दुई कांग्रेस जुध्दा सेयर बजार अोरालो

दुई कांग्रेस जुध्दा सेयर बजार अोरालो

काठमाडौ‌ं, माघ १४ ।  धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जमा रहेका दुई काँग्रेसीको झगडाका कारण मुलुकको धितोपत्र बजार नराम्ररी प्रभावित भएको आजको जनआहवान साप्ताहिकमा खवर छ ।
धितोपत्र बोर्डको आवरणमा डा. रेवतवहादुर कार्कीले ब्यक्तिगत ’इगो’ साँध्न स्पष्टीकरण सोधेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दावी गरेको छ । कार्की काँग्रेस नेता डा रामशरण महतलाई मोटो थैली बुझाएर अध्यक्ष बनेका व्यक्ति हुन् । भने स्टकका महाप्रबन्धक रहेका सिताराम थपलिया पनि डा महतका असली कार्यकर्ता हुन् ।

दुई साताअघि बोर्डले नेप्सेका अध्यक्ष र महाप्रबन्धकलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टिकरण सोध्ने विषयमा पनि कुरा नमिले पनि हतार हतार स्पष्टिकरण पत्र काटियो र थपलियालाई साइजमा ल्याउने भन्दै कार्कीले युद्धको नै घोषणा गरेको थपलिया पक्षको आरोप छ ।
दुई वटा साँढे जुध्दा तोरी बारी माडिए जस्तै कार्की र थपलियाको साँढे जुधाईमा सेयर बजार परेको छ । सेयर बजार दैनिक जसो घट्दै गएको छ । बजार घटाउने विभिन्न कारणहरु रहेको भएपनि प्रमुख कारण भने कार्की र थपलियाको साँढे जुधाई नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन् ।

कार्की र थपलिया दुवै काँग्रेस नेता डा महतलाई थैली बुझाएर आएका हुन् । उनीहरु दुवै महतका मान्छे समेत हुन् । तर समस्या कहाँ प¥यो भनेर बुझ्दै जाँदा पत्ता लाग्यो कि सेयर दलालसँग थपलियाले मोटो रकम उठाए । डा सावलाई पैसा दिनु पर्छ भन्दै उठाउने भनेको रकम दलालहरुले काँग्रेस पार्टी कार्यालयको खातामा हालिदिए ।

पार्टी कार्यालयको खातामा रकम गएपछि न त त्यो रकम थपलियाले पाए न त डा महतले नै । कसैले पनि पैसा नपाएपछि भाउन्न भएका डा महतले फेरि दुवै जनालाई बोलाएर जसरी भएपनि पैसा उठाउन निर्देशन दिए । डा महतको अगाडि हस हजुर भन्दै उठेका कार्की र थपलियाकै कारण यस अघिको पैसा नपाएको भन्दै पैसा उठाउने कि नउठाउने भन्नेमा विलखबन्दमा परे ।
पैसा उठाउन बोर्डले सहयोग गर्नुपर्ने थपलियाको सर्त थियो । तर कार्कीले उठेको पैसाको ४० प्रतिशत आफूलाई दिनुपर्ने शर्त थपलियालाई तेस्र्याए । बाँकी रहने ६० प्रतिशतमा २० प्रतिशत थपलियाले राख्ने र बाँकी रहने ४० प्रतिशत मात्रै डा महतलाई उपलब्ध गराउने भित्री सहमति भयो । सेयर दलालहरु अधिकाशं काँग्रेस निकटका छन् ।

थपलिया र कार्कीले उनीहरुलाई होटल हिमालयमा विशेष बैठक भन्दै बोलाए । आफूलाई नियुक्त गर्ने मन्त्रीको आशय समेत उनीहरुले संयुक्त रुपमा राखे । तालुकदार मन्त्रालयमा माओवादी केन्द्रका महासचिव भइसकेका कृष्णबहादुर महरा अर्थमन्त्री छन् । भोलि उनले थाहा पाए के उत्तर दिने भन्ने बारेमा समेत होटलमा राम्रै बहस भयो । थाहा पाए उनलाई समेत जानकारी गराउने सहमति भयो ।

सोही सहमति बमोजिम कार्की र थपलियासहित सेयर दलालहरु समेत उठे । पैसा पनि राम्रै उठ्यो । स्रोतका अनुसार लगानीकर्तालाई एकाध दिन मात्रै मार्दा पनि सेयर दलालले करिब ४० करोड रकम उठाए । पैसा देखेपछि महादेवको पनि तीन नत्रे भने जस्तै थपलियाले कार्कीलाई दिनु उचित ठानेनन् । काम मैले गर्ने उनलाई किन दिने भन्ने प्रसंग निकाल्दै थपलियाले लौ हजुर पैसा धेरै उठाउन सकिएन, मन्त्रीले थाहा पाए भने हामीलाई समेत अप्ठ्यारोमा पार्लान भन्दै डा महतको जी हजुरी गर्न थपलिया डा महतको निवास पुगे । उनले उठेको मध्य न्यून रकम मात्रै डा महतलाई बुझाए अरु रकम आफैले पच पारे । स्रोत भन्छ कार्की र थपलियाको विवादको प्रमुख कारण नै सोही सेयर दलालबाट उठेको पैसा रहेको बताइन्छ ।

पैसाको विषयमा कुरा नमिलेपछि बोर्डले थपलियालाई स्पष्टिकरण पत्र काट्यो । बोर्डले सोधेको प्रश्नमा नेप्सेले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको पत्र पठाएको छ । पत्रको बोधार्थ अर्थमन्त्रालयलाई पनि दिइएको छ ।

नेप्सेले पत्रकार सम्मेलन गरी बोर्डको अवरोधका कारण पूँजी बजार विकासका योजनाहरु अगाडि बढाउन नसकिएको जनाएको छ । सार्वजनिक रुपमा बोर्डको बिरुद्ध अनर्गल प्रचारवाजी गरिएको भन्दै बोर्डले नेप्सेसँग स्पष्टीकरण सोधेको बताएको छ । बोर्डको स्पष्टीकरणमा नेप्सेले स्पष्टीकरण सोध्ने अधिकार बोर्डसँग नभएको उल्लेख गरेको छ ।

बोर्डले नेप्सेका अध्यक्ष रामजी रेग्मी र महाप्रबन्धक सीताराम थपलियासँग स्पष्टीकरण सोधेको थियो । सात दिनभित्र जवाफ दिन बोर्डले भनेपनि नेप्सेले दुई साता बितेपछि चेतावनीयुक्त जवाफ पठाएको छ । स्पष्टिकरणको दोहारी पनि असाध्यै रमाइलो छ । त्यसो त स्टकका अध्यक्ष रामजी रेग्मी पनि काँग्रेसी कार्यकर्ता नै हुन् ।

१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ ।  नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

लोकप्रिय