दसैँमा एकजनालाई २७ हजार नयाँ नोट

दसैँमा एकजनालाई २७ हजार नयाँ नोट
काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही सुविधा दिने भएको हो । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । ‘राष्ट्र बैंकले उपत्यकामा थापाथली र उपत्यकाबाहिरका सात प्रदेशमा रहेका क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट उपलब्ध गराउनेछ,’ उनले भने, ‘यसपालिलाई एकजना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछ ।’

राष्ट्र बैंकले सरकारी स्वामित्व रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखामार्फत नयाँ नोट सटही सुविधा दिने उनले जानकारी दिए । नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर शाखामा नयाँ नोट पाइनेछ । त्यस्तै, वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्साल शाखामा नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट समेत नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यी शाखाबाट भने प्रतिव्यक्ति २० हजार रुपैयाँबराबरको मात्रै नयाँ नोट साट्न सकिने उनले बताए ।

‘सर्वसाधारणलाई सहज होस् भनेर सरकारी स्वामित्वका बैंकका शाखामार्फतसमेत नयाँ नोट सटही सुविधा दिने व्यवस्था गर्ने भएको हो,’ उनले भने, ‘यसले गर्दा नयाँ नोटका लागि भिडभाड हुने र लामो लाइन बस्नुपर्ने अवस्थालाई घटाउनेछ ।’ यस वर्ष सर्वसाधारणलाई ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट उपलब्ध गराइने केन्द्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा १० दिन अर्थात् ७ असोजसम्म लिन सक्नेछन् ।

यस वर्ष करिब ४० अर्ब रुपैयाँको नयाँ नोट सटही हुने अनुमान गरिएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब रुपैयाँ नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ ।

सरकारी निकायलाई २१ भदौदेखि
राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी निकाय, संस्थान, प्रहरी, सेना, सशस्त्र प्रहरी र अन्य संघसंस्थालाई पत्रको आधारमा २१ भदौदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । त्यस्ता निकाय, कार्यालय तथा संघसंस्थाले भने राष्ट्र बैंकको थापाथली कार्यालयबाट सटही सुविधा लिनुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट
केन्द्र बैंकले दसैँलाई नै लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई समेत नयाँ नोट उपलब्ध गराउने गरेको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्थालाई निश्चित कोटा नै छुट्याएर नयाँ नोट उपलब्ध गराउँदै आएको उनले बताए । ‘खासगरी बैंक तथा वित्तीय संस्थाका कर्मचारी र ग्राहकलाई लक्षित गरेर नयाँ नोट दिइन्छ,’ उनले भने, ‘त्यहाँबाट समेत सर्वसाधारणले नयाँ नोट प्राप्त गर्छन् ।’ उनले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने नयाँ नोटको परिमाणका बारेमा भने निर्णय भइनसकेको बताए ।

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

मोहन वैद्यको आइसियुमा उपचार हुँदै

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ । विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो । अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उहाँलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुनुहुन्छ । हरेक वर्ष जाडो याममा उहाँलाई दमको समस्या बढ्ने गर्छ ।

आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।  यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।  परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् । 

आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प

काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।

लोकप्रिय