तर चारै तहमध्ये मालारानी गाउँपालिकामा भने कांग्रेस र माओवादीबीच गज्जबको तालमेल भएको छ । प्रमुखमा माओवादीबाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसबाट शान्ता खनाल संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
प्रमुख र उपप्रमुख मात्र होइन, वडा तहमा पनि कांग्रेस र माओवादी एक भएर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छन् ।
९ वटा वडा रहेको मालारानी गाउँपालिकामा तीन वडामा कांग्रेसको चुनाव चिह्न रुख र ६ वडामा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडामा चुनाव लडेको अन्नपूर्ण पोस्टमा खबर छ ।