नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा

नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा

काठमाडौं बैशाख १५ । नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ । यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् ।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’

बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् ।

‘समावेशिताविनाको दिगो विकास भ्रम हो । त्यसको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बिआरआईको मर्म र भावना राष्ट्रसँगको एजेन्डासँग मेल खान्छ ।’

राष्ट्रपति भण्डारीले बिआरआई गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरको संवाहक बन्दै गएको भन्दै प्रशंसा गरिन् । उनले वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्‍याउन सक्ने बताइन् । नेपालमा जलविद्युत्को माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचुर सम्भावना भएको र त्यसले नेपालका छिमेकीलाई पनि हरित विकासमा ठूलो योगदान पुग्न सक्ने उनको भनाइ छ । प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बिआरआईसँग जोडिएको भन्दै राष्ट्रपतिले नेपालको सम्पर्क विस्तार र नेपालसँग विश्व बजारलाई एकीकरण गरी नेपालको आर्थिक रूपान्तमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिन् ।

दोस्रो बिआरआई सम्मेलनमा नेपालको सहभागिता पहिलो हो । यो सम्मेलनमा राष्ट्रप्रमुख वा कार्यकारी प्रमुखले भाग लिन्छन् र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग छलफल गर्न पाउँछन् । ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै दोस्रो सम्मेलन शनिबार सकिएको छ । राष्ट्रपति भण्डारी शनिबार साँझ चीनस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भइन् । आइतबार राष्ट्रपति भण्डारीले चीनका विभिन्न पुरातात्विक महत्वका स्थानहरूको भ्रमण गर्ने कार्यक्रम छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो एक रूपैयाँ दान अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्। एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो। सत्तारूढ दलले व्यवसायीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै आलोचना भइरहेका बेला अखिल क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो।

लोकप्रिय