यसअघिको कार्यदलले मृतक र बेपत्ताको संख्या १७ हजार ८ सय ८६ तोकेको थियो । पछिल्लोपटक सीतादेवी यादव शान्तिमन्त्री हुँदा रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल बनाएकी थिइन् । कार्यदलमा सुभाषचन्द्र यादव, सुनिता रेग्मी, धर्मबहादुर केसी र वृषराज गुरुङ सदस्य थिए । द्वन्द्वका क्रममा (१ फागुन ०५२ देखि ५ मंसिर ०६३ सम्म) मारिएका र बेपत्ता भएकाको तथ्यांक राखिएको शान्ति मन्त्रालयअन्तरगतको राहत तथा पुनःस्थापना इकाइका निमित्त प्रमुख देवराज जोशीले बताए ।
सरकारैपिच्छे गठन हुने कार्यदलले आशंका उब्जिएको चौथो कार्यदलका संयोजक दीपेन्द्र पुन ‘सिजल’ले बताए । ‘द्वन्द्वमा मृत्यु तथा बेपत्ता भएका व्यक्ति छुट्नु र दोहोरिनुहुँदैन,’ उनले भने, ‘वास्तविक छानबिन गरेर मात्र संख्या किटान गरिनुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।
द्वन्द्वका क्रममा १० हजार ९ सय ९६ जना घाइते भएका छन् । घाइतेलाई उपचार खर्चवापत बढीमा एक लाख रुपैयाँसम्म दिइने जोशीले बताए । ८२ हजार ६ सय ६१ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले राहत दिइने भएको छ ।