विष्णुकुमारकाे हङकङ जाने सपना चक्नाचुर भयाे

विष्णुकुमारकाे हङकङ जाने सपना चक्नाचुर भयाे

धरान, चैत्र ६ । केही साता धरानमा बसेर सोमबारको उडानमा हङकङ फर्किन हवाइ टिकट काटिसकेका थिए, धरान–१२ बस्ने विष्णुकुमार लिम्बूले ।

धरान र इटहरीको बीचमा पर्ने सेउती पुल नजिकै कार दुर्घटनामा परी मृत्यु भएपछि उनको सपना अधुरै रह्यो । बा १५ च २०६१ नम्बरको कार सेउती मोडमा ब्रेक फेल भएर दुर्घट्ना लिम्बूको मृत्यु भएको हो ।

सात महिने छोरा, श्रीमती दिलकुमारी लिम्बूसहित उनका साथी धरान–१५ बूढासुब्बा चोकस्थित ताप्लेजुङ्ग सान्थाक्रा ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक राजेन्द्र ल्वागुनसँग शनिबार झापाको माइधारमा पूजा गरेर धरान घर फर्किरहेको बेला कार दुर्घटनामा उनको मृत्यु भएको थियो । कारमा ल्वागुन र लिम्बूको परिवार चढेका थिए । ल्वागुन पनि व्यापारिक कारोबारका लागि लिम्बूसँगै हङकङ जाने तयारीमा थिए ।

कारमा सवारमध्ये ५ जना गम्भीर घाइते भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरी पोस्टका इन्चार्ज तिलक गिरीले बताए । गिरीका अनुसार ल्लागुनका श्रीमती सुशीला ल्वागुन र १० वर्षका छोरा निरज ल्वागुन, मृत विष्णुका श्रीमती दिलकुमारी लिम्बू र उनका र ७ महिने छोरा याङवुहाङ लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएको छ ।

धरानतर्फ आउँदै गरेको कार बाँया पुलतिर मोड्न खोज्दा ब्रेक फेल भएको थाहा पाएपछि दाँयातर्फ मोडेर चारकोशे जंगलतिर ५० मिटरभित्र पुगेर रुखमा बजारिएको थियो । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मोहन वैद्यको आइसियुमा उपचार हुँदै

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ । विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो । अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उहाँलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुनुहुन्छ । हरेक वर्ष जाडो याममा उहाँलाई दमको समस्या बढ्ने गर्छ ।

आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।  यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।  परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् । 

आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प

काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।

लोकप्रिय