के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?

के ले रोक्यो वाईसिएल र युवा संघको एकता ?

दिनेश ठकुल्ला, काठमाडौं : केन्द्रीय कमिटी कति संख्याको बनाउने भन्ने विषयका कारण पूर्व नेकपा (एमाले) निकट युवा संघ र माओवादी केन्द्र समर्थक योङ कम्युनिस्ट लिग (वाईसीएल)बीचको एकता अड्किएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि ढिलै भए पनि अधिकांश संगठनको एकता टुङगिएको छ । तर, युवा संघ र वाईसीएलको एकताले भने गति लिन सकेको छैन ।

शुरुका दिनमा नेतृत्व र नाममा विवाद भएपनि अहिले भने दुबै संगठनबीच संख्या र भावनात्मक मिलाप हुन नसक्दा एकता हुन नसकेको गुनासो दुबै संगठनका नेता तथा कार्यकर्ताहरुको देखिन्छ । केन्द्रीय कमिटी कति संख्याको बनाउने भन्ने विषयका कारण एकता अड्किएको युवा संघ र वाईसीएलका नेताहरू स्वीकार्छन् । एकता गर्दा कुन संगठनबाट कति प्रतिशत सहभागी हुने भन्ने कुरा अहिले पनि विवादको विषय बनेको छ । नेकपाको युवा संगठनका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले संख्याबाहेक अन्य सबै विषय टुङगिएको दाबी गरे । उनले भाद्र मसान्तसम्ममा एकता प्रक्रिया टुङ्गिने जानकारी दिए ।

यसअघि ‘युवा संघ र वाईसीएल एकतापछि बनेको संगठनको नाम राष्ट्रिय युवा संघ नेपाल राख्ने र झण्डा तत्कालीन युवा संघले प्रयोग गर्ने सहमति भएका थियो । ‘विधान पनि तयार भइसकेको छ,’ एभरेष्ट दैनिकसँग दिपशिखाले भने, ‘अब केन्द्रीय कमिटी कति संख्याको राख्ने भन्ने भन्ने विषय मात्र बाँकी छ । त्यो अब भदौ मसान्तसम्ममा टुङग्याउँछौं । त्यसका लागि हामी निरन्तर छलफलमा छौं ।’  तर यही संख्याको विवादकै कारण एकतामा निकै जटिलता थपिएको देखिन्छ । पूर्व युवा संघभित्र एकीकृत अवधारणा विकास हुन नसक्दा संख्याको विवाद अल्झिएको पूर्व वाईसिएल पक्षधरको छ ।

नेकपाको विधानमा जनवर्गिय संगठनको केन्द्रीय कमिटी २ सय ५१ राख्नुपर्ने उल्लेख छ । त्यति संख्यामा राख्दा सिनियर नेता छुट्ने चिन्ता दुबै संगठनमा छ । त्यसैले वाईसीयलले केन्द्रीय कमिटी ३ सय ५१ बनाउनुपर्ने बताएको छ । तर, युवा संघले भने त्यो संख्या पनि कम भएकोे, त्यसका कारण सिनियर नेता छुट्ने भन्दै ४ सय ७२ बनाउनुपर्ने बताउँदै आएको छ । युवा संघले तत्कालीन युवा संघको केन्द्रीय कमिटी संख्या २ सय ५६ र वाईसीएलको केन्द्रीय कमिटी संख्या २ सय १६ गरेर ४ सय ७२ बनाउनुपर्ने अडान राख्दै आएको हो । एकता यसैमा अड्किएको हो । एकता गर्दा कुन संगठनको कति प्रतिशत सहभागिता हुने भन्ने विषय पनि टुङ्गिन सकेको छैन ।

दिपशिखाले एकतामा केही ढिला भएको स्वीकारे । उनले भने, ‘एकता हामीले मात्रै चाहेर नहुँने भएका कारण केही ढिलाई भएको हो । कार्यव्यस्तताका कारण पनि केही ढिलाई भएको हो । अब भने टुङगिन्छ ।’
तत्कालीन युवा संघका सचिव बच्चन सिंहले पनि एकता टुङ्ग्याउनका लागि छलफल तीव्र भइरहेको भन्दै एकताले चाडै गति लिने विश्वास व्यक्त गरे । उनले भने, ‘एकताको खाका तयार भइसकेको छ । प्रदेश, जिल्ला, जिल्ला मातहतका कमिटी कति संख्याको बन्ने र कहाँ कु्न संगठनले नेतृत्व गर्ने सहमति भइसकेको छ । केन्द्रमा कुरा मिल्यो भने एकैचोटी एकता टुङ्गिन्छ ।’ उनले एकतामा खास्सै विवाद नरहेको बताए ।

विद्यार्थी संगठनमा भने यसअघि विवाद देखिएपनि पार्टीले इन्चार्ज तोके लगत्तै दुबै संगठनबीच एकताको कार्य तीब्र गतिमा अघि बढेको छ । एकतालाई पूर्णता दिन विधानदेखि राजनीतिक प्रतिवेदन तयार गर्न समिति गठन भएका छन् ।

संख्याको विवाद चलेकै बेला पार्टीले केन्द्रीय सदस्य महेश बसनेतलाई युवा संगठन विभागको ईञ्चार्जको जिम्मेवारी दिएपछि संगठनको एकताले गति लिने अपेक्षा गरिएको थियो । सह–ईञ्चार्जमा एकीकृत संगठनकै संयोजक रामप्रसाद सापकोटा र ईञ्चार्जमा पूर्व युवा संघभित्र बलियो निर्देशनात्मक पकड राख्ने बस्नेत भएपछि सतहमा देखिएको विवाद समाधान हुने अपेक्षा स्वभाविक पनि थियो । तर, यो विषयमा कुनै प्रगति नहुँदा संगठनभित्र निराशा छाएको छ ।

खासगरी युवा संघभित्र माधव नेपाल समूह र केपी ओली समूहबीचको विवाद एकता अघिदेखि नै अस्तित्वमा रहेको र केपी ओली समर्थक समूहभित्र समेत दुई तीनवटा समानान्तर उप समूह रहेको कारण यसले एकीकृत धारणा बनाउन समस्या परेको श्रोतले बतायो । ‘युवा संघभित्र नेतृत्वबीच एकरुपता नहुनु र बोल्ड निर्णय गर्न नसक्दा समस्या देखिएको हो ।’ श्रोतले भन्यो, ‘यसअघिको नेतृत्वको पनि चासो बलियो देखिएको र वर्तमान नेतृत्वको पनि संगठनमा पूर्ण कमाण्ड नहुँदा संख्याको विवाद टुंगिन सकेन ।’

पूर्व वाईसिएलभित्र समूहगत विभाजन नहुनु र देशैभरी नेतृत्वको कमाण्डमा पुरै संगठन भएकोले संख्या र अन्य विषयमा एकीकृत धारणा भएपनि पूर्व युवासंघमा त्यसप्रकारको लिडरसिप नदेखिएको हुँदा समस्या उत्पन्न भएको युवा संघका एकजना पूर्व केन्द्रीय पदाधिकारीले जनाए ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

लोकप्रिय