नेपाल प्रहरीबारे जान्नैपर्ने कुराहरु (परीक्षा तयारी र सामान्य जानकारीका लागि विशेष उपयोगी)

नेपाल प्रहरीबारे जान्नैपर्ने कुराहरु (परीक्षा तयारी र सामान्य जानकारीका लागि विशेष उपयोगी)

प्रहरी सङ्गठनको सुरुवात
शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। सन् १९१९ (बि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौं उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।

नेपाल पुलिस फोर्स गठन
२००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए। सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (बि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो।

पद तथा श्रेणी बिभाजन
राजपत्राङ्कीत

प्रहरी महानिरीक्षक
अतिरिक्त प्रहरी महानिरीक्षक
प्रहरी नायब महानिरीक्षक
प्रहरी बरिष्ठ उपरीक्षक
प्रहरी उपरीक्षक
प्रहरी नायब उपरीक्षक
प्रहरी निरीक्षक

राजपत्र अनङ्कीत

प्रहरी नायब निरीक्षक
प्रहरी सहायक निरीक्षक
प्रहरी हवल्दार
प्रहरी जवान
श्रेणी बिहिन

रिक्रुट
प्रहरी कार्यालय सहयोगी

नेपाल प्रहरीका महानिरिक्षकहरू

१. तोरण शमशेर जबरा (२००६ चैत्र – २००७ चैत्र)

२. नर शमशेर जबरा (२००७ चैत्र – २०१० मंसिर)

३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर – २०१२ भाद्र)

४. गोपाल शमशेर जबरा (२०१२ भाद्र – २०१३ साउन)

५. पूर्ण सिंह खवास (२०१३ साउन – २०१४ भाद्र)

६. ढुण्डिराज शर्मा (२०१४ भाद्र – २०१८ पौष)

७. पहल सिंह लामा ( २०१८ पौष – २०२३ असार)

८. रोम बहादुर थापा (२०२३ असार -२०२९ असार)

९. खड्गजीत बराल (२०२९ असार – २०३५ जेष्ठ)

१०. दुर्लभ कुमार थापा (२०३५ साउन – २०३९ जेष्ठ)

११. दिलबहादुर लामा (२०३९ असार – २०४३ जेष्ठ)

१२. हेमबहादुर सिंह (२०४३ असार – २०४७ जेष्ठ)

१३. रत्न शमशेर जबरा (२०४७ असार – २०४९ फाल्गुण)

१४. मोतिलाल बोहरा ( २०४९ फाल्गुण – २०५३ माघ)

१५. ध्रुवबहादुर प्रधान ( २०५३ चैत्र – २०५४ मंसिर)

१६. अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण – २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन)

१७. प्रदीप शमशेर जबरा ( २०५७ आश्विन -२०५९ पौष)

१८. श्याम भक्त थापा ( २०५९ पौष – २०६३ भाद्र)

१९. ओम विक्रम राणा ( २०६३ भाद्र – २०६५ भाद्र)

२०. हेमबहादुर गुरूङ ( २०६५ आश्विन – २०६५ फाल्गुण)

२१. रमेश चन्द ठकुरी ( २०६५ फाल्गुण – २०६८ जेष्ठ)

२२. रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ – २०६९ भाद्र)

२३. कुवेर सिंह राना (२०६९ भाद्र – २०७० कात्तिक)

२४. उपेन्द्र कान्त अर्याल (२०७० मंसिर १- २०७३ फागुन २) २५. दिनेश चन्द्र पोखरेल, कार्यकारी

२६. प्रकाश अर्याल

२७. सर्वेन्द्र खनाल (२०७४ चैत्र २८- )

सङ्गठनात्मक स्वरूप र प्रशासन

प्रहरी प्रधान कार्यालय
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाण्डौ महानगरपालिका स्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नेको लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एका तर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ। यस अर्थमा यसले प्रहरी सङ्गठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ। साथै, सुपरीवेक्षणको काम पनि गर्दछ ।

देशभरिको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरि सरल एवं सुलभ प्रणाली बिकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पांच वटा विभागहरूको गठन भएको छ । जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसंधान विभाग, मानवश्रोत विभाग,र प्राविधिक सहायता विभाग पर्दछन ।

