राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि
![राष्ट्रिय रैथाने खाना महाेत्सव पुस १२ गते देखि](https://everestdainik.prixacdn.net/media/albums/raithane-mahotsab_mtdJnrW1iC_9wXfX4jKUR.jpg)
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकाेत्सबकाे अबसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे ।
मेघाैलीकाे जानकी माध्यामिक बिध्यालय मेघाैलीमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । उहाँका अनुसार रु ६१ लाखकाे अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकमरी दिईयाे । चाैधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वाेटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महाेत्सवमा राखिने छ । स्थानिय समुदायकाे जीवन स्तरमामा सुधार ल्याउन महाेत्सव फलदायी हुने चाैधरीले बताउनुभयाे । महाेत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकमे छ ।
पत्रकमर सम्मेलनमा बाेल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षकाे समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएकाे बताउनु भयाे । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलाेकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेकाे, आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेकाे उहाँले बताउनु । दिगाे पर्यटन विकासका पूर्वाधारहरु थपिएकाे, हाेटल रेष्टुरेन्टमा सेवा बृद्वि भएकाे, पर्यटककाे संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएकाे उहाँले बताउनुभयाे ।
महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनाैतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएकाे बताउनु भयाे । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलाेपटक आयाेजना गरिएकाे हुँदा सिकाे गर्ने ठाउँ नहुनु, भाैतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यकाे रुपमा रहेकाे बताउनु भयाे ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाकाे बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षकाे आयाेजना गरिएकाे र साे उद्वेश्य प्राप्तिमा सफल भईएकाे बताउनुभयाे । स्थानिय जनतामा याे महाेत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयाे । यस महाेत्सब स्थानिय खाना संगै ७७ जिल्लाकाे प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईकाे नेपालकाे नक्सा विशेष आकर्षककाे रुपमा रहने उहाँले बताउनुभयाे ।
भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट
चितवन । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रु १४ करोड २८ लाख ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो । बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन, साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताउनुभयो । चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उहाँले बताउनुभयो । महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रकृया सुरु भएको बताउनुभो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । यस्तै ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको बताउनुभयो । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्युनीकरणको लागि फाउण्डेशन सहितको मेस जाली निर्माण भइरहेको उल्लेख गर्नुभयो । उत्पादनमा आधारित अनुदान कार्यक्रमले दुध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो । विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिंचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिंचाई आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको जानकारी दिनुभयो । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको बताउनुभयो । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका बताउनुभयो । महानगरको फोहर व्यवस्थापनका लागि भ्याट बाहेक रू ७ करोड ६१ लाखमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको बताउनुभयो । अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४हजार ९सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उहाँको भनाई थियो ।
कर्णाली प्रदेशको अदुवा र बेसार यूरोपेली बजारमा
सुर्खेत । सुर्खेत– कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो । कर्णाली तथा लुम्बिनीमा उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले पनि युरोपमा माग धेरै भएको उद्योगका प्रबन्ध निर्देशक सुलोचना श्रेष्ठले बताइन् । उनले भनिन्, ‘बिक्रीको समस्या छैन, हामीले विदेश निर्यात गर्न थालेका छौँ । किसानको उत्पादन हामी खरिद गर्छौँ, अब उत्पादन बढाउने तर्फ चाहीँ लाग्नुपर्छ ।’ उद्योगमा बर्सेनी एक हजार पाँच सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन हुन्छ । एक हजार चार सयभन्दा बढी अदुवा उत्पादक किसान उद्योगसँग जोडिएको कम्पनीले जनाएको छ । चालु आवमा आठ सय ५० रोपनीभन्दा बढी जमिनमा अदुवा लगाइएको तथ्याङ्क छ । २२ लाख किलो खरिद गरेर र दुई सय ३० टन सुकेको अदुवा यूरोप पठाउने लक्ष्य कम्पनीको छ । सात किलो आलो अदुवा सुकेपछि मात्र एक किलो सुकेको अदुवा बन्छ । कम्पनीमा एक सय ५० जना कामदार छन् । दैनिक एक सय २० जनाले काम गर्छन् । बेसार, अदुवा, अमिलोको बोक्रा, सिस्नु, दालचिनीको पात प्रशोधन गरेर निर्यात गर्ने गरेको निर्देशक श्रेष्ठले बताइन् । डोटी, कैलाली, सुर्खेत, सल्यान र रुकुमलगायतका जिल्लामा अदुवा उत्पादन हुन्छन् । उद्योगका अनुसार सबैभन्दा बढी अदुवा उत्पादन सल्यानमा हुन्छ । सल्यानबाट एक सिजनमा एक हजार दुई सय मेट्रिकटनसम्म अदुवा ल्याउने गरिएको छ । रुकुमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिकटनसम्म अदुवा उद्योगमा ल्याउने गरिएको छ । उद्योगले सिस्नो र टिमुर पनि प्रशोधन गर्दै आएको छ । किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाइन्छ । त्यसलाई प्याकिङ गरेर निर्यात गर्ने गरिएको उद्योगले जनाएको छ ।
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन्। चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए। उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ। कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ। तस्विरः एआई
माओवादी केन्द्र पुथाउत्तरगंगामा निर्वाचन, अध्यक्षमा संगम रोका विजयी
रुकुमपूर्व । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पालिकाको केन्द्र तकमा तीन दिनसम्म चलेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षमा संगम रोका निर्वाचित हुनुभएकाे छ । अध्यक्ष पदको लागि संगम रोका र गंगा पुन, सचिवमा राजकुमार सुनार र शुक्रराज विक तथा कोषाध्यक्षमा दलप्रसाद रोका र देविका सुनारको उम्मेदवारी परेकाे थियो । २३ मत प्राप्त गरेर संगम रोका अध्यक्षमा निर्वाचित हुनभएको हो । रोकाका प्रतिस्पर्धी गंगा पुनले २१ मत प्राप्त गर्नुभयाे । यस्तै सचिवमा राजकुमार सुनारले १७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी शुक्रराज विकले १२, मैत्या घर्तीले १० तथा उज्वल सेनले ५ मत प्राप्त गरेको निर्वाचन अधिकृत कलिभान बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्षमा दलप्रसाद रोकाले २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी देविका सुनारले १७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा थमन बुढा, रामकुमारी बुढा र रजग सुनार तथा सह सचिवमा लाेकेन्द्र पुन सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत टुंगिएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा निर्वाचन गरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । यो सँगै जिल्लाका तीन वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । सिस्ने र भूमेमा सर्वसम्मत नेतृत्व चयन भएकाे थियाे ।