काजु खानुस् यस्ता छन् फाइदाहरु

काजु खानुस् यस्ता छन् फाइदाहरु

काजुको सामान्य जीवनमा केही महंगो भएका कारण कमैले मात्रै प्रयोग गर्छन् । तर काजुको नियमित प्रयोग गरेमा त्यसबाट विभिन्न फाइदाहरु लिन सकिन्छ ।

थकान हटाउँछ
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ त्यसैले यसको प्रयोगले शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

अनुहार चम्किलो बनाउँछ
काजुको प्रयोग खानमा मात्रै नभएर यसले मसाज पनि गर्न सकिन्छ । यसमा प्रोटिनको मात्रा उच्च हुने भएकाले यसलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नुपर्छ । त्यसले गर्दा अनुहार अझ बढी चम्किलो हुन्छ ।

दिमाग तेजिलो बनाउँछ
काजुमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।

युरिक एसिड हुन दिँदैन
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।

रक्तचाप नियन्त्रण गर्छ
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।

कोलेस्टेरोल घटाउँछ
हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।

मुटु बलियो बनाउँछ
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

सुविधायुक्त हेयर कटिङ सञ्चालनमा

काठमाडौं, असार १३ । धनगढीमा सुविधायुक्त हेयर कटिङ सञ्चालनमा आएको छ । धनगढीको रातोपुलमा फोर यु पार्लर सञ्चालमा आएको हो । पार्लरको धनगढी उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष दिपक थापाले उद्घाटन रे । यसअघि महेन्दनगरमा पार्लर सञ्चालन गरेको डिलाईट गुप्रले धनगढीमा पनि पार्लर सञ्चालन गरेको हो । अब अरु स्थानमा पनि थप पार्लरहरु खोलिने सञ्चालक आभेष चन्दले जानकारी दिए । एसीयुक्त सुविधा सहितको पार्लरमा महिला र पुरुषका लागि कपाल सम्बन्धी सम्पुर्ण सुविधाहरु रहेका छन् ।

आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

काठमाडौं, वैशाख ५ । काठमाडौंको हात्तीगौडामा सुविधा सम्पन्न दुलही ब्युटी एण्ड फेशन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सीप सिकाएर उद्यमशीलतातर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटी एण्ड फेशन स्टुडियोको समुद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेशन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पूर्ण कानूनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटी एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा वरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटी एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिट्टै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटी एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अवस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटी एण्ड फेशन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन् ।

किन गरिन्छ कस्मेटिक सर्जरी ?

एस्थेटिक सर्जरी प्लास्टिक सर्जरीको एउटा अंग हो । यसलाई आमभाषामा कस्मेटिक सर्जरी भन्ने गरिन्छ । पछिल्लो समयमा युवापुस्तामाझ कस्मेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । यसका लागि नेपालमा पनि दक्ष जनशक्ति उपल्ब्ध छन् । जो आफ्नो सुन्दरतामा अलि धेरै नै ध्यान दिन्छन्, उनीहरूका लागि प्लास्टिक सर्जरी बढी उपयोगी हुन्छ । जसमा विशेषगरी, मोडेल, कलाकार आदि पर्छन् । कस्मेटिक सर्जरी गर्नुको कारण शरीरका बाहिरी अंगमा कुनै कमजोरी भएमा वा सुन्दर देखिन कस्मेटिक सर्जरी गरिन्छ । विशेषगरी, अनुहारमा नमिलेको भाग मिलाउन, चाउरिएको छाला तन्काउन, आँखाको साइज ठिक बनाउन, नाक, छाला, कान, गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन सर्जरी गर्न सकिन्छ । आगोले पोलेको ठाउँ, चोटपटक वा अन्य दुर्घटनाबाट परेको घाउ हटाउनसमेत एस्थेटिक सर्जरी आवश्यक हुन्छ । स्तन सानो वा ठूलो बनाउन र मोटोपन घटाउन पनि यसको आवश्यकता छ । यसको किसिम ब्लेफारोप्लास्टी आँखामा गरिने सर्जरी हो । यसको माध्यमले आँखा सानो भएमा ठूलो वा आर्कषक बनाउने तथा ठूलो भएमा ठिक्कको बनाइन्छ । खासगरी मंगोलियन समुदायका मानिसले यसलाई बढी प्रयोग गर्छन् । ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन राइनो सर्जरी गरिन्छ । त्यस्तै, चिक अयुग्मेन्टेसनबाट गालासँगै अनुहार मिलाउन सकिन्छ । सिलिकन ब्रेस्ट इम्प्लान्टबाट स्तनको साइज मिलाउन र हिप इम्प्लान्ट सर्जरीबाट मोटोपन घटाउन सकिन्छ । यसरी शरीरका भिन्न–भिन्न अंगमा फरक–फरक तरिकाले सर्जरी गर्न सकिन्छ । यसका सावधानी कस्मेटिक सर्जरीपछि अंग र अवस्था हेरेर सामान्य अवस्थामा आउन समय लाग्न सक्छ । जस्तै, छाला टाइट गर्ने, पेट र हिप घटाउने खालका शल्यक्रियापछि सामान्य अवस्थामा आउन बढी समय लाग्छ । जुन तुलनात्मक रूपमा बढी खर्चिला पनि हुन्छन् । कहिलेकाहीँ शल्यक्रियाबाट सुन्दरतामा निखार ल्याउने भएकाले संक्रमण हुने सम्भावना रहन्छ । त्यस्तै, औषधिको सेवन र आराम गर्नुपर्ने भएकाले आफ्नो हेरचाहमा ध्यान पुर्‍याउनुपर्छ । नेपालमा एस्थेटिक सर्जरी सर्वसुलभ भए पनि महँगो पर्छ । त्यसैले, यसमा सबैको पहुँच भएको पाइँदैन । सर्जरीका दौरान सिलिकन एम्प्लान्ट आदि प्रयोग गरिने भएकाले पनि महँगो पर्ने गरेको हो । नयाँपत्रिकाबाट

