुभयात्रामा प्रवेश गर्नुभयो भनेर जाने हुन्छ । तर धैर्य हुन जरुरी छ । धैर्य नभएको मानिसका लागि भाषा कठिन हुन्छ ।

अध्यक्ष ‘प्रचण्ड’बाट एसईई परीक्षार्थीलाई शुभकामना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले एक सन्देशमार्फत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सफलता प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन्। उनले सफलतामा विद्यार्थीहरूको मेहनत, लगनशीलता र दृढ संकल्पको उल्लेख गर्दै यस यात्रामा साथ दिने शिक्षक, शिक्षिका तथा अभिभावकप्रति विशेष आभार पनि व्यक्त गरेका छन्। उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। “राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गर्दछु,” प्रचण्डको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

एसईईको नतिजा सार्वजनिक, नन-ग्रेड विद्यार्थीलाई साउन २९ देखि पुनः परीक्षा दिने मौका

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार, यस वर्षको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। परीक्षा २०८१ साल चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डले नतिजा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरिसकेको जनाएको छ। यद्यपि, वेबसाइटमा सम्पूर्ण नतिजा लोड हुन केही समय लाग्न सक्ने बोर्डले जानकारी दिएको छ। विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा वा विद्यालयमार्फत हेर्न सक्नेछन्। यसैबीच, बोर्डले ग्रेड नपाएको (नन-ग्रेड) विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। नन-ग्रेड विद्यार्थीहरूले यस अवसरमा परीक्षा दिई आफ्नो शैक्षिक भविष्य सुरक्षित गर्न सक्नेछन्। परीक्षा फारम भर्ने र अन्य प्रक्रियाको सम्बन्धमा बोर्ड चाँडै विस्तृत सूचना सार्वजनिक गर्ने तयारीमा रहेको छ।

जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ ।  यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ ।   कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ ।  ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ ।  काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ ।  खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।  विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।  अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस

लोकप्रिय