टाउको सिङ उम्रिएपछि ७४ वर्षीय वृद्धको यस्तो हालत

टाउको सिङ उम्रिएपछि ७४ वर्षीय वृद्धको यस्तो हालत

सिङ भएको मानिस ! सुन्दै अचम्म लाग्ने। तर भारतमा यस्तो मामिला सामुन्ने आएको छ। भारतको मध्य प्रदेश राज्यको सागर जिल्लामा एक जना ७४ वर्षीय वृद्धको टाउकोमा चार इन्च लामो सिङ उम्रेपछि यसले सबैलाई चकित बनाइदिएको छ। सागर जिल्लाको पटना बुजुर्ग गाउँ निवासी ७४ वर्षीय श्यामलाल यादवले पांच वर्षदेखि टाउकोमा उम्रेको सिङ लिएर घुम्दै थिए। उनले हालै मात्र एउटा शल्यक्रियाका मध्यमले उक्त सिङ झिक्न लगाएका छन्।

कसरी उम्रियो सिङ?

श्यामलालका अनुसार उनको टाउकोमा पांच वर्ष पहिले निकै गहिरो चोट लागेको थियो। उपचारपछि घाउ त ठीक भयो तर केही दिनपछि उनलाई त्यस ठाउँमा किलो जस्तो टुटुल्को आएको जस्तो लाग्यो। छुँदा केही खरो लाग्ने त्यो चीज बढ्दै गयो र पछि प्रष्ट देखिन थाल्यो। उनले पछि पछि त्यो सिङको लम्बाई ५ इन्च जति भएको बताए। उनले भने, “त्यसपछि भने त्यो बढेन।”

सिङ उम्रिएपछि श्यामलालले थुप्रै डाक्टरहरूलाई भेटे तर कसैले पनि यसको कारण के हो भनेर भन्न सकेनन्। उनलाई धेरैले देउता रिसाएर यस्तो भएको हुनसक्ने बताएपछि उनी झारफुकतिर पनि लागे। तर यसले उनलाई बिसेक गरेन।

उपचारको लागि यस्तो निकालियो उपाय

डाक्टरहरूले यसबारे अनभिज्ञता जनाएपछि र झारफुकले पनि फाइदा नभए पछि उनको परिवारका सदस्य निकै चिन्तित हुन थालेका थिए। उनी जति डाक्टरकहाँ जान्थे उनलाई देखेर अचम्म मान्थे। उनी भन्छन्, “यो दुख्न त दुख्दैनथ्यो तर देख्दा अर्कै लाग्थ्यो। ”

श्यामलालले यसको एउटा उपाय निकाले। उनी जब जब कपाल कटाउन जान्थे, उनले नाउलाई सिङ पनि काट्न भन्थे। तर केही दिनपछि यो फेरी बढ्न थाल्थ्यो। धेरैले उनको खिल्ली उडाउँथे। कतिपयले त उनलाई अलच्छिन भन्थे भने कतिपयले उनी राक्षस भैसकेको भन्ने गर्थे। श्यामलाल भन्छन्, “मा दुःखी हुनु बाहेक केही गर्न सक्दैनथे।”

उनी जति डाक्टर कहाँ जान्थे उनको अवस्था देखेर डाक्टरहरूलाई नै अचम्म लाग्थ्यो। केहीले त उनको उपचार निकै महँगो हुने भनेर पनि बताए। त्यसपछि उनी सागरको भाग्योदय तीर्थ नाम गरेको अस्पतालमा भर्ना भए। त्यहाँका डाक्टरहरूल;ए उनको जांच पश्चात शल्यक्रिया गराउनु पर्ने सल्लाह दिए।

चिकित्सकहरूका अनुसार यस किसिमको समस्या एक लाखमा एक जनालाई हुने गर्छ। यसलाई डेभिल्स हर्न अर्थात शैतानको सिङ भन्दा रहेछन्। उनीहरूका अनुसार यस रोगको बारेमा पर्याप्त जानकारी अझै प्राप्त छैन। डाक्टरहरूले सिटी स्क्यान गरे पछि सिङको जराहरू बढी गहिरो नभएको पत्ता लाग्यो। शल्यक्रियापछि टाउकोमा भित्री क्षति नहुने भएपछि उनको उपचार थालियो र एक घण्टा लामो शल्यक्रिया पछि उनको टाउकोबाट सिङ झिकियो।

के भन्छन् चिकित्सक?

डाक्टर गजभिए को टोलीले श्यामलालको टाउकोबाट सिङ झिकेर त्यस ठाउँमा प्लास्टिक सर्जरीको माध्यमले छाला प्रत्यारोपण गरेका छन्। यसलाई सेबेसियस हर्न भनिन्छ। टाउकोमा रौँ उमार्नको लागि सेबेसियस ग्रन्थी प्रकृतिक रूपले रहेको हुन्छ। यसले एक प्रकारको तरल उत्सर्जित गर्ने गर्छ जसले गर्दा कपालमा चमक देखिन्छ।

श्यामलालको टाउकोमा त्यो ग्रन्थि बन्द भएर तरल भित्रभित्रै जमेर सिङ आकारमा बाहिर आएको डाक्टर गजभिए ले बताए उनले आफूले यस मामिलालाई अध्ययन गरिरहेको र चाडैं यसबारे अन्तर्राष्ट्रिय जर्नलमा शोध आलेख प्रकाशित गर्ने बताए। । डाक्टर विशाल गजभिए यसलाई चिकित्सा विज्ञान क्षेत्रकै दुर्लभ घटना बताएका छन्।

उनका अनुसार पहिला त सिङवाला मामिला नै दुर्लभ हो त्यसमा पनि पाँच इन्चको सिङ भएको मामिला चिकित्सा विज्ञानको इतिहासमा आजसम्म सुनिएको छैन । उनले भने, “यसमाथि शोध आलेख तयार पारेर चिकित्सा विज्ञानको पाठ्यक्रममा राख्न सिफारिस गरिनेछ।”

पृथ्वीले पाउँदैछ केही समयलाई दोस्रो चन्द्रमा

यस शरद ऋतुमा एक खगोलीय आश्चर्यको लागि तयार हुनुहोस् - वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई दोस्रो चन्द्रमा प्राप्त हुन लागेको छ। सानो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण तानामा समातिनेछ र अस्थायी रूपमा "मिनी-चन्द्रमा" बन्नेछ। यो अन्तरिक्ष आगन्तुक २९ सेप्टेम्बरदेखि केही महिनासम्म पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा रहनेछ र फेरि छुट्टिनेछ। दुर्भाग्यवश, दोस्रो चन्द्रमा धेरै सानो र धमिलो हुने भएकाले यो देख्न सकिने छैन, जबसम्म तपाईंले व्यावसायिक दूरबीन प्रयोग गर्नुहुन्न। यो क्षुद्रग्रहलाई पहिलो पटक नासाको एस्ट्रोइड टेरिस्ट्रियल-इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (ATLAS) ले ७ अगस्टमा देखेको थियो। वैज्ञानिकहरूले यस क्षुद्रग्रहको कक्षालाई अमेरिकी खगोल विज्ञान समाजको अनुसन्धान नोट्समा प्रकाशित एक अध्ययनमा पत्ता लगाए। वैज्ञानिकहरूले २०२४ PT5 भनेर चिनिएको यो क्षुद्रग्रह अर्जुना क्षुद्रग्रह बेल्टबाट आएको हो, जसमा पृथ्वीको कक्षासँग मिल्दोजुल्दो कक्षामा रहेको चट्टानहरू पाइन्छन्। कहिलेकाहीं, यी क्षुद्रग्रहहरू पृथ्वीबाट लगभग २.८ मिलियन माइल (४.