यस्तो छ अनुहार सफा बनाउने तरिका

धेरै मानिसहरु अनुहारलाई सफा बनाउनका लागी पार्लरमा गएर क्रिजिङ् गर्न गर्दछन् । तपाई पनि पार्लरमा गएर अनुहारको सफाई गर्ने काम गर्नु हुन्छ होला । पार्लरमा केमिकलबाट बनेको सामाग्रीले अनुहारमा क्रिजिङ् गर्ने गरिन्छ, यसकारण अनुहार सफा हुनुको सट्टा केमिकल अनुहारमा जाने हुदाँ लामो समय पछि नराम्रो असर देखा पर्दछ, त्यसैले तपाई पार्लरमा गएर केमिकल प्रयोग भएको सामाग्रीबाट क्रिजिङ गनुहुन्छ भने तपाईले अब त्यसो गर्नुपदैन् । किनभने हामी तपाईलाई अनुहारलाई सफा गर्ने तरिकाको बारेमा जानकारी दिँदै छौ, जसको प्रयोग गर्नाले तपाईको अुनहारमा हुने सम्पूर्ण फोहार पदार्थ बाहिर निस्केर जानुका साथै तपाईको अनुहारमा हुने कालो दाद, चाया पोतो पनि हटेर जानेछ । आवश्यक सामाग्री १. गोलभेँडा २.काचो दुध बनाउने तरिका सर्वप्रथम तपाईले एउटा पाकेको गोलभेँडा लिनुहोस् । पाकेको गोलभेँडालाई एउटा कोरेसोले हामीले भिडियोमा देखाए जसरी नै कोर्नुहोस् । यसरी कोरेपछि तपाईले चिया छान्नेको साहयताले यसको रस निकाल्नुहोस् । गोलभेडाँको रस निकालेपछि एउटा सफा भाडोमा यसलाई राख्नुहोस् र त्यसमा काचो दुध हाल्नुहोस् । यसरी काचो हालेपछि तपाईले त्यसलाई राम्ररी चलाउनुहोस् । यसरी चलाएपछि तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ । प्रयेग गर्ने तरिका तपाईले यसरलाई रातको समय प्रयोग गर्नुहोला राती सफा पानीले अनुहार सफा गरेपछि हल्का मसाज गदै यसलाई अनुहारमा लगाउनुहोस् मजास गर्दा तपाई करिब ५ मिनेट जति मसा जगर्न जरुरी छ । रात भरी अनुहारमा राख्नुहोस्, र भोलि पल्ट हल्का चिसो पानीले धुनुहोस् । यसरी हप्ताको ३ पटक जति तपाईले अनुहारमा लगाउनु भएका तपाईको अनुहारमा भएको फोहार बाहिर निस्केर जान्छ र अनुहार सफा, चम्किलो हुने छ ।

लोकप्रिय