ठोरी सेवा केन्द्र विवादः समस्या समाधान गर्न कार्यदल, बन्द खुल्यो

ठोरी सेवा केन्द्र विवादः समस्या समाधान गर्न कार्यदल, बन्द खुल्यो

वीरगञ्ज, फागुन २५ । पर्साको ठोरी गाउँपलिकामा झण्डै डेढ महिनादेखि चलिरहेको विवाद समाधानतर्फ उन्मुख भएको छ ।

गाउँसभाको माघ १५ को निर्णय खारेजी गरेर मध्य भागमा सेवा केन्द्र हुनुपर्ने माग राखेर आन्दोलनरत ३ न वडाका आन्दोलनकारी र स्थानीय सरकारबीचको वार्तामा कार्यदल बनाउने सहमति भएको छ । सहमति भएसंगै आन्दोलनरत पक्षले एक हप्ताको लागि बन्द फिर्ता लिएका छन् ।

यसअघि नै कालो झन्डा बोकेका दुई पाङ्ग्रे सवारी चल्न दिने निर्णय गरेको संघर्ष समितिले शुक्रबारबाट सबै सवारी साधन चल्न दिने सहमति गरेको छ ।

इलाका प्रहरी कार्यालय, ठोरीमा बिहिबार भएको बैठकले अधिकार सम्पन्न उच्चस्तरीय १३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले आन्दोलनरत पक्षका मागहरूलाई प्याकेजमा समाधान गर्नेसहमति भएको गाउँपालिका प्रवक्ता रामप्रकाश कुवरले जानकारी दिए ।

आन्दोलनरत पक्षका वार्ता टोली संयोजक बालकुमार बस्नेतले सरकार पक्ष कार्यदल बनाउन लचिलो भएपछि वीरगञ्ज–ठोरी सडक खण्डको बन्द १ हप्ताका लागि खोलिएको जानकारी दिए ।

गत माघ १५ गतेको प्रथम गाउँ सभाले ठोरी–४, सुवर्णपुरमा रहेको सेवा केन्द्र वडा नं ४ घ्याङ डाँडामा सार्ने निर्णय गरेपछि ठोरीमा तनाव बढेको थियो ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय