कांग्रेस–माओवादीकाे केही तहमा तालमेल, एमाले एक्लै भिड्दै

कांग्रेस–माओवादीकाे केही तहमा तालमेल, एमाले एक्लै भिड्दै
काठमाडौं, भदौ २१ ।
प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता, यस्तो छ कार्यतालिका

२१ भदौ : उम्मेदवारको मनोनयनपत्र दर्ता
२१ भदौ : उम्मेदवारको सूची प्रकाशन
२२ भदौ : उम्मेदवारको विरोधमा उजुरी दिने
२२ भदौ : मनोनयनपत्र जाँच गर्ने
२३ भदौ : मनोनयन भएकाको नामावली प्रकाशन
२३ भदौ : उम्मेदवारले नाम फिर्ता लिने
२४ भदौ : अन्तिम नामावली प्रकाशन
२४ भदौ : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
२ असोज : मतदान

निर्वाचन हुने स्थान
-जम्मा स्थानीय तह : १३६

-महानगर : १

-उपमहानगर : ३

-नगरपालिका : ७३

-गाउँपालिकाः ५९

-जम्मा निर्वाचित हुने जनप्रतिनिधि : ६६२७

-मतदानस्थल : २१६६

-मतदान केन्द्र : ३५७८

-कर्मचारी : ३१५००

-जम्मा जनसंख्या : २६ लाख ६४ हजार

खर्च : १ अर्ब ८५ करोड

प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबारको मनोनयन कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो । तेस्रो चरणको निर्वाचनमार्फत १३६ स्थानीय तहका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् । आठ जिल्लामा हुन लागेको निर्वाचनको उम्मेदवारी दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको छ ।

आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवारी दर्ता गराउन अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आयोगले मधेसमा हालैको बाढी र डुबानका कारण सडक, कल्भर्ट र पुलमा भएको क्षतिले असर पारेको आवागमन तत्काल व्यवस्थित गर्न सरकारलाई आग्रह पनि गरेको छ । निर्वाचन आयोगका अनुसार तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले तीन हजार पाँच सय कर्मचारी मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको छ ।

महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवार मनोनयन दर्तामा ५० प्रतिशत छुट
स्थानीय तहका निर्वाचनमा वडा तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ । र, महिला, दलित, अल्पसंख्यकलगायतलाई उम्मेदवारी मनोनयन गर्न आवश्यक शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । दलका तर्फबाट उम्मेदवार हुँदा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा सबै पक्षबाट सहयोग हुन अपेक्षा राख्दै आयोगले आयुक्तको नेतृत्वमा उच्चस्तरीय टोली र सचिवको नेतृत्वमा अनुगमन टोली खटिएको जनाएकोे छ । निर्वाचनसम्बन्धी विवाद निरूपण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले पनि आचारसंहिता पालनाको अनुगमन गर्ने व्यवस्था मिलाएको छ ।

कस्तो छ दलहरूको निर्वाचन तयारी ?

 कांग्रेसले अधिकांश तहमा उम्मेदवार टुंग्यायो

उम्मेदवारी दर्ताको एक दिनअघि मात्र कांग्रेसले अधिकांश तहमा उम्मेदवारी टुंग्याएको छ । अन्य दलहरूसँग तालमेल गर्ने र पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन भन्दै कांग्रेसले यसअघि १०५ तहको मात्र उम्मेदवारको टुंगो लगाएको थियो । पूर्व–पश्चिम राजमार्गले छोएका केही तहमा एमालेको पकड भएकाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ । वीरगन्ज महानगरमा भने एक्लै प्रतिस्पर्धा गर्नेछ ।

गठबन्धनविरुद्ध एक्लै भिड्दै एमाले


एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राजपाले कतिपय तहमा द्विपक्षीय र त्रिपक्षीय तालमेलको अन्तिम कसरत गरिरहेका वेला एमालेले सबै तहमा एक्लै प्रतिस्पर्धा गर्ने गरी मंगलबार उम्मेदवारको सूची सार्वजनिक गरेको छ । निर्वाचनमा एमालेलाई हराउन कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनमा देशबाहिरको शक्ति पनि सामेल भएको एमालेको आरोप छ ।

माओवादीले १२१ तहमा उम्मेदवार टुंगो लगायो


माओवादी केन्द्रले १२१ तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, ३० तहका उम्मेदवारको नाम मात्र उसले सार्वजनिक गरेको छ । तालमेलको टुंगो नलाग्दा मंगलबार सबै उम्मेदवारको घोषणा गर्न नसकेको माओवादीले जनाएको छ । बुधबार कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसँग छलफल गरेर टुंगो लगाउने प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले बताए ।

राजपाले ११४ तहमा उम्मेदवार टुंगो लगायो
राजपाले १३६ मध्ये ११४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । बुधबार बाँकी तहका उम्मेदवारको टुंगो लगाउने उसले जनाएको छ । राजपा महामन्त्री मनीष सुमनका अनुसार केही तहमा अन्य दलहरूसँग तालमेलको छलफल भइरहेको छ । उनका अनुसार महोत्तरीको बर्दिबासमा कांग्रेस र सप्तरीको रुपनी नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल हुँदै छ । राजपाले वीरगन्ज महानगरपालिकामा राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ । वीरगन्जमा राजपाबाट विमल श्रीवास्तवको पनि दाबी थियो, तर टिकट नपाएपछि उनले पार्टी छाडेका छन् । -नयाँपत्रिकाबाट

अखिल क्रान्तिकारीको सम्मेलनको तयारी पुरा, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले २३औं राष्ट्रिय सम्मेलनको तयारी पुरा गरेको छ । यससँगै क्रान्तिकारीले सम्मेलनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । उपाध्यक्ष केशव रावलले जानकारी दिए अनुसार असोज १० गते मध्यान्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उदेघाटन गर्नुहुनेछ।  किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने सम्मेलनको बन्द सत्र ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । ११ गतेनै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ ।१२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समुहका नेताले प्रस्तुत गर्नेछन् ।   १२ गते नै सम्मेलन सम्पन्न गर्न गठित निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  १३ असोजको विहानैदेखि चुनावी कार्यक्रम सुरु हुनेछ ।  नयाँ नेतृत्व चयनका लागि हुने चुनावी कार्यक्रमलार्ई सौहार्द र मर्यादित बनाउन सवै प्रयास गरिएको क्रान्तिकारीले जनाएको छ ।  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको रावलले बताउनुभयो । मतदान सकिएपछि तत्काल गणना थल्ने र मतपरिणाम घोषणा गर्ने क्रान्तिकारीको तयारी छ ।  क्रान्तिकारीको नयाँ नेतृत्वका लागि एक दर्जन नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दावेदावी पेश गरिरहेका छन् । 

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

त्रिविमा २०५८ पछिका परीक्षार्थीले एकपटक जाँच दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । त्यसैगरी सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको त्रिभुवन विश्व विद्यालय शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । बैठकपछि जारी सूचनामा भनिएको छ,‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’ त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ । हेर्नुहोस् सूचना 

लोकप्रिय