कसले विस्फोट गराएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । विस्फोटबाट मल्लको घरको पर्खालमा सामान्य क्षति पुगेको जनकपुर अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सुभाषचन्द चौधरीले जानकारी दिए । उम्मेदवारहरूलाई तर्साउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको हुन सक्ने उनले बताए ।
यता राप्रपाका केन्द्रीय सदस्य मनोजप्रताप मल्लले घटनाको निन्दा गरेका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लड्ने सबै पार्टीको अधिकार भएकाले उम्मेदवारलाई तर्साउनु गलत रहेको उनको भनाइ छ
निर्वाचन कार्यक्रमअघि नै नेकपाले अवरोध पुर्याउने चेतावनी दिँदै आएको थियो । चुनावमा खटेका कर्मचारी तथा उम्मेदवारलाई भौतिक कारबाही गर्नेसमेत नेकपाले चेतावनी दिएको थियो ।
उम्मेदवारको सुरक्षाका विषयमा सुरक्षा निकाय गम्भीर रहेको वरिष्ठ प्रहरी उपरीक्षक चौधरीले बताए । उनले भने, ‘अहिलेसम्म कुनै उम्मेदवारले सुरक्षासमबन्धी कुनै उजुरी दिएका छैनन्, हामी उहाँको सुरक्षामा गम्भीर छौँ ।’ सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।