नेपाली राजनीतिका भाइरसहरु, सधैंका लागि अन्त्य गर्नुपर्ने आवश्यकता

नेपाली राजनीतिका भाइरसहरु, सधैंका लागि अन्त्य गर्नुपर्ने आवश्यकता

भाइरसले सधैं तहसनहस गर्ने कुरामात्रै गर्छ । यसलाई रोक्न एन्टीभाइरस चाहिन्छ । बैज्ञानिक प्रविधिको विकाससँगै भाइरसहरुको पनि तीब्र गतिमा विकास भएको पाइन्छ तर हरेक समस्याको पछाडी समाधान पनि छ भन्ने तथ्यलाई आत्मसात गर्दै भाइरसहरुको निर्मूलको लागि एन्टीभाइरसको पनि विकास भएको छ ।

विज्ञानमा भाइरसको मान्यताजस्तै राजनीतिमा पनि गतिशीलतालाई रोक्ने र भाँजो हाल्ने तत्व हुन्छन्। यदि भाइरस (समस्या) हुदैनथ्यो भने चुनौतीहरुको सामना पनि गर्नु पर्ने थिएन । जति चुनौतीहरु थपिदै जान्छ त्यति नै अवसरको बाटोहरु पनि खुल्दै जान्छन । राजनीतिमा पनि यस्तै हो । सामन्ती शासकहरुको इतिहासलाई गहिरोसँग विश्लेषण गर्ने हो भने तिनीहरुको तमाम भाइरसयुक्त ब्यबहारहरु निर्मूल पार्नको लागि नेपाली जनताहरुले समयानुकुल एन्टिभाइरसहरुको पनि विकास गर्दै आइरहेका छन् अर्थात परिवर्तनका लागि धक्का मुलक एजेन्डाहरुको पनि उत्पत्ति गर्दै आइरहेका छन् ।

कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके ।

माओवादी केन्द्र समग्र राजनीतिलाई आफ्नो कक्षमा सन्तुलित रुपमा घुमाउन सक्ने नेतृत्व भएको पोलिटिकल पावर कन्ट्रोलर हो । मागिखाने भाँडो बनाएको नेपाली राजनीतिलाई राज्यको नीति र आम जनताको हितको लागि हुनुपर्छ भन्ने सिद्धान्तले प्रतिस्थापन गरेकाले नै माओवादी केन्द्र आज राष्ट्रिय राजनीतिको केन्द्रमा छ । राजनैतिक रुपमा हाइ भोल्टेज भएको माओवादी केन्द्र सामन्तीहरुको दिमागमा करेन्ट लगाएर जनताको लागि उज्यालो प्रकाश दिने परिवर्तन र अग्रगामी उदेश्य भएको जनवादी पार्टी हो भन्ने कुरामा कुनै दुइमत छैन । माओवादी केन्द्र गठन पश्चात यो एउटा पावर सेटरको रुपमा रुपमा स्थापित भैसकेको हुदा यसले आफ्नो पावर सेयरिङ ससक्त रुपमा देशब्यापी फैलाएर जनतालाई उर्जाशील बनाउने काम तीव्र गतिमा गरिरहेको छ ।

नेपालको हरेक परिवर्तनको पछाडी माओवादी र कमरेड प्रचण्डको नाम सवैभन्दा अगाडी आउछ चाहे त्यो जनजाति आन्दोलनको सवालमा होस या सिमान्तकृत समुदायको हक अधिकार र पहिचानको सवालमा । यदि १० वर्षीय जनयुद्ध भन्दा पहिले र जनयुद्ध पछिको आम जनताको चेतनास्तरको मुल्यांकन गर्ने हो भने पनि माओवादी आन्दोलनको उपलब्धी मज्जा देख्न सकिन्छ । यथास्थितिवादी चिन्तन बोकेका तत्वहरुलाइ एउटै जाति र धर्मका ब्यक्तिहरुले निरन्तर यो देशमा राज गरेको देख्न चाहन्छन तर माओवादी आन्दोलनले बृद्धि गरेको चेतनास्तरको कारण अब त्यो रहन सक्दैन । अब कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । यावत कुराहरु सुन्दा अनौठो जस्तो लागि पनि सबै परिवर्तन मात्रै माओवादीको कारणले सम्भव भएको हो ।

यी अथाह परिवर्तनको पछाडि सिंगो माओवादी आन्दोलन र त्यसका कमान्डर प्रचण्डको नाम अग्रपंक्तिमा आउछ । वर्ग विभेदयुक्त समाजको भाइरसहरुलाई स्क्यान गरेर स्वच्छ समाजको निर्माण गर्ने एन्टिभाइरसको भुमिका प्रचण्डले गरेका छन् । तर यी सबै परिवर्तनहरुलाई तहसनहस गर्नको लागि जातिवादी मिडियाको दुरुपयोग गर्दै जनतालाई भ्रमित बनाउन एमाले कांग्रेस लगायतका भाइरसहरु लागि परिरहेका छन तर जबसम्म एन्टिभाइरसको भुमिकामा प्रचण्ड रहन्छन् प्रतिक्रियावादी शक्तिहरुले संसारको जस्तो सुकै भाइरसहरुको प्रयोग गरे नि केही हुनेवाला छैन ।

माओवादी इतिहास रगतले कोरिएको इतिहास हुन । हजारौ जनताका छोराछोरीहरुको त्याग तपस्या र बलिदानको इतिहाससँग जोडिएको छ माओवादी केन्द्र । समय र परिस्थितिको अभाव/आवश्यकतामा पिल्सिएर जन्मेको यो पार्टी अरुभन्दा धेरै भिन्न छ । राज्यबाट पिछडिएका समुदायहरु आदिवासी जनजाति,मदेसी लगायत उत्पिडनमा परेका जातिहरुको मुद्दाहरु प्रतिनिधित्व गर्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । उत्पीडनमा परेका विभिन्न धर्म, सम्प्रदाय, संस्कृति, भाषा, पहिचानहरुको अधिकार सुनिश्चितताका लागि लडेको माओवादी केन्द्रलाई आउदो निर्वाचनमा भोट दिनुको कुनै विकल्प छैन ।

यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो ।

लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरिसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्नै पर्ने हुन्छ । हारजीत सामान्य प्रक्रिया भएपनि परिवर्तनलाई आत्मसात गर्ने शक्ति नै पहिलो रोजाइमा पर्नु अनिवार्य सर्त हो । कतिपय जनजाति समुदायहरु चुनाबलाई कमाइको भाँडो ठान्ने गर्छन । अहिलेसम्म पनि एकहातमा नोट र अर्को हातले भोट साटिरहेका छन् । यसै गरि आफ्नो अमुल्य भोट दुई चार पैसाको लोभमा भ्रष्ट, दलाल र राष्ट्रघातीहरुलाई सुम्पिरहेका हुन्छन् । अनि पछि गएर राजनैतिक हक अधिकारहरु प्राप्त गर्नुपर्ने बेलामा माओवादी लगायत परिवर्तनकामी दलहरुलाई धारेहात लगाउदै बस्ने गर्छन् । तर परिवर्तनकारी शक्तिलाई वेवास्ता गरेर दुईचार पैसाको लोभलालचमा आफ्नो भोट बेच्दाको परिणाम हो भन्ने कुरामा पश्चाताप गरेको कदापी देखिदैन ।

अब यो पटक पनि हामीले त्यही गल्ती दोहोरायौ भने इतिहासले कदापी माफ गर्नेवाला छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो ।

देशमा निरंकुश राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायत उत्पीडित वर्गमा स्थापित गराएका अधिकारका मुद्धाहरुलाई फेरी पनि अँध्यारो कोठामा बसेर उल्टाउने कसरत भइरहेको छ । यदि ती उपलब्धीहरुलाई बेलैमा संस्थागत गर्न नसक्ने हो भने हामी हाम्रा हक अधिकारका बारेमा एकादेशको कथा सुन्दै पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै उपाय रहने छैन । त्यसैले देशको त्यो अवस्था आउने पहिले नै हामीले सचेतता पुर्वक समाजका यस्ता भाइरसहरुलाई निर्मुल पार्न, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थपा उपलब्धिका लागि पनि नेकपा ९माओवादी केन्द्र० लाई भोट हाल्नुको विकल्प छैन । आवादी रोज्ने कि बर्वादी रोज्ने बेलैमा सोचेनौ भने हामीलाई हाम्रा सन्ततिले अनन्तकाल सम्म धिक्कारी रहनेछन् ।

लेखक प्रेस सेन्टर नेपाल, युएईका अध्यक्ष हुन् 

माओवादी केन्द्र केन्द्रीय समिति बैठकः आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल

काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने छ ।  हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आज ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा छलफल सुरु हुने महासचिव देब गुरुङले जानकारी दिनुभयो । बोल्न चाहने जति बैठकमा सहभागीहरुले बोल्न पाउने छन् र सबैका लागि तीन मिनेटको समय तोकिएको छ । हिजो अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले सरकारमा रहँदा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान लगायतका विषयमा लिएका सकारात्मक पहल एवं सरकारबाट बाहिरिदै गर्दा गम्भीर आत्मसमीक्षासहित उत्पीडित वर्ग समुदायलाई गरिएको अपिलको परिणाम आज पार्टीप्रति जनतामा नयाँ आशा पलाएको संश्लेषण सुनाउनुभएको थियो । जनतामा पलाएको यो आशा पार्टीका लागि चुनौती र एउटा अवसर बनेर अगाडि आएको उल्लेख गर्दै उहाँले बैठकले रुपान्तरण र पुनर्निर्माणको ठोस योजनासहित कार्यान्वयनको नयाँ सङ्कल्प लिन जरुरी रहेको बताउनुभएको थियो ।  उहाँले यो विशेष परिस्थितिमा पार्टी एकतालाई सुदृढ गर्नु, जनताका बीचमा गएर अभियानात्मकरुपले जनपरिचालनलाई नयाँ उचाईमा उठाउनु, संगठनलाई यथास्थितिबाट झिकेर अगाडि बढाउनु तथा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानलाई निरन्तर अगाडि बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै अन्ततः आगामी महाधिवेशनमा पार्टीले गर्ने नयाँ वैचारिक संश्लेषणले नै सबै कुराको निधो गर्ने स्पष्ट गर्नुभएको थियो ।

माओवादी केन्द्र केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । त्यसको तयारीका लागि अहिले स्थायी समिति बैठक बसिरहेको छ । आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको समेत सहभागिता रहनेछ ।   

युवा नेता न्यौपानेको प्रश्नः कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले विभिन्न सञ्चारमाध्यमले नुवाकोटको शेरादरबारमा तथ्यहिनरुपमा पार्टी अध्यक्ष प्रचण्डलाई जोडेमा आपत्ति जनाउँदै धमिलो पानीमा माछा मार्ने षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा बुँदागतरुपमा नै चिरफार गर्दै भन्नुभएको छ– ‘विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ?’ प्रस्तुत छ न्यौपानले गर्नुभएको शेरादरबारको चिरफारः १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाणविना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रष्ट गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हो ।  ४. स्वकीय सचिव भएकोबेला (२०६७÷०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिको दुरुपयोग गरि उक्त कम्पनीमा छिरेको भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति होइन भन्ने विषय पनि तलको लेनदेनको प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैरकानुनी रुपमा जग्गा र कम्पनी हत्याएका हुन् भने उनलाई कारवाहीको दायरामा ल्याउन पर्दैन कसले भन्छ ? ५. त्यसयता क. तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेको । ख. जग्गामा  हदबन्दी लागेपछि १८१ रोपनी जग्गा गौरीशंकर कृषि फार्म (कम्पनी) मा लगेको । ग. २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएको । घ. २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेको । ङ. २०५५ सालमा सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेको । च. २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेको । छ. २०८० सालमा उक्त कम्पनीको सबै सेर विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको वा उनीहरुले किनेको देखिन्छ । फेरि माओवादी, फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेको ? न कानुनी न त व्यावहारिक ढंगले कतै नभएको र नभेटिएको विषय फर्जी आरोप भएन र ?

संसद छलेर अध्यादेश ल्याउन खोजेकोमा माओवादी केन्द्रको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि पोखेका हुन् ।  ‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ । म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ । अहिले पुस १९ गते भइसक्यो सर्वथा बेठिक कुरा भइराखेको छ’, उनले भने, ‘सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ । त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ । सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ ।’ बैठकमा ३० जना स्थायी कमिटी सदस्य राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरूले समसामयिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राख्नुभएको छ । सापकोटाले भने, ‘समाजवादी बिचारधारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड छ ।’  बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताए ।  स्थायी कमिटी बैठक शनिबार पनि निरन्तरता  दिइने  प्रवक्ता सापकोटाको भनाइ छ । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।

लोकप्रिय