दशैंको अवसरमा कम्लेक्सहरुमा मोबाईल किन्दा अफर, कसले के दिँदैछ त ?

दशैंको अवसरमा कम्लेक्सहरुमा मोबाईल किन्दा अफर, कसले के दिँदैछ त ?

काठमाडौं, दशैं र तिहार नजिकंदै जाँदा व्यापारिक उत्साह बढेको छ । यसमा सबैभन्दा बेसी चर्चा भने मोबाइल बजारले लिएको छ ।

मोबाइल बिक्रि हुँदै आएका बिभिन्न स्थानमा अहिले आकर्षक अफरसहित मोबाइल मेला र
एक्सपोको आयोजनाको घोषणा भएको छ ।

राजधानीमा मोबाइल व्यापारका लागि प्रसिद्द ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्सपो २०७४ आयोजना गरिहरहकेको छ भने ताम्राकार कम्प्लेक्सले भदौ २२ गतेदेखि उपहार नै उपहार योजना सुरु गर्दैछ ।

ताम्राकार मोबाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना भदौ २२ गतेदेखि सुरु गर्दैछ । यो मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गर्दै छन् । महोत्सव अवधिमा ताम्राकार मोबाइल कम्प्लेक्सले मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

ताम्राकार मोबाइल कम्प्लेक्सले महोत्सव अवधिमा सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । यसैगरी लेनेभोका मोबाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको कम्प्लेक्सले जनाएको छ ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि एकै साथ प्रदान गरिने कम्प्लेक्सले जनाएको छ ।

बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरिदमा कम्प्लेक्सले मोटरसाइकल, टिभी, स्मार्ट फोन बितरण गरिने जनाएको छ । दैनिक २ वटा मोबाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत वितरण गरिने व्यवस्था गरेको कम्प्लेक्सले साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फत बितरण गर्ने जनाएको छ ।

बम्पर उपहार स्वरुप एउटा मोटरसाइकल तथा एउटा स्कुटरको लक्की ड्र छठ पर्व सकिए पछि गरिने बताइएको छ । एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिने विज्ञप्तीमा उल्लेख छ ।

मोबाइल मेला अबधीभर ताम्राकार मोबाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार बताइएको छ ।

उता ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले एक्सपोमा मोबाइल खरिद गर्नेहरुलाई हुवावी जीआर ५ र पी ९ लाइटमा २५ प्रतिशतसम्मको छुट दिइरहेको छ भने सोनीको एक्सपेरिया एक्सजेडमा ३० प्रतिशतसम्मको छुट प्रदान गरिरहेको छ ।

त्यसैगरि मोबाइल कम्प्लेक्समा एक्स्पो अवधिभर लाभाको लाभा एक्स वान प्लस, लाभा एक्स ८, लाभा पिक्सेल भी २ प्लस, लाभा ८६०, लाभा ग्राण्ड २, लाभा ग्राण्ड २ सी फोनहरुमा पनि २५ प्रतिशत नगद छुट दिईने मलले जनाएको छ ।

त्यसैगरि कुनै पनि मोबाइलको खरिदमा हात खाली नजाने उपहारको व्यवस्था गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर लगायत रहेको मलले जनाएको छ ।

यसका अलावा विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि एकै पटक लागू हुने बताइएको छ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको भ्रमण लगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि पर्नेछन् ।

ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, हुवावी जियोनी, कलर्स, आईफोन, एचटिसी, नोकिया, डिटिसी, ओवीआई, लाभा, सोनी, वन प्लस लगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय