चैत २३ को परीक्षा स्थगित गर्न नेपाली सेना गुहारे अस्थायी शिक्षकले

चैत २३ को परीक्षा स्थगित गर्न नेपाली सेना गुहारे अस्थायी शिक्षकले

काठमाडौं । अस्थायी शिक्षकहरुले चैत २३ गतेको परीक्षा स्थगित गर्न नेपाली सेनासँग गुहार माग्ने भएका छन् ।

सरकारले २०६६ माघ २४ को सर्वोच्च अदालतको फैसला बमोजिम विज्ञापन नगरेर अस्थायी शिक्षकहरु माथि अन्याय गरेको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि नेपाली सेनाको गुहार माग्ने भएका हुन् ।

अस्थायी शिक्षकहरुले यसअघि पनि न्यायका लागि भन्दे नेपाली सेना र पूर्वराजा ज्ञानेन्द्रसमक्ष न्यायको लागि निवेदन दिएका थिए।

शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गर्न माग राख्दै दायर मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा मुद्दा चलिरहेको र इजलाशले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको अवस्था छ । संवैधानिक इजलाश पुनःबस्न प्रधानन्यायाधीश आवश्यक पर्ने तर प्रधानन्यायाधीश छनौटमा धेरै समय लाग्ने भएकाले अस्थायी शिक्षकहरुले मुद्दाको टुंगो नलाग्दासम्म परीक्षा स्थगित गर्न आग्रह गरेको छ ।

पुनरुत्थानवादी समूह नेपालले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुह्वेश्वरी मावि काठमाडौंका अस्थायी शिक्षक डण्डपाणी भुसालले मुद्दाको टुंगो नलाग्दासम्म परीक्षा स्थगित गर्न माग गरे ।

२०६६ को सर्वोच्च अदालतको आदेश पालना र अदालतमा जारी मुद्दाप्रति बेवास्ता गरे राज्य असफल हुने र राज्य असफल भए सेना सक्रिय हुनुपर्ने मान्यताका आधारमा सरकारले चैत २३ को परीक्षा स्थगित नगरे सेनालाई परीक्षा स्थगित गराउन आग्रह गरिने बताए ।

प्रभात मावि क्षेत्रपाटीका अस्थायी शिक्षक सूर्य तिवारीले राज्यले न्याय नदिउकाले आफुहरु यस अघि नेपाली सेनाको शरणमा गएको भन्दै यदी चैत २३ को परीक्षा स्थगित नगरिए परीक्षा स्थगित गरिदिनका लागि नेपाली सेनालाई आग्रह गरिने बताए । सवै अस्थायी शिक्षकहरुलाई २०६६ माघ २४ को फैसला अनुसार परीक्षामा सहभागी हुन नदिएसम्म परीक्षा सञ्चालन गर्न नदिने तिवारीले स्पष्ट पारे ।

प्रभात मावि कालिमाटीका अस्थायी शिक्षक शरद कुमार मिश्रले नेपाली सेना लगाएर भएपनि चैत २३ को परीक्षा कुनै हालतमा सञ्चालन गर्न नदिने स्पष्ट पारे । हाम्रो आशा र न्यायको भरोसाको केन्द्र भनेको नेपाली सेना मात्रै हो । मिश्रले भने– सरकारले प्रहरी लगाएर जवर्जस्ती परीक्षा गर्न खोजे नेपाली सेना लगाएर परीक्षा सफल हुन दिन्नौं ।

अधिवक्ता कोषराज काफ्लेले सर्वोच्च अदालतको २०६६ को आदेश शिक्षक सेवा आयोग, शिक्षा मन्त्रालयले नमाने विकल्पका रुपमा नेपाली सेना समक्ष जाने सपष्ट पारे । सबै अस्थायी शिक्षकलाई परीक्षाको मौका दिइनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्धा टुंगिन समय लाग्ने भएकाले तत्काल अस्थायी शिक्षक परीक्षा स्थगित गर्नुपर्ने काफ्लेले बताए ।

सर्वोच्च अदालतले २०६६ माघ २४ गते जारी गरेको परमादेश बमोजिम अस्थायी करार शिक्षक कार्यरत सम्पूर्ण दरबन्दीमा विज्ञापन गर्नुपर्छ, त्यसका लागि शिक्षा ऐनमा भएको आठौं र नवौं संशोधन खारेज हुनुपर्ने उनको भनाइ छ ।

उनले अगाडि थपे, आगामी चैत २३ गते अस्थायी शिक्षक परीक्षा भएमा अस्थायी करार शिक्षकलाई अन्तिम एक पटक प्रदान गरिएको अवसर गुम्न गइ रोजगारी समेत गुम्ने भएकाले परीक्षा तत्काल स्थगित गर्नुपर्छ ।

तत्कालीन समयमा लाइसेन्स नभएका, तालिम नभएका शिक्षकलाई अस्थायी नियुक्ती गरिएको तर हाल आएर लाइसेन्स र तालिम नभए परीक्षा दिन पाउदैनौं भन्नु गलत भएको भन्दै काफ्लेले सवैखाले शिक्षकहरुलाई परीक्षामा सहभागी नगरार्इ परीक्षा सञ्चालन गर्दा संवैधानिक रोजगारको हक कुण्ठित हुने स्पष्ट पारे ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित अन्य वरिष्ठ ४ जना न्यायाधीश हुनुपर्छ । तर तत्काल प्रधानन्यायाधीश नभएकाले र छान्न समय लाग्ने भएकाले त्यति समयसम्मका लागि परीक्षा सथगित गरिनुपर्ने उनको जिकिर छ ।

शिक्षक सेवा आयोगले यस अगाडि २०६१ सालमा भएको विज्ञापन लुकाएका कारण २५ प्रतिशत रोजगारी गुम्ने अवस्था सिर्जना भएको काफ्ले दाबी गरे । उनले थपे, शिक्षा ऐन २०२८ को नियम ३१, ०४९ को नियम ६१ र ०५९ को नियम ९७ मा अस्थायी शिक्षक राख्नु पाइने नियम छ । जसमा लाइसेन्स हुनुपर्ने, तालिमप्राप्त हुनुपर्ने भन्ने उल्लेख छैन् । नियुक्ती हुने बेलामा यी सबै कागजपत्र नचाहिने तर स्थायी हुने बेलामा किन चाहिने ? उनले प्रश्न गरे ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

पोखरा ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।

लोकप्रिय