प्रधानमन्त्री प्रचण्डले तामाङ समुदायसँगै मनाए सोनाम ल्होसार (तस्बिरहरू)

प्रधानमन्त्री प्रचण्डले तामाङ समुदायसँगै मनाए सोनाम ल्होसार (तस्बिरहरू)

काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाए । तामाङ समुदायको पहिरनमा टुडिखेलमा देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही समुदायसँगै सोनाम ल्होछारमा मनाए ।

सो कार्यक्रममा तामाङ समुदायको टोपी र पहिरनमा देखिएका प्रधानमन्त्री प्रचण्डलाई सो पहिरन निकै राम्रो सुवाएको वक्ताहरुले प्रक्रिया दिए । प्रधानमन्त्रीले सो कार्यक्रमको उद्घाटन गरे।  तामाङ समुदायसँगै ल्होछार मनाए ,हौसला दिए । प्रधानमन्त्री प्रचण्डले तामाङका छोराछोरीलाई छिट्टै मन्त्रीको रुपमा देख्न पाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ। आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।यद्यपी चीनियाँहरुले भने खरायो वर्षमा प्रवेशको रुपमा नयाँ वर्ष मनाएका छन् ।

पर्वका अवसरमा देशैभरका तामाङ समुदायले विभिन्न ठाउँमा कार्यक्रम गरेर ल्होछार मनाए । नेपाल तामाङ घेदुङले टुँडिखेलमा कार्यक्रम आयोजना गरेको थियो ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ ।

हेर्नुहोस् तस्बिरहरू

तस्बिर : प्रदीपराज वन्त

उपत्यकामा डुबान पीडितको उद्धार जारी (फोटोफिचर)

काठमाडौं, असार २८ । बुधबार रातीदेखि परेको अविरल वर्षाले उपत्यकाका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । भक्तपुर, ललितपुरका केही स्थान डुवानमा परेका छन् । डुवानका कारण घरबाहिर निस्कनै गाह्रो भइरहेको छ । अहिलेसम्म डुवान तथा पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु र १५० बढिको उद्धार गरिएको महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले जानकारी दिए । अहिले डुबानमा परेका स्थानीयलाई उद्धार गर्ने कार्य भइरहेको छ । सबैभन्दा बढि भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायत क्षेत्र डुबानमा परेका छन् । त्यस क्षेत्रका स्थानीयलाई अहिले सुरक्षित स्थानमा पुर्याउने कार्य भइरहेको छ ।  

लोकप्रिय