नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न

नेपाल–अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न

काठमाडौ, भदौ १ । नेपाल र अष्ट्रेलियाबीच सन् २०१७ को जुलाईमा स्थापना भएको नेपाल अष्ट्रेलिया परामर्श संयन्त्रको पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीद्वारा उद्घाटन गरिएको बैठकमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्दै दुई देशबीचको आपसी सम्बन्ध अझ प्रभावकारी बनाउन अपनाउन सकिने रणनीतिका सम्बन्धमा आफ्नो विचार व्यक्त गरेका थिए । साथै उनले नेपाल सरकारको वर्तमान परराष्ट्र नीति तथा विकासका प्राथमिकताहरू बारे समेत प्रकाश पारेका थिय ।

त्यस्तै अष्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभाग ९म्भउबचतmभलत या ँयचभष्नल बाबष्चक बलम त्चबमभ० का सहायक सचिव एवं अष्ट्रेलियन टोलीका प्रमुख एन्ड्रियु कोलिन्सले नेपाल र अष्ट्रेलियाबीच लामो समय देखि अत्यन्त राम्रो सम्बन्ध रहीआएको सन्दर्भ उल्लेख गर्दै अष्ट्रेलियाले नेपालको विकासमा सहयोग गर्न तत्पर रहेको जानकारी दिएका छन। त्यस्तै उनले नेपाल र अष्ट्रेलियाले एक अर्कालाई विभिन्न अन्तराष्ट्रिय फोरममा समेत सहयोग गरीरहेको समेत उल्लेख गरेका छन ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पा र नेपालका लागि अष्टेलियाका राजदूत महामहिम पिटर बडले पनि आफ्नो मन्तव्य राखेका थिए । राजदूत शेर्पाले आफ्नो मन्तव्यका क्रममा उच्च शिक्षा अध्ययनका लागि आर्कषक गन्तव्यका रूपमा रहेको अष्ट्रेलियामा नेपाली विधार्थीहरूले भोग्नुपरेका केही समस्या एवं चुनौतीबारे उल्लेख गर्दै सो को समाधानका लागि अष्ट्रेलिया सरकारको तर्फबाट अष्ट्रेलिया पढ्न जान चाहने नेपाली विधार्थीहरूका लागि काठमाडौंमा विधार्थी परामर्श तथा सूचना केन्द्रको स्थापना गर्न अनुरोध गरेका छन।

त्यस्तै अष्ट्रेलियामा ठूलो नेपाली समुदाय रहेको र अष्ट्रेलिया जाने नेपालीको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा भीसा प्रक्रियालाई सहज, सरल बनाउन एवं काठमाडौंमा रहेको अष्ट्रेलियन दूतावासले नै भीसा दिने व्यवस्था गर्न समेत अनुरोध गरेका छन् । मन्यब्यकै क्रममा अष्ट्रेलियामा जाने नेपाली विधार्थीहरूलाई सहयोग गर्न तयार रहेको विचार व्यक्त गर्दै नेपालका लागि अष्टेलियाका राजदूत महामहिम पिटर बडले सो सम्बन्धमा अष्टेलिया सरकारका सम्बन्धित निकायसंग सहकार्य गरी ठोस कार्ययोजना ल्याउने जानकारी दिएका छन्।

बैठकमा दुई देशका प्रतिनिधीमण्डलबीच नेपाल अष्ट्रेलिया सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन द्विपक्षीय महत्वका विषयहरूमा विस्तृत रूपमा छलफल भएको छ ।विशेषगरी उच्चस्तरीय भ्रमण आदानप्रदानमा वृद्वि गर्ने एवं व्यापार, लगानी, पर्यटन, मानवसंशाधन विकास, उर्जा, संचार र शिक्षा जस्ता क्षेत्रमा एकअर्काबीच सहयोग एवं सहकार्य अभिवृद्वि गर्ने सम्बन्धमा ठोस छलफल भयको छ ।

अष्ट्रेलियाले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याउदै आएको सहयोगको उच्च मूल्यांकन गर्दै अष्ट्रेलियाले विकास सहायता अन्तर्गत प्रदान गर्ने रकम भौतिक पूर्वाधार र दिगो विकासका क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भयको छ। प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा अष्ट्रेलिया सरकारसंग सहकार्य गरी नेपालमा व्यवसायिक शिक्षा र तालिम प्रदान गर्ने व्यवस्था मिलाउने सम्बन्धमा समेत विचार आदानप्रदान भयको थियो ।

सन् २०२० मा नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्ने भएकाले ६० औं बर्षगाठका अवसरमा दुवै देशले विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै अष्ट्रेलियाको तर्फबाट अहिलेसम्म नेपालमा उच्च स्तरीय भ्रमण हुन नसकेको सन्दर्भमा द्विपक्षीय सम्बध बिस्तार र मजबुत बनाउन अष्ट्रेलिया सरकारका तर्फबाट उच्च स्तरीय भ्रमण गराउन पहल गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ।

उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिवर अष्ट्रेलिया हेर्ने महाशाखाका प्रमुख तापस अधिकारीले गरेका थिए । दुवै देशका परराष्ट्र मन्त्रालयका पदाधिकारी, काठमाडौं तथा नयाँ दिल्लीस्थित अष्ट्रेलियन दूतावासका प्रतिनिधिहरू एवं नेपाल सरकारका अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूको पनि उक्त बैठकमा सहभागिता रहेको थियो ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय