घट्दै कोरोनाका सक्रिय संक्रमित, २४ घण्टामा २१५ निको
काठमाडौं । नेपालमा दैनिकरुपमा कोरोनाका सक्रिय संक्रमित घटिरहेको छ । आइतबारसम्म कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ५५८ मा झरेको छ । शनिबारसम्म सक्रिय संक्रमित १ हजार ७५८ थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टामा ५ हजार २२२ जनाको कुल परीक्षणमा २३ जनामा संक्रमण देखिएको छ ।
३ हजार ७८० जनाको पीसीआर परीक्षणमा १५ र १ हजार ४४२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा संक्रमण देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या २१५ रहेको छ । आज २४ हजार ६९१ ले खोप लगाएका छन् ।
थप ६ जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ। आइतबार १९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १०८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ४५४ पीसीआर तथा ९३४ एन्टिजेन परीक्षण भएको छ।
थप ११९ जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ९ सय ५५ जनाको पीसीआर र २ हजार १ सय २९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
थपिए २३० जना संक्रमित, ७८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, बुधबार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।
आजै थपिए ३०० जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरि ३०० जनामा संक्रमण पुष्टि भएको हो । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।

