कुन ठाउँमा पानीको स्रोत राम्रो हुन्छ ?

कुन ठाउँमा पानीको स्रोत राम्रो हुन्छ ?

ज्यो. बलराम उपाध्याय खकुरेल

मानिसलाई जीवनमा पिउन वा अन्य कुनै प्रयोजनका लागि पानीको निकै महत्व हुन्छ । या भनौँ पानीबिना मानिस बाँच्न पनि सक्दैन । त्यसकारण पानी पनि मानिसको जीवनमा निकै महत्वपूर्ण मानिन्छ । यही सत्यलाई वास्तुशास्त्रले पनि स्वीकारेको छ ।

घर वा आवासमा पानीको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा वास्तुशास्त्रमा वर्णन गरिएको छ । नयाँ घडेरीमा बनाइने एक तले घर वा धेरै तले अपार्टमेन्ट होस् पानीको व्यवस्था त गर्नैपर्छ। यसका साथै विद्यालय, मन्त्रालय वा कुनै पनि मानवीय संरचनामा पानीको आवश्यकता पर्छ नै । यी हरेक संरचना निर्माण गर्नुअघि नै पानीको व्यवस्था कसरी गर्न सकिन्छ भनेर विचार गर्नुपर्छ ।

वास्तुशास्त्र अनुसार संरचना निर्माण गर्ने जमिनमा बोरिङ्ग, कुवा  वा अन्य श्रोतबाट पानी निस्कन्छ कि निस्कँदैन ? वा कति खनेपछि जमिनको पानी भेटिन्छ भनेर अध्ययन गर्नुपर्छ । अनि पानीको स्वाद कस्तो छ, कस्तो गन्ध आएको छ भन्ने कुरा पत्ता लगाएर पानीको सहज व्यवस्थापन कसरी गर्ने भन्ने कुरा वास्तुशास्त्रमा बताइएको छ ।

कुनै पनि संरचनाको पूर्व दक्षिण दिशा, दक्षिण पश्चिम दिशा र पश्चिम उत्तर दिशामा पानीको ट्याँकी, कुवा वा पानीको श्रोत राख्नुहुँदैन । पानी ट्यांकी वा पानीको श्रोतको लागि पूर्व उत्तर अर्थात् इशान दिशालाई उपयुक्त र सही दिशा मानिएको छ । यदी इशानमा पानीको लागि ठाउँ मिलाउन नसक्ने अवस्थामा उत्तर र पूर्व दिशालाई पनि पानीको श्रोतका लागि प्रयोग गर्न सकिन्छ । आग्नेय कोण र दक्षिण दिशामा कहिले पनि पानीको कुनै पनि श्रोत बनाउनु राम्रो मानिँदैन ।

पश्चिम दिशालाई जलका मालिक वरुणको स्थान मानिने भएकाले पानीको लागि पश्चिम दिशा पनि प्रयोग गर्न सकिन्छ । कुनै पनि संरचनाको बिचको भागलाई ब्रह्म स्थान मानिने भएकाले घर वा संरचनाको मध्य भागमा कुनै पनि कुरा राख्नु वा पानीको श्रोत बनाउनुलाई वास्तुशास्त्रमा निषेध गरिएको छ । मध्य भागमा कहिले पनि खाल्डो बनाउनु हुँदैन ।

बोरिङ्ग, कुवा इनार आदि पानीको श्रोतहरु निर्माण गर्नको लागि माघ, फागुन, मंसिर, जेठ, कार्तिक र वैशाख महिना राम्रो हुने कुरा वास्तु शास्त्रमा बताइएको छ । बृहत् संहिता ग्रन्थका अनुसार चन्द्रमासँग पानीको सम्बन्ध हुने भएकाले चन्द्रमाको अवस्था अनुसार द्वितीया, अष्टमी, पञ्चमी, एकादशी तथा चतुर्दशी तिथिमा कुवा, इनार आदि खन्नु अशुभ  मानिन्छ । यी बाहेकका दिन मा शुभ मुहुर्त हेरेर खन्नु राम्रो हुने शास्त्रीय मान्यता रहेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय