केपी ओली भित्री रुपमा पुरै गलिसकेका छन् : वर्षमान पुन

केपी ओली भित्री रुपमा पुरै गलिसकेका छन् : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले बाहिर जतिसुकै हुँङ्कार गरेपनि भित्री रुपमा पुरै गलिसकेको टिप्पणी गरेका छन् । मजदुर दिवसको उपलक्ष्यमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पुनले स्थानीय चुनावमा ओली पराजित भइसकेको बताएका हुन् ।

स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लव लगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए । ‘केपी ओली बाहिर जतिसुकै हुँङकार देखाएपनि भित्री रुपमा गल्नुभएको छ । उहाँ भित्री रुपमा पराजित भइसक्नु भएको छ, त्यो व्यवहारबाट पुष्टि हुन्छ ।’ पुनले भने, ‘लेनिन भन्छन् मान्छेहरु के भन्छन् त्यो महत्वपूर्ण हुँदैन । मान्छेले के गर्छन् ? त्यसको व्यवहार कस्तो छ रु भन्ने हो । उसले कोसँग संगत गर्छ ? भन्ने हो । मान्छेको बोलीबाट चिन्न सकिँदैन । उसलाई चिन्ने संगतबाट हो ।’

केपी ओलीले गरेका अधिकाश संगतहरु कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग भएको पुनले दाबी गरे । ‘आज ओलीजीहरुको चुनावी तालमेल कम्युनिस्टहरुसँग छ ? वामपन्थी र प्रगतिशीलहरुसँग छ । उहाँको तालमेल दक्षिणपन्थी अतिवादीहरुसँग छ ? त्यो उहाँले आफै प्रष्ट पार्नुभएको छ, हामीले भन्दै पर्दैन ।’ पुनले भने, ‘ओलीजी दक्षिणपन्थी बाटोमा हुनुहुन्छ । प्रतिगमनको बाटोमा हुनुहुन्छ, त्यो तथ्यहरुले पुष्टी गरेको छ । उहाँले ठूला–ठूला कुरा गरेर केही हुँदैन । आमजनताले बुझेका छन् ।’

स्थानीय चुनावमा केपी ओली पराजित हुनु संविधान र लोकतन्त्रको रक्षा हुनुभएको बताए । ओली पराजित हुनु नै पुनः वामपन्थी शक्तिहरुको पुनः एकता गर्ने वातावरण बन्नु भएको बताए ।

‘केपी ओली प्रवृत्तिले दुईपटक संसद विघटन गर्यो । संविधानमाथि प्रहार गर्यो । हामीले स्थापना गरेको मौलिक लोकतन्त्र, समावेशी चरित्रको लोकतन्त्रमाथि प्रहार गर्यो । प्रतिगामी कदम चालेपछि त्यो रोक्नका लागि गठबन्धन गरेका हौ’ पुनले भने, ‘तपाई हामी दशौं लाख जनता सडकमा उलिर्यौ । त्यसमा सहमत हुनेगरी एक हुँदै गयौं । सुरुका दिनमा काँग्रेस सहमत भएन आफ्नै ढंगले अघि बढ्यो । किनभने कम्युनिस्टहरु फुटेका छन् । त्यसबेला निर्वाचन भयो भने काँग्रेसले एक्लै बहुमत ल्याउँछ भन्ने भयो । दोस्रो पटक पनि संसद विघटन भएपछि यहाँ चुनाव हुँदै छैन भन्ने बुझ्यो । प्रतिगमनतिर देश गयो भन्ने बुझ्यो । त्यसपछि मात्रै हाम्रो मोर्चामा काँग्रेस पनि आयो ।’

लाखौं जनताको बलमा सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर संविधानको रक्षा गरेको पुनले बताए ।

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय