चितवनको रत्ननगर वडा नं ७ वालमैत्री तथा वालश्रम मुक्त घोषणा

चितवनको रत्ननगर वडा नं ७ वालमैत्री तथा वालश्रम मुक्त घोषणा

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गरिएको छ । बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सुचक पुरा गरी सो वडालाई शुक्रवार बालमैत्री घोषणा गरिएको हो । वालमैत्री घोषणा हुने सो वडा सातौ हो । यस अघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई वालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै वालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर नारायण वनले बताए । वडालाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त,वाल विवाह,बहुविवाह,पूर्ण खोप,जन्मदर्ता लगायतका ५१ वटा सुचक पुरा गरिएको छ । सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच वागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले वालमैत्री घोषणा गरेका हुन । कार्यक्रममा मन्त्री श्रेष्ठले मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा वालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । घोषणा कार्यक्रममा वडा भित्रका वालक्लवलाई खेलकुदका सामाग्री हस्तारण समेत गरिएको छ । वालमैत्री वडा घोषणा गर्नुपूर्ण वडा भित्र रहेका वालश्रमिकको उद्दार गरी उनीहरुलाई शिक्षा,अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामाग्री सहयोग,पूर्ण खोप,जन्मदर्ता लगायतका कामहरु गरिएको वडाध्यक्ष भट्टले बताए । वालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्तबर्षीय रणनीतिक कार्ययोजना बनाएको छ । कार्ययोजनामा वडा भित्र विकास निर्माणका काम गर्दा वालमैत्री बनाउने,वालवालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने,वालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने लगायतको विषय समाबेश गरिएको वडाध्यक्ष भट्टले बताए । कार्यक्रममा वडा भित्रको परिचय सहित वालवालिकाको स्थितिपत्र पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व वालवालिकालाई लक्षित गरी वडा नं ८ मा वाटर किङडमको प्रक्रिया सुरु भइसकेको बताए । दुई महिना भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री घोषणा गर्ने वटमलाईन रहेको भन्दै उनले वाँकी रहेका वडाहरुलाई एकमुष्ट घोषणा गरी नगरलाई वालमैत्री घोषणा गरिने बताए । उपमेयर विमला दुवाडीले अन्य नगरबाट अबलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना वालमैत्री नगर बनाउने बताइन । मन्त्री श्रेष्ठले विकास निर्माणको लगवा वालवालिकाको बृद्धि विकास,उनीहरुको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए । सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण अंग वालवालिका रहेको भन्दै उनले बालबालिका माग र उनीहरुको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए । वालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तराष्टिय मोडलको बन्ने उनको भनाई छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका पूर्व अध्यक्ष तथा बाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर विसुराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य विन्दा कार्की, महिला विकास अधिकृत दीपा घिमिरे,नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे,बाघमारा वनका अध्यक्ष जित बहादुर तामाङ,रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल,वडा सदस्य सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय वालक्लवकी अध्यक्ष अस्मिता भट्टले स्वागत मन्तव्य तथा वडा सचिव पदम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रा समेत निकालिएको िथयो ।

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय