नयाँ शक्तिका पूर्व नेताले बाबुराममाथि गम्भीर आरोप, नयाँ पार्टी खोल्ने घोषणा
काठमाडौं, मंसिर २० । नयाँ शक्ति पार्टीका पूर्व केन्द्रिय परिषद् सदस्य गोविन्दराज केसीको संयोजकत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन ।
शनिबार आयोजित युवाहरुको भेलाले संयोजक सहित २५ सदस्य केन्द्रिीय समिति रहने नयाँ पार्टी खोल्ने निर्णय गरे ।
भेलाले नयाँ शक्ति पार्टी बाट अलग्गीएका नेता केसीको संयोजकत्वमा ‘प्रगतीशिल नेपाल पार्र्टी’ गठन गर्ने निर्णय गरेको संयोजक केसीले बताएका छन ।
नेता केसीले भने–‘यसअघि युवाहरुको भेलाले केन्द्रमा ९ सदस्य पार्टी आयोजक समिति निमार्ण गरेको थियो । हामीले शनिबार चार नम्बर प्रदेशमा भेला आयोजना गरेर थप निर्णय सहित पार्टी गठनको प्रकृया अघि बढाउने भएका छौ ।’
नयाँ शक्ति छाड्नुको कारणबारे प्रष्ट्याउदै उनले भने–‘बावुराम जीहरुको पार्टी दक्षिणपन्थि संशोधनवादको दिशामा विलिन हुने अवस्थामा पुग्यो,उहाँहरु दलाल र भष्टहरुलाई पार्टीमा केन्द्रित गर्ने अभियानमा लाग्नु भो, नाम मात्रको नयाँ शक्तिको काम भने पुरानै दिशामा केन्द्रित भएकाले पार्टी छोडेको हुँ । उहाँहरुले सुध्रिने संकेत नदेखेपछि युर्जाशिल युवाहरुको भेलाले छुट्टै पार्टी निमाण गर्ने निर्णय गरेका हुन ।’
_
शक्ती बृद्ध आश्रम भएको र भ्रस्टको सम्रक्षण केन्द्र बनेको अवस्थामा इमान्दार साथीहरु छोडदै हिंड्नु नयाँ नभएको उनको तर्क थियो ।
नयाँ शक्ती बाट राजिनामा दिनुको मुख्य कारण बाबुराम परिवारबादी ,संक्रिण र व्यक्तिबादी भएको भन्दै उनले १७००० नेपाली जनताको बलिदान ,त्याग र तपस्या माथि भारतीय एजेन्ट बनेर धोका दिएको आरोप लगाए ।
नयाँ शक्ती मौलिक पार्र्टी होइन ,बाबुराम दक्षिणपन्थी कित्तामा पुगेर बिलय भएको र बामपन्थी चरित्रका कुनै पनि नेता त्यहा अटन नसक्ने अवस्था आएकाले आफुले त्यस्तो निर्णय लिएको उनले बताए ।
बैदेसिक तथा गुप्तचर संस्थाबाट बाबुराम परिचालित भएको आरोप लगाउन पनि उनी पछी परेनन । उर्जाशिल युवाहरुको साथ लिदै अगाडि बढ्ने र विकास निर्माण र देशको संवृद्धीका निम्ती प्रगतीशिल पार्र्टी नेपाल खोलेर अगाडि बढेको उनले बताए ।
उनले आफ्नो पार्टी केहि अवधिमै गठन गरिने भन्दै अगाडि भने–‘हामीले विशेषत नेपालबाट भ्रष्टाचार मुक्त बनाउने अभियानलाई पार्टीको मुख्य कार्ययोजना बनाएर अगाडि बढ्ने भएका छौ । नेपालमा मौलाउदै गएको तमाम खाले भष्टाचारको अन्त्य गरी संवृद्ध नेपालको परिकल्पना हामीले गरेका छौ ।’
अबको निर्वाचनमा प्रगतिशिल नेपाल पार्र्टी वैकल्पिक शक्तीको रुपमा उदाउने गरी आन्तरिक तयारी भैइरहेको उनले बताएका छन ।
भारत,चिन लगायतका देशहरुमा विद्यार्र्थीको नेतृत्व केवल दक्ष विद्यार्र्थीले लिने गरेको तर नेपालमा भने टिके प्रणाली विकास भएको भन्दै प्रगतीशिल पार्र्टीले दक्ष नेतृत्वलाई मात्रै जिम्मेवारी दिने प्रणालिको विकास गर्ने समेत उनले बताए ।
को हुन गोविन्दराज केसी ?
केसी यसअघि नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद् सदस्य तथा वार्ता एवं संवाद समितिको चार नम्बर प्रदेशका संयोजक हुन ।
२०५५ सालबाट कम्यूनिष्ट आन्दोलनमा सहभागि भएका केसी तत्कालिन माओवादीले संञ्चालन गरेको जनयुद्धमा पनि सहभागि थिए ।
पार्टी खुल्ला राजनीतिमा आएसँगै सरस्वती क्याम्पस ठमेलबाट आफ्नो राजनीतिक सुढृण बनाउदै आएका केसी ,माओवादी पार्टी विभाजन अघि अखिल क्रान्तिकारी पि.एन क्याम्पस पोखराको अध्यक्ष थिए ।
त्यसपछि उनी अखिल क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी सम्म पुगेका थिए ।
पछि पार्टीको विचार लाइनमा असन्तुष्ट हुदै तत्कालिन माओवादी नेता बाबुराम भट्टराईले नयाँ शक्ति गठन गरेपछि उनी त्यो लाइनमा क्रियाशील भएका हुन ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।
एकीकृत समाजवादीमा एक पद एक व्यक्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
काठमाडौं । रवि लामिछानेलाई राजनीतिक प्रतिशेधका आधारमा पक्राउ गरिएको भन्दै विसमर्थकहरुले प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरि तिररवितर पारेको हो। प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ ।