कारितास नेपालद्वारा शत्रु जीव व्यवस्थापन पाठशाला समापन कार्यक्रम सम्पन्न

कारितास नेपालद्वारा शत्रु जीव व्यवस्थापन पाठशाला समापन कार्यक्रम सम्पन्न

सुनकोशी गाउँपालिकाको १, २ र ३ वडामा भूकम्प पीडितहरुको निजी आवास निर्माण लगायत जीविकोपार्जन तथा विपद् जोखिम न्यूनिकरण, खानेपानी, सरसफाई तथा स्वच्छता र संरक्षण तथा मनोसामाजिक सहयोगको जिम्मा पाएको कारितास नेपालले साविकको कालिकामा २०७४ साउन २७ गतेदेखि माघ ३ गते र ठोकर्पामा २०७४ साउन २४ गतेदेखि माघ १२ गतेसम्म भूकम्प प्रभावित तथा साना किसानहरुका लागि सृजनशील र एकिकृत शत्रु जीव व्यवस्थापन कृषक पाठशाला सञ्चालन गरी मिति २०७४ साल फागुन २३ गते समापन कार्यक्रम सम्पन्न गरेको छ ।

विश्वव्यापीरुपमा बढिरहेको हानीकारक विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको अवस्थामा कारितासले भूकम्प प्रभावि ततथा साना किसानहरुको मागलाई मध्यनजर गरी जैविक प्रविधि अपनाएर कम जग्गामा धेरै र स्वस्थ बाली उत्पादन गरी राम्रो आम्दानीमा वृद्धि गर्न जीविकोपार्जनमा सहयोग पु¥याउने हेतुले एकिकृत शत्रु जीव व्यवस्थापन आई.पी.एम.पाठशाला तरकारी बाली काउलीमा सञ्चालन गरेको हो ।

समापन कार्यक्रममा स्थानीय सरोकारवाला, अगुवा कृषक र दुईवटा पाठशालाका ५२ जना कृषक सहभागी गरी १२५ जनाको सहभागिता रहेको र जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । आई.पी.एम. पाठशालाका सहभागीहरुले आफूले हासिल गरेका ज्ञान र सीपको प्रतिवेदन, नाटक र गीतहरुमार्फत आई.पी.एम. तरिकाबाट खेती गर्नाले हुने फाइदा र बेफाइदाबारे सन्देशमूलक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा उपस्थित स्थानीय सरोकारवालाहरु मध्य उच्च माविका प्रअ, वडा सदस्यहरुले आफ्नो मन्तव्यको क्रममा यस आई.पी.एम. कार्यक्रमले खाद्य सुुरक्षामा टेवा पुग्ने र किसानहरुको मुख्य मागलाई सम्बोधन गरी एकिकृत शत्रु जीव व्यवस्थापन पाठशाला किसानहरुलाई राहत हुने किसिमको रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यलय चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले नेपाल कृषिप्रधान देश भएकोले कृषि पेशालाई आधुनिकिकरण गर्नको लागि र पर्यावरण संरक्षणका लागि पनि आई.पि.एम.प्रविधि अपनाउनु अत्यन्तै आवश्यक भएको बताउँदै भूकम्पपछिको तत्कालिन अवस्था र हालको अवस्थामा पुनःनिर्माणको कार्यक्रमले आकाश–पातालको फरक भएको बताए र कालिका र ठोकर्पामा कारितासले पुनःनिर्माणको जिम्मा लिई पारदर्शी ढङ्गबाट कार्यक्रमगरिरहेकोले कारितास नेपाललाई मुरीमुरी धन्यवाद दिएका थिए ।

पुनःनिर्माणको कार्यक्रमलाई प्रकाश पार्दै कारितास नेपालले सुन्दर तथा नमुना बस्ती बनाउने संकल्पका साथ खाद्य सुरक्षामा ध्यान दिई स्वस्थ बाली उत्पादन र वातावरण संरक्षणको लागि भूकम्प पीडित तथा स्थानीयहरुको चहराइरहेको घाउमा मल्हम पट्टी लगाउन प्रयास गरिरहेको र धानबालीमा पनि आईपीएम पाठशाला सञ्चालन गर्ने योजना रहेको कारितास नेपालका जिल्ला कार्यक्रम संयोजक झग्गु चौधरीले बताए ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय