जनकपुरमा हजारौं नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश, नामवलीसहित

जनकपुरमा हजारौं नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश, नामवलीसहित

जनकपुर, भदौ १३ । सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारीसहित विभिन्न पार्टी परित्याग गरी हजारौं नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार जनकपुरमा आयोजित एक बृहत कार्यक्रमका बीच नवआगन्तुक नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो ।

माओवादी केन्द्र प्रवेश गर्दै नेता अन्सारीले देशको एकता, मधेशको हित र परिवर्तनको पक्षमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएकाले आफू पार्टी प्रवेश गरेको बताए । अन्सारीले भने, ‘माओवादी नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन, संघीयता आउने थिएन, देशको एकता बलियो हुने थिएन, मधेशी लगायतका सम्पूर्ण जाति र समुदायले आफ्नो अधिकारको कुरा गर्न पाउने थिएनन् । त्यसैले गणतन्त्रको आमा पार्टी माओवादी केन्द्रमा प्रवेश गर्न पाएकोमा गौरवान्वित छु ।’

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेशमा ११ वर्षपछि माओवादीको पक्षमा लहर आएको बताए । उनले भने, ‘जनयुद्धको बेला मधेशमा माओवादीको पक्षमा ठूलो लहर थियो । बीचमा माओवादीमाथि ठूलो षड्यन्त्र रचियो, मधेशमा माओवादीलाई संघीयता विरोधी देखाउन निकै कोशिस गरियो । अहिले ११ वर्षपछि माओवादी केन्द्रको पक्षमा जनलहर आएको छ ।’

पार्टी प्रवेश कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा, विश्वनाथ साह, प्रभू साह, रामकुमार यादव, उर्मिला अर्याल, डाचाराज वाग्ले लगायतका नेताहरु उपस्थित थिए ।

१) अनिस अन्सारी, संस्थापक महामन्त्री, सद्भावना पार्टी कमला नगरपालिका
२) नागेन्द्र प्रसाद साह, नयाँ शक्ति पार्टी, केन्द्रीय सदस्य
३) कृष्णकुमार शर्मा, नयाँ शक्ति पार्टी, केन्द्रीय परिषद सदस्य
४) रामसागर यादव, नयाँ शक्ति पार्टी, केन्द्रीय परिषद सदस्य
५) बिन्देश्वर यादव, नयाँ शक्ति पार्टी, केन्द्रीय परिषद सदस्य
६) बीरेन्द्र यादव, नयाँ शक्ति पार्टी, केन्द्रीय परिषद सदस्य
७) कुलदीप यादव, नयाँ शक्ति पार्टी, केन्द्रीय परिषद सदस्य
८) बिल्टु साह, नयाँ शक्ति पार्टी, केन्द्रीय परिषद सदस्य
९) दिपेन्द्र मोखता, नेता, नयाँ शक्ति पार्टी
१०) राजेन्द्रकुमार यादव, नेता, नयाँ शक्ति पार्टी
११) ननुकलाल यादव, नेता, नयाँ शक्ति पार्टी
१२) राम एकवाल यादव, नेता, नयाँ शक्ति पार्टी
१३) रविन यादव, नेता, नयाँ शक्ति पार्टी
१४) कुलदिपनाथ यादव, नयाँ शक्ति पार्टी
१५) हरिदेव यादव, नयाँ शक्ति पार्टी
१६) बिन्दे मण्डल, नयाँ शक्ति पार्टी
१७) चन्दन दास, नयाँ शक्ति पार्टी
१८) भरत दास, नयाँ शक्ति पार्टी
१९) रामवरण साह, नयाँ शक्ति पार्टी
२०) अमितकुमार यादव, नयाँ शक्ति पार्टी
२१) राम रतन यादव, नयाँ शक्ति पार्टी
२२) शंकर यादव, नयाँ शक्ति पार्टी
२३) महेन्द्र यादव, नयाँ शक्ति पार्टी
२४) मेथला राउत यादव, नयाँ शक्ति पार्टी
२५) जनकलाल बनरैत, नयाँ शक्ति पार्टी
२६) रामचन्द्र यादव, नयाँ शक्ति पार्टी
२७) मोतीलाल यादव, नयाँ शक्ति पार्टी
२८) राजकुमार यादव, नयाँ शक्ति पार्टी
२९) विनोद कुमार यादव, नयाँ शक्ति पार्टी
३०) आसुतोस यादव, नयाँ शक्ति पार्टी
३१) राकेश मोखैता, नयाँ शक्ति पार्टी
३२) अमरनाथ यादव, नयाँ शक्ति पार्टी
३३) जगेश्वर महरा, नयाँ शक्ति पार्टी
३४) धुरन महरा, नयाँ शक्ति पार्टी
३५) गणपैत मण्डल, नयाँ शक्ति पार्टी
३६) लक्ष्मण यादव, नयाँ शक्ति पार्टी
३७) राम तपेश्वर यादव, नयाँ शक्ति पार्टी
३८) मोती यादव, नयाँ शक्ति पार्टी
जनक नन्दनी गाउँपालिका ः
३९) सत्य जीवन साह, नयाँ शक्ति पार्टी
४०) सतो यादव, नयाँ शक्ति पार्टी
४१) नन्दकुमार पंजियार, नयाँ शक्ति पार्टी
४२) देवनारायण पंजियार, नयाँ शक्ति पार्टी
४३) रामनारायण पंजियार, नयाँ शक्ति पार्टी
४४) प्रमानन्द पंजियार, नयाँ शक्ति पार्टी
४५) सुगदेव सहनी, नयाँ शक्ति पार्टी
४६) मनेश्वर मण्डल, नयाँ शक्ति पार्टी
४७) हरिलाल साह, नयाँ शक्ति पार्टी
४८) त्रिलोकन साह, नयाँ शक्ति पार्टी
४९) गोजन मण्डल, नयाँ शक्ति पार्टी
५०) सनी गुप्ता, नयाँ शक्ति पार्टी
५१) मनेजर मण्डल, नयाँ शक्ति पार्टी
५२) रघु मण्डल, नयाँ शक्ति पार्टी
५३) मिलवा मण्डल, नयाँ शक्ति पाटी
५४) महिन्द्र मण्डल, नयाँ शक्ति पार्टी
५५) भुला मण्डल, नयाँ शक्ति पार्टी
५६) लखिचन मण्डल, नयाँ शक्ति पार्टी
५७) पप्पु मण्डल, नयाँ शक्ति पार्टी
५८) जीत मण्डल, नयाँ शक्ति पार्टी
५९) शत्रुधन साह, नयाँ शक्ति पार्टी
६०) बिल्टु महरा, नयाँ शक्ति पार्टी
६१) फुलगेन मण्डल, नयाँ शक्ति पार्टी
६२) इन्दल मण्डल, नयाँ शक्ति पार्टी
६३) गुजन ठाकुर, नयाँ शक्ति पार्टी
६४) प्रभास यादव, नयाँ शक्ति पार्टी
६५) शिवशंकर मण्डल, नयाँ शक्ति पार्टी
६६) अमरनाथ साह, नयाँ शक्ति पार्टी
६७) रुपेश साह, नयाँ शक्ति पार्टी
६८) विजयकुमार पंजियार, नयाँ शक्ति पार्टी
६९) बलराम साह, नयाँ शक्ति पार्टी
७०) रुपेश ठाकुर, नयाँ शक्ति पार्टी
धनुषा क्षेत्र नं.—७
७१) तारा महतो, केन्द्रीय सदस्य, नयाँ शक्ति पार्टी
७२) रामवृक्ष महतो, नयाँ शक्ति पार्टी
७३) रामचरण महतो, नयाँ शक्ति पार्टी
७४) शत्रुधन महतो, नयाँ शक्ति पार्टी
७५) गणेश ठाकुुर, नयाँ शक्ति पार्टी
७६) सुनिल कुमार महतो, नयाँ शक्ति पार्टी
७७) रामपुजन साह, नयाँ शक्ति पार्टी
७८) लक्ष्मण साह, नयाँ शक्ति पार्टी
७९) रामचन्द्र महतो, नयाँ शक्ति पार्टी
८०) उमेश कुमार महतो, नयाँ शक्ति पार्टी
८१) दिनेश कुमार महतो, नयाँ शक्ति पार्टी
८२) रामजुलुम महतो, नयाँ शक्ति पार्टी
८३) रामप्रगास महतो, नयाँ शक्ति पार्टी
८४) सुरज कुमार महतो, नयाँ शक्ति पार्टी
८५) प्रभात कुसवाहा, नयाँ शक्ति पार्टी
८६) रामजीवन महतो, नयाँ शक्ति पार्टी
८७) उपेन्द्र कुमार महतो, नयाँ शक्ति पार्टी
