डाँकाहरु बच्न सकेनन् सिसी क्यामेराबाट

डाँकाहरु बच्न सकेनन् सिसी क्यामेराबाट

सिन्धुली, पुस २७ । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन्।

डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एक नम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका छन् ।

प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।

शेखलाई काठमाडौँबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको छ ।

यस्तै, सो डकैती गर्ने घटनामा संलग्न भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ४० वर्षीय उजिर अन्सारी, ३५ वर्षीय रामनाथ शाहा, भारतकै सुनौल बस्ने ३८ वर्षीय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० वर्षीय मोहम्मद दुलार, सीतामढी बस्ने ३५ वर्षीय मोहमद एलिहास र भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ३६ वर्षीय पुष सिंहको खोजी जारी रहेको बोहोराले जानकारी दिए ।

सिन्धुलीमा उनीहरु पहिलोपटक डकैती गर्न आएको र सिसी क्यामेराको सहायताले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको दाबी रहेको छ ।

सिन्धुलीमा डकैती गर्न सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफ पुस २० गते सिन्धुली आएको र शेखले सिन्धुलीका बजारका पसलको निगरानीसँगै बढी कारोबार हुने पसल, सहजता हेर्दै पसलको छनौट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस्तै, डकैती गर्न शेखलाई रामनाथ शाहाले पनि सघाएका थिए।

गत पुस २१ गते सिन्धुली आएका शेखले पुस २२ गते सिन्धुलीको स्टलबजारमा रहेको डाँफे होटल सातजनाका लागि बुक गरेको र शेखले खबर गरेपछि विहारबाट विआरओ ४४३१ नम्बरको टाटासुमोमा उनीहरु सिन्धुली आएका थिए ।

होटल सञ्चालकलाई टाढा जानुपर्ने भएकाले भोलि बिहान चाँडै निक्लने भन्ने जानकारी गराई बिहान ३ बजे होटलबाट डाँकाको समूह निक्लिएको थियो ।

होटलबाट निक्लिएका डाँकाले ९ मिनेटको समयमा शाह आयरनको सटर फोरी डकैती गरी फरार भएका थिए ।

सिसी क्यामेराले कैद गरेको दृश्यअनुसार सिन्धुलीको २ नं बजार हुँदै उनीहरु ट्राफिक पोस्ट हुँदै सिन्धुलीमाढीबाट बाहिरिएका थिए ।

डकैती गर्न सफल डाँका सर्लाहीको त्रिभुवननगरमा पुगेपछि भागबन्डा गर्ने क्रममा विवाद भएको र छोरालाई विदेश पठाउने क्रममा शेख काठमाडौं गएकाले विशेष सूचनाका आधारमा शेखलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

शेख सिन्धुली आउँदा सेतो लामो दारी पालेको र डकैती गरिसकेपछि दारी छोटो बनाई कलर गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बर्ताए ।

प्रहरीलाई नै चिन्न अप्ठेरो पर्ने गरी कलर गरेका शेखलाई पक्राउ गरिएपछि अरू फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिएको छ । डाँका समूहले भारतको विहारदेखि आएर शाह आयरनको सटर फोरी नगद र समान डकैती गरी लगेका थिए ।

सिन्धुलीबजार क्षेत्रमा भर्खरै जडान गरिएको सिसी क्यामेराले प्रहरीको अनुसन्धानको कार्यलाई निकै सहज र लक्ष्यनजिक बनाइदिएको छ ।

सिन्धुलीमा भारतदेखि आएर डाँकाले डकैती गरेको यो पहिलो घटना हो ।

रासस

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

लोकप्रिय