५ मिलियन किलोमिटर) टाढासम्म पुग्छन्। अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार, यदि यस्तो क्षुद्रग्रह लगभग २२०० माइल प्रति घण्टा (३५४० किलोमिटर प्रति घण्टा) को तुलनात्मक रूपमा कम गतिमा चलिरहेको छ भने, पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रले यसलाई अस्थायी रूपमा समात्न सक्छ। र यो ठीक यही हुन लागेको छ - यसै सप्ताहन्तबाट सुरु भएर, यो सानो क्षुद्रग्रहले लगभग दुई महिना पृथ्वीको कक्षामा बिताउनेछ। "असम एस्ट्रोनोमी" पोडकास्टकी खगोलशास्त्री डा. जेनिफर मिलार्डले बीबीसीको टुडे कार्यक्रमलाई बताइन् कि यो क्षुद्रग्रह २९ सेप्टेम्बरमा पृथ्वीको कक्षामा प्रवेश गर्नेछ र २५ नोभेम्बरमा बाहिर निस्कने भविष्यवाणी गरिएको छ। "यसले हाम्रो ग्रहको पूर्ण परिक्रमा गर्ने छैन, यो केवल यसको कक्षालाई हल्का घुमाएर पृथ्वीबाट अगाडि बढ्नेछ," उनले भनिन्। यो क्षुद्रग्रह लगभग ३२ फिट (१० मिटर) लामो छ, जुन पृथ्वीको चन्द्रमाको तुलनामा सानो हो, जसको व्यास लगभग ३४७४ किलोमिटर छ। यो सानो र धमिलो चट्टानबाट बनेको भएकाले, यसलाई पृथ्वीबाट मानिसहरूले बाइनाकुलर वा घरको दूरबीनबाट पनि देख्न सक्ने छैनन्। "व्यावसायिक दूरबीनहरूले यसलाई टिप्न सक्षम हुनेछन्। त्यसैले तपाईले इन्टरनेटमा यस सानो बिन्दुले ताराहरूको छेउबाट ठूलो गतिमा हिँडिरहेको धेरै अद्भुत तस्बिरहरू हेर्न पाउनुहुनेछ," डा. मिलार्डले भनिन्। यसअघि पनि मिनी-चन्द्रमाहरू देखिएका छन्, र धेरै अरूहरू पनि देख्न नसकिएको हुनसक्छ। कतिपय फेरि फर्केर आउँछन्, २०२२ NX1 क्षुद्रग्रह सन् १९८१ मा मिनी-चन्द्रमा बनेको थियो र फेरि २०२२ मा फर्कियो। त्यसैले यदि तपाईंले यो क्षण छुटाउनु भयो भने चिन्ता नगर्नुहोस् - वैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् कि २०२४ PT5 पनि २०५५ मा फेरि पृथ्वीको कक्षामा फर्कनेछ। "यस घटनाले हाम्रो सौर मण्डल कति व्यस्त छ भनेर देखाउँछ र त्यहाँ कति धेरै कुरा बाँकी छ जुन हामीले पत्ता लगाएका छैनौं, किनकि यो क्षुद्रग्रह यस वर्ष मात्र पत्ता लगाइएको थियो।" "त्यहाँ दसौं हजार, यदि लाखौं होइन भने, वस्तुहरू छन् जुन हामीले अझै पत्ता लगाएका छैनौं, त्यसैले यसले हामीलाई रातको आकाशलाई निरन्तर निगरानी गर्न र यी सबै वस्तुहरू फेला पार्न सक्षम हुनको महत्त्वलाई जोड दिन्छ," डा. मिलार्डले भनिन्। स्रोतः बिबिसी

किन हुन्छ यौन सम्पर्क गर्दा अचानक मृत्यु ? यस्ता छन् विश्वका चर्चित घटनाहरु

यौन सम्बन्धलाई शारीरिक र मानसिक आनन्दको क्रियाका रुपमा बुझिन्छ तर एक अर्काको आपसी सहमतिमा यौन सम्बन्ध भइरहेको अवस्थामा अकस्मात मृत्यु भएका कैयन घटनाहरु रहेका छन् । त्यसो भए किन हुन्छन् त यस्ता घटनाहरु? यौन सम्बन्धका क्रममा मृत्यु भएकोलाई विभिन्न शब्दावलीमा उल्लेख गरिएको छ, जस्तै "सेडलमा मर्नु" वा फ्रेन्च भाषामा "ला मोर्त द'अमोर"। नेपालीमा भने त्यस्तो कुनै शब्द रहेको छैन । शरीर विज्ञानका अनुसार यौन सम्बन्धका बेला विशेष गरी चरमोत्कर्षका क्रममा अक्सिटोसिन हर्मोनको स्तर बढने गर्दछ। जसलाई "माया हर्मोन" पनि भनिन्छ। यो हर्मोनले मानिसलाई सामीप्यतामा बाँधिन र परस्पर विश्वास निर्माण गर्न मद्दत गर्छ। यौन क्रियाकलापलाई विभिन्न मुड सुधार गर्ने रणनीतिहरूमध्ये एक मानिन्छ, अर्थात् यसले निरासा, उदासी वा डिप्रेसनको भावना कम गर्न मद्दत गर्न सक्छ। २०११ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको एक मेटा-विश्लेषणमा, हरेक हप्ता यौन क्रियाकलापमा एक घण्टा थप हुँदा प्रति १०,००० वर्षमा २–३ मायोकार्डियल इन्फार्कसन र एक आकस्मिक हृदय मृत्युको जोखिम बढेको देखाएको छ। यौन सम्बन्धले भल्साल्भा म्यानुभरमार्फत सबराक्नोइड हेमरेजलाई समेत बढावा दिनसक्छ। २०११ मा जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित अर्को मेटा-विश्लेषणमा, आफ्नो जोडीप्रति प्रतिवद्ध पुरुषको तुलनामा अवैध या अरु महिलासँग सम्बन्धमा रहने पुरुषहरूमा यौन सम्पर्कका बेला गम्भीर वा प्राणघातक हृदयघातका घटनाहरू हुने सम्भावना धेरै बढी हुने पाइएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा हुने मृत्युहरू लगभग ०.६% सबै आकस्मिक मृत्यु हुन्छन्। बेलायतमा, ५० वर्ष मुनिका मानिसहरूको ०.२% आकस्मिक हृदयघातको एक घण्टाभित्र यौन सम्बन्धका क्रममा मृत्यु भएको पाइएको छ। सामान्यतया सुरक्षित मानिने साइडेनाफिल औषधिलाई पनि वृद्ध वा कमजोर पुरुषहरूमा यौन क्रियाकलापका क्रममा आकस्मिक हृदयघात भइ हुने मृत्युसँग जोडिएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत्युहरूको संख्या अन्य औषधि, जस्तै कोकिनको प्रयोगसँग पनि जोडिएको छ। हृदयजन्य कारणहरूले गर्दा यौन क्रियाकलापका क्रममा हुने अधिकांश मृत्युहरू पुरुषको रहेको छ। विश्व प्रशिद्ध घटनाहरु यो सूचीमा केवल सहमतिमा भएका यौन क्रियाकलापका क्रममा वा सिधै तिनीहरूको कारणले भएका मृत्युहरू मात्रै समावेश गरिएको छ। यसमा इच्छाविपरितका यौन क्रियाकलापहरू, जस्तै बलात्कारलाई समेटिएको छैन। Pope John XII (d. 964) लाई सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत भएको मानिन्छ। Pope John XII १४ मे ९६४ मा मरेका थिए। कथानक अनुसार उनी Stefanetta नामकी महिलासँग यौन सम्बन्ध राख्दै गर्दा पक्षघातबाट मरेका थिए। बेलायतका प्रधानमन्त्री Lord Palmerstonको सन् १८६५ मा छोटो बिरामीपछि देहान्त भयो।  भनिन्छ नौकरानीसँग बिलियर्ड टेबलमा यौन सम्बन्ध गर्दा उनको मृत्यु भएको थियो, तर यो विवादास्पद छ, केही श्रोतले भने कि उनी निमोनियाबाट मरेको बताएका छन्। फ्रान्सका राष्ट्रपति Félix Faure सम्म सहमतिमा भएको यौन क्रियाकलापका क्रममा मृत अवस्थामा फेला परेका थिए। सन् १८९९ मा उनको मृत्युको कारण मस्तिष्क रक्तस्रावको रूपमा सूचीबद्ध गरिएको थियो। प्रत्यक्षदर्शीहरूरुका अनुसार मृत भएका बखत उनी अर्धनग्न अवस्थामा थिए। एक प्रसिद्ध Jesuit धर्मशास्त्री Cardinal Jean Daniélou सन् १९७४ मा पेरिसको एक वेश्यालयमा ६९ वर्षको उमेरमा मरे। उनी भेट्न गएको स्थानकी यौनकर्मीले कार्डिनल दान दिन गएको बताएपनि उनको मृत्यु शारीरिक सम्पर्ककै क्रममा भएको थियो । संयुक्त राज्यका पूर्व उपराष्ट्रपति र Rockefeller परिवारको सम्पत्ति उत्तराधिकारी Nelson Rockefeller सन् १९७९ मा ७० वर्षको उमेरमा हृदयघातबाट मरेका थिए। तर  उनको मृत्यु यौन सम्बन्ध गर्दा भएको विश्वास गरिएको छ। उनका मृत्युका असामान्य परिस्थितिहरूका कारण न्यूयोर्क म्यागजिनले भनेको थियो, "Nelson thought he was coming, but he was going"। उनको मृत्युको समयका विवरणहरू धेरै फरक थिए र उनको शीघ्र दाहसंस्कारले मृत्युको सटीक कारण अनिश्चित बनायो। (यहाँ उल्लेख गरिएको जानकारी इन्टरनेटमा उपलब्ध बिभिन्न श्रोतबाट लिइएको हो)

२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ। 

४०, ५० रुपैयाँमा जीउ बेच्न बाध्य छन् यी किशोरीहरु

सुन्दा पनि अचम्म लाग्ने याे खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो शरीर बेच्न बाध्य भइरहेछन् । यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । याे राेचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएकाे र हुदैँ गएकाे छ । यहाँका च रम भोक-मरीबाट पी डित छन् । रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक-मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झे ल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे ह व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं कटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

लोकप्रिय