८८) दिपेन्द्र कुमार महतो, नयाँ शक्ति पार्टी
८९) सूर्यदेव सिंह, नयाँ शक्ति पार्टी
९०) सुरेश पासवान, नयाँ शक्ति पार्टी
९१) रामकुमार पासवान, नयाँ शक्ति पार्टी
९२) श्यामदेव राम, नयाँ शक्ति पार्टी
९३) भोगीलाल महतो, नयाँ शक्ति पार्टी
९४) संजीवन कुमार महतो, नयाँ शक्ति पार्टी
९५) विनय महतो, नयाँ शक्ति पार्टी
९६) विन्देश्वर महतो, नयाँ शक्ति पार्टी
९७) जवाहर महतो, नयाँ शक्ति पार्टी
९८) राजकुमार महतो, नयाँ शक्ति पार्टी
९९) तुलसी महतो, नयाँ शक्ति पार्टी
१००) अनिल कुमार महतो, नयाँ शक्ति पार्टी
धनुषा, क्षेत्र नं.—४
१०१) राजदेव मण्डल
१०२) अजयकुमार मण्डल
१०३) शिवशरण मुसिया
१०४) भोला मुसिया
१०५) ललित मण्डल
१०६) गणेश मण्डल
१०७) उनेश मण्डल
१०८) आशादेवी मण्डल
१०९) रामप्रसाद मण्डल
११०) मोहन यादव
१११) राम तपेश्वर यादव
११२) विन्देश्वर यादव
११३) गुजन यादव
११४) नेत्रलाल यादव
११५) लक्ष्मण यादव
११६) चन्द्रदेव यादव
११७) कासिन्द्र यादव
११८) बैजु यादव
११९) बिमल यादव
१२०) प्रमोद यादव
१२१) ब्रह्मदेव यादव
जनक नन्दी गाउँपालिका
१२२) बीरेन्द्र गोइत
१२३) धर्मनाथ यादव
१२४) जनकलाल यादव
१२५) गणेश गोइत
१२६) सुरेश यादव
१२७) अशोक गिरी
१२८) किसनदेव यादव
१२९) बीरेन्द्र यादव
१३०) दुखन ठाकुर
१३१) अजय सहनी
१३२) मनोज यादव
१३३) सञ्जय सहनी
१३४) संजीव गोइत
१३५) मकसुदन गोइत
१३६) सोचिव यादव
१३७) उतिमलाल यादव
१३८) देवलाल यादव
१३९) कमलदेव मण्डल
१४०) चन्दर सहनी
१४१) लक्ष्मण सहनी
१४२) रामपृत सहनी
१४३) महेन्द्र सदा
१४४) कारी सहनी
१४५) किशोेरी यादव
१४६) प्रमोद यादव
१४७) प्रमेश्वर यादव
खरिहानी गाउँपालिका
१४८) श्यामदयाल राय
१४९) लक्ष्मण राय
१५०) रामबाबु राय
१५१) राजकिशोर यादव
१५२) विजय पंजियार
१५३) संजित राय
१५४) रामलोचन राय
१५५) फेकन राय
१५६) राजकुमार कापर
१५७) सित्तल कापर
१५८) हरिशंकर कापर
१५९) जयशंकर कापर
१६०) दयाशंकर कापर
सिद्धीयात्री नगरपालिका
१६१) त्रिलोक महतो
१६२) असेश्वर महतो
१६३) बोसलाल साह
१६४) देवचरण महतो
१६५) सुशील ठाकुर
१६६) रामचन्द्र महतो
१६७) बिहारी यादव
१६८) रामउद्गार यादव
१६९) प्रगास पासवान
१७०) रामपृत पासवान
१७१) ढाकाई रायन
१७२) सूर्यनाथ महतो
१७३) दिपकुमार महतो
१७४) रामबाचक पासवान
१७५) रुदान पासवान
१७६) लक्ष्मण महरा
१७७) उदय पासवान
खजुरी गाउँपालिका
१७८) बिपिन झा
१७९) विपुन साह
१८०) रामजतन दास
१८१) रामकिशुन मण्डल
१८२) मनोज साह
१८३) नागीन राउत
१८४) सम्साद रायन
१८५) जीवद्ध ठाकुर
१८६) इशुक कवारी
१८७) जवहरालाल महरा
१८८) चलितर राउत
१८९) प्रेमा कामत
१९०) बालक पण्डित
१९१) जयप्रकाश पण्डित
१९२) अनण पण्डित
१९३) रबिन्द्र ठाकुर
१९४) सूर्यनारायण मण्डल
१९५) शिबनारायण मण्डल
१९६) मोहमद कलिम राइन
१९७) सुरेन्द्र मण्डल
१९८) दिलकुमार पासवान
कमला नगरपालिका
१९९) बृजमोहन ठाकुर, नयाँ शक्ति
२००) जयचन्द्र मण्डल, नयाँ शक्ति
२०१) रामसेवक महरा, नयाँ शक्ति
२०२) फेकन मण्डल, नयाँ शक्ति
२०३) राजदेव मण्डल, नयाँ शक्ति
२०४) नागेश्वर मण्डल, नयाँ शक्ति
२०५) रामसागर पासवान, नयाँ शक्ति
२०६) बृजलाल पासवान, नयाँ शक्ति
२०७) रुझना महरा, नयाँ शक्ति
२०८) उदिप महरा, नयाँ शक्ति
२०९) श्रीनाथ मण्डल, नयाँ शक्ति
२१०) राकेश पासवान, नयाँ शक्ति
२११) भक्ति मण्डल, नयाँ शक्ति
२१२) रामसेवक मण्डल, नयाँ शक्ति
२१३) रामऔतार साह, नयाँ शक्ति
२१४) विनोद यादव, नयाँ शक्ति
२१५) रामदयाल यादव, नयाँ शक्ति
२१६) लालबाबु यादव, नयाँ शक्ति
२१७) प्रताप साह, नयाँ शक्ति
२१८) रामऔतार यादव (ख), नयाँ शक्ति
२१९) बिसुन यादव, नयाँ शक्ति
२२०) सतोदेव साह, नयाँ शक्ति
२२१) रामपदार्थ सल्हैता
२२२) धर्मनाथ मण्डल
२२३) नजिर राइन
२२४) महेन्द्र प्रसाद लखन्दै
२२५) इशाक राइन
२२६) प्रमोद मण्डल
२२७) रामदयाल मण्डल
२२८) मनोज मुखिया
२२९) बैसलाल कवारी
२३०) बैवेलाल मुखिया
२३१) नथुनी मण्डल
२३२) सलामत राइन
२३३) गणेश मण्डल
२३४) सदाम राइन
२३५) सतलाल मण्डल
२३६) शिबु चौरवार
२३७) जमसेद राइन
२३८) समसुत राइन
२३९) पञ्चु राइन
२४०) पञ्चा लखन्दै
२४१) रामआशिष मण्डल
२४२) रामकिशुन मण्डल
२४३) रामदेव यादव
२४४) महादेव ठाकुर
२४५) नागे ठाकुर
२४६) नथुनी दास
२४७) सिपेन्द्र लखन्दै
२४८) सुखी ठाकुर, एमाले
२४९) विनोद पासवान, एमाले
धनुषाधाम नगरपालिका
२५०) राजेन्द्र मिझार, एमाले
२५१) हिरादेवी महरा, एमाले
२५२) अमर बहादुर इस्माइल, एमाले
२५३) मनप्रसाद लामा, एमाले
२५४) रत्नबहादुर आले, एमाले
२५५) सीतादेवी मिझार, नेपाली कांग्रेस
२५६) रेसोदेवी महरा, एमाले
बन्चौरी महोत्तरी
२५७) ललितकुमार साह, एमाले
२५८) रामकिशोर ठाकुर, एमाले
२५९) रामबीर साह, एमाले
२६०) दिपकुमार ठाकुर, एमाले
कनकपति गाबिस
२६१) सिरिया पासवान, सद्भावना
२६२) उमेश पासवान, सद्भावना
२६३) नन्दन पासवान, सद्भावना
जनकपुर उपमहानगरपालिका
२६४) अरुण कुमार यादव
२६५) रमेश ठाकुर
धनुषा
२६६) धनिराम यादव
२६७) सुनिल यादव
२६८) विद्याचन्द्र महतो
२६९) बीरेन्द्र यादव
२७०) अजित कुमार महतो
२७१) राजकुमारी यादव
२७२) अमृता यादव
२७३) संजीवकुमार यादव
२७४) रामकुमार यादव
२७५) रामपदार्थ मण्डल
२७६) वैद्यनाथ महतो
२७७) श्यामसुन्दर नायक
२७८) राजकुमार यादव
२७९) देवनारायण यादव
२९०) लालबाबु यादव
२९१) प्रगास मिश्र
२९२) हरिश्चन्द्र यादव
२९३) सरिता यादव
२९४) रामसरी यादव
२९५) महेन्द्र राउत
२९६) सुनर यादव
२९७) सम्भु कुमार यादव
२९८) बालबोध पासवान
२९९) शिबशंकर पासवान
धनौजी नगरपालिका
३००) रामवली मण्डल
३०१) अरुण झा
३०२) ललन झा
३०३) अवध साह
३०४) रामकिशोर पण्डित
३०५) तेतर पासवान
३०६) रेबी पण्डित
३०७) लखन पण्डित
३०८) बेचन यादव
३०९) चन्दर पण्डित
धनुषा क्षेत्र नं.—३
३१०) प्रमेश्वर पासवान
३११) परिदन दास
३१२) अजय झा
३१३) सरोज झा
३१४) रामरतन मण्डल
३१५) इश्वलाइन कनारी
३१६) मुकेश पासवान
३१७) राजेन्द्र पासवान
३१८) प्रमोद महरा
३१९) सुन्दर दास
३२०) बिमल यादव, एमाले
३२१) दिपनारायण साह, एमाले
३२२) तान मोहमद, एमाले
३२३) सिंहसेर यादव, एमाले
३२४) जगाजीवन राम, एमाले
३२५) शेर सिंह, एमाले
३२६) बाबुराम घिमिरे, एमाले
३२७) मोहमद रहमत अलि, एमाले
३२८) राजु जैसवाल, एमाले
३२९) भीमबहादुर तामाङ, एमाले
३३०) मेखबहादुर तामाङ, एमाले
३३१) भगिरथ साह, एमाले
३३२) मोहमद उसमान, एमाले
३३३) लक्ष्मी चौधरी, एमाले
३३४) खड्ग बहादुर तामाङ, एमाले
३३५) तेजनारायण यादव, एमाले
३३६) कमला गौतम, एमाले
३३७) शिबशंकर भगत, एमाले
लगायत १२७० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयले भन्यो– मनगढन्ते धारणा, अराजनैतिक प्रचार

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भन्नुभएको छ– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै के भने ? (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । श्रीलङ्कामा निर्वाचनबाट कम्युनिष्ट नेता अनुरा कुमारा दिसानायकेले चुनाव जितेपछि अहिले संसारभरि र अझ बढी दक्षिण एशियामा यसलाई चासोका साथ हेरिएको छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै कतिपय महत्वपूर्ण घोषणा गर्नुभएको छ । नेपालीहरुका लागि पनि चासोको विषय हुने भएकाले उहाँको सम्बोधनको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ । "हाम्रो देशको प्रजातन्त्रको प्रमुख विशेषता भनेको जनताले शासन गर्नका लागि शासकलाई चुनिन्छन्। तर प्रजातन्त्रको मतलब केवल मतदान गरेर शासक छान्नु मात्र होइन। यद्यपि यो प्रजातन्त्रको आधारभूत पक्ष हो, हाम्रो देशमा प्रजातन्त्रलाई बलियो बनाउन हामीले शासनका सम्बन्धित संस्थाहरू र कानूनी संरचनाहरूलाई सुदृढ गर्नुपर्छ। त्यसैले, मैले सबैभन्दा पहिला जनतालाई जानकारी दिन चाहन्छु कि मेरो कार्यकालभरि म यस देशको प्रजातन्त्रप्रति मेरो पूर्ण प्रतिबद्धता देखाउनेछु। त्यस्तै, हाम्रो देशमा निर्वाचनपछि प्रजातान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्ने इतिहास छ। कुनै नेताले कहिल्यै निर्वाचनको परिणाम अस्वीकार गरेका छैनन्। यसै सन्दर्भमा, म पूर्व राष्ट्रपति रणिल विक्रमसिंहेलाई जनताको जनादेश स्वीकार गरेर सत्ता हस्तान्तरणको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ कि हामीलाई एक कठिन चुनौतीको सामना गर्नुपर्दैछ। हाम्रो देशको राजनीति यसभन्दा सफा हुन आवश्यक छ। जनताले अपेक्षा गरेको स्वस्थ राजनीतिक संस्कारको निर्माण आवश्यक छ। हामी त्यसमा आफूलाई समर्पित गर्न तयार छौं। अहिले नागरिकहरूले राजनीतिज्ञ र राजनीतिप्रतिको नकारात्मक धारणालाई बदल्नुपर्छ। धेरै मानिसले राजनीति उपयुक्त छैन भन्ने धारणा राखेका छन्। त्यसकारण, हामी जनताको विश्वास र सम्मान कायम गर्न राजनीति र राजनीतिज्ञहरूलाई सकारात्मक रूपमा अगाडि बढाउन हाम्रो पूर्ण प्रयास गर्नेछौं। हामीलाई थाहा छ, अहिलेको गम्भीर संकटलाई केवल सरकार, कुनै पार्टी, वा कुनै एक व्यक्तिले समाधान गर्न सक्दैन। मैले पहिले पनि भनेको छु कि म कुनै जादुगर होइन, म एक साधारण नागरिक हुँ। म केही गर्न सक्छु, र केही गर्न सक्दिन। म केही कुरा जान्छु, केही कुरा जान्दिनँ। तर मेरो मुख्य जिम्मेवारी भनेको आफूमा भएका क्षमता र ज्ञानलाई एकत्रित गरेर सही निर्णय गर्न र त्यसअनुसार काम गर्न हो। त्यसकारण, यो संकट समाधान गर्न सबै नागरिक र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको जिम्मेवारी हो। म सबैको समर्थनको अपेक्षा गर्दछु। म बुझ्दछु कि राष्ट्रपतिको रूपमा यो कार्यलाई नेतृत्व दिन मेरो प्रमुख जिम्मेवारी हो। म यो चुनौती पार गर्नका लागि मलाई दिइएको जिम्मेवारी पूरा गर्नेमा पूर्ण प्रतिबद्ध छु। यसका साथै, हाम्रो देशलाई अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता छ। हामी हाम्रो परराष्ट्र नीतिलाई हाम्रो हितमा अघि बढाउँछौं, चाहे विश्वमा शक्ति विभाजन जे जस्तो भए पनि। हामी संसारबाट अलग बस्न चाहँदैनौं, बरु विश्वसँग मिलेर अगाडि बढ्न चाहन्छौं। यसका लागि आवश्यक निर्णय गर्न हामी तयार छौं। उद्यमी र उद्योगपतिहरूले हाम्रो देशको विकासमा ठूलो भूमिका खेल्न सक्छन्, र हामी सरकारको विकास योजनामा उनीहरूको सहयोगको अपेक्षा गर्छौं। अन्त्यमा, म भन्न चाहन्छु कि म लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति हुँ। जनताले मलाई समर्थन गरेर मतदान गरेका छन्, तर केही मतहरू मलाई दिइएन। त्यसैले हामी जितको संरचना र परिमाण राम्रोसँग बुझ्छौं। म यो सुनिश्चित गर्न चाहन्छु कि मेरो कार्यकालमा हामी सबैको विश्वास जित्न सकौं, चाहे उनीहरूले पहिले हामीलाई मतदान गरेका होऊन् वा होइनन्। भविष्यमा यसलाई सबैले अनुभव गर्नेछन्। म सबैको समर्थनको अपेक्षा गर्दछु।" स्रोतः जेभिपीको आधिकारिक अनलाइन

त्रिविमा २०५८ पछिका परीक्षार्थीले एकपटक जाँच दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछिका वार्षिक प्रणाली अन्तरगतका परीक्षार्थीहरुले एक पटकका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । त्यसैगरी सेमेष्टर प्रणाली अन्तरगत ०६९ देखि समयसीमा कटेका परीक्षाथीहरुले पनि मौका परीक्षा दिन पाउने सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको त्रिभुवन विश्व विद्यालय शिक्षाध्यक्षको कार्यालयले जनाएको छ । बैठकपछि जारी सूचनामा भनिएको छ,‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’ त्यसैगरी त्रिविले जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गरिने जनाएको छ । हेर्नुहोस् सूचना 

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’ वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘काग्रेस एमालेका नेताहरुले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’ कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा पहिले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ र कार्यान्वयनमा समस्या आए, कुन कुन विषयमा फेर्नुपर्ने हो, त्यसको निर्क्योल गरेर मात्रै संविधानको समीक्षा गर्न सकिन्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर संविधान जसरी पनि कार्यान्वयन गर्नेतिर होइन, कमजोर बनाउनेतिर राजनीतिक नेतृत्वको माइन्डसेट बनेको छ । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरिदिएको रुपमा लिएका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता देखाएका छैनन् । कार्यान्वयन नगर्ने तर संशोधन मात्रै भनेर औचित्यपूर्ण हुँदैन ।’ संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरुको सहयोग नपाएको स्मरण गराउँदै उहाँले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको,  बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो । अहिलेको भन्दा अन्तरिम संविधान बढी प्रगतिशील रहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘किनकि अन्तरिम संविधान माओवादीको रापतापमा बनेको थियो । माओवादीलाई कमजोर नबनाई संविधान बनाउँदा अन्तरिम संविधानभन्दा प्रगतिशील बन्ने डरले पहिलो संविधानसभा तुहाइयो ।’ दोस्रो संविधासनभाबाट पनि नबन्ने अवस्था रहेकोमा भूकम्पका कारण मुलुकमा संकट सिर्जना भएपछि भूकम्पको पुनर्निर्माण र जनतलाई राहत दिने अनि संविधान निर्माणमा बिपक्षी नभई आफूले सत्तापक्षकै जस्तो भूमिकामा निर्माण गरेको स्मरण पनि उहाँले गराउनुभयो । संविधान निर्माण गर्दा आन्तरिक र बाह्य दुबै हिसाबले आफूले जोखिम मोलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रै एकथरि साथीहरु अब क्रान्तिकारी संविधान नबन्ने भयो भनेर पार्टी विभाजन गरेर निस्कनुभयो । तर मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यसरी भाग्न मिल्दैन्थ्यो । ठूलो जोखिम मोलेर भए पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याएरै छाडें ।’ यसरी शान्ति प्रक्रियाको एउटा विशिष्ठ अंगको रुपमा रहेको संविधान संशोधनको बहस गर्दा शान्ति प्रक्रियाको एउटा पक्षसँग सरोकार नराखिएकाले संविधान संशोधनको चर्चामा गम्भीरता नदेखिएको उहाँले दोहोर्याउनुभयो । अब संविधान संशोधनमा जानुपर्ने अवस्था आयो भने विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले स्पष्ट गर्नुभयो । ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले समाजमा रहेका विज्ञहरुबाट मन्त्री बनाउने र सांसदहरु मन्त्री बन्ने होइन, ऐन कानुन बनाउनतिर लाग्ने गरी बहस अघि बढाउनुपर्छ’– उहाँले भन्नुभयो– ‘करोडौं खर्च गरेर सांसद बन्ने, सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि चुनाव खर्च उठाउन लाग्ने अहिलेको पाराले अब अघि बढ्न सकिदैन । राजनीतिक भ्रष्टाचारको जग निर्वाचन प्रणाली भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।’ तर, संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’ संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।      

लोकप्रिय