प्रशासन विभाग
सङ्गठन भित्र पर्ने सम्पूर्ण प्रशासनिक एवं व्यवस्थापन पक्षसँग सम्बन्धित क्रियाकलापहरू यस विभागको कार्य-क्षेत्रअन्तर्गत कर्मचारीहरूको पदस्थापन, भर्ना, सरुवा, बढुवा, कार्य मुल्यान्कन, तालीम, लत्ता-कपडा वितरण, हात-हतियार वितरण, आर्थिक व्यस्थापन, समेत पर्दछन । एवंरीतले विभागीय नीति निर्माण एवं अनुगमन कार्यहरू समेत पर्दछन्।यस विभागको प्रमुखको रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था रहेको छ।

कार्य विभाग
देशमा शान्ति तथा अमन चयन कायम राख्न प्रहरी प्रधान कार्यालयले आफु मातहत रहने गरि मिति २०४५ जेष्ठ २६मा कार्य बिभागको स्थापना गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तरगतका ५ वटा बिभाग मध्येको एक यो बिभागको मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गर्नु हो । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न यो बिभाग तल्लीन रहेको छ । यसको अलवा बिभागले आफु मातहतका कार्यालयहरूलाई प्रहरी परिचान संवन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनितिक समुहहरूको बारेमा सूचना संकलन गरि त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरि प्रहरी परिचालन गर्ने कार्य गर्दछ ।

कार्य निति
देशभर कानुनि राज्य कायम गर्न :

प्रहरी र उपलव्ध साधनको अधिक्तम उपयोग गर्ने
मानवअधिकारको संरक्षण गर्ने
तालीम समन्वय र सामग्रीको मद्दतले क्षमता अभिवृद्धी गर्ने।

कार्यहरू
गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकबाट प्राप्त नीति निर्देशनहरू कार्यान्वयन गर्ने।

अपराध रोक्न र शान्ति तथा अमन चयन कायम राख्न प्रहरी परिचालन गर्ने।

दिगो शान्ति तथा सुरक्षा प्रदान गर्न व्यापक रूपमा प्रहरी तथा उपलव्ध श्रोत साधन परिचान गर्ने।

राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तिको सुरक्षाको व्यवस्था गर्ने।

देश भर ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउने।

परिचालित प्रहरी इकाईहरूलाई हातहतियार तथा उपकरणहरू उपलव्ध गराउने।

अन्य सरकारी निकायसँग सुरक्षाको समन्वयालाई अभिवृद्धि गर्ने।

दैवि प्रकोप तथा उद्धार कार्यमा प्रहरी परिचान गर्ने।

बिभाग मातहतका निर्देशनालय बिभाग कार्यालयहरूलाई निर्देशन सुपरिवेक्षण अनुगमन तथा कामको मूल्याङ्गकन गर्ने।

देशबाट आतंककारी क्रियाकलाप संचालन गर्ने समुहहरूको खवर संकलन बिश्लेषण अभिलेख तथा सूचना प्रवाह
गर्ने।

विशेष प्रहरीको गठन गरी आवश्यक्ता परेको बखत प्रहरी परिचान गर्ने।

मातहत प्रहरी इकाईहरूलाई आवश्यक्ता परको बेला थप मद्दत उपलव्ध गराउने।

सुरक्षा सेवा निर्देशनालय परिचय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्य विभाग अर्न्तर्गत रहेको सुरक्षा सेवा निर्देशनालय एक मुख्य निर्देशनालय हो। यस निर्देशनालयले विशेष गरी स्वदेशी तथा विदेशी विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी तथा महोत्सवको सुरक्षा, विशिष्ट व्यक्तिको लागि व्यक्तिगत सुरक्षा अधिकृत खर्टाई सो वारे खवर संकलन गरी विश्लेषणको आधारमा सुरक्षा व्यवस्था पूनर्मूल्यांकन गर्न सिफारिश गर्ने समेत काम गर्दछ।

अपराध अनुसन्धान विभाग
पृष्ठभूमि लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार बि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ।

नेपाल प्रहरीको प्रशासनिक सङ्गठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौं उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो।

यसरी सिमित श्रोत र साधनका वावजुद पनि यस अपराध अनुसन्धान विभागले देशका ७५ वटै जिल्ला प्रहरी कार्यालयहरू, १४ अञ्चल प्रहरी कार्यालयहरू, ५ क्षेत्रीय प्रहरी कार्यालयहरू तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भएको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यको निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गरी सांगठनिक लक्ष्य पूर्तिकालागि अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। अतः यस कार्यलाई समयानुकुल प्रभावकारी बनाउन यस विभाग अर्न्तर्गत अपराध अनुसन्धान व्यूरो तथा नियन्त्रण व्यूरो स्थापना हुनुका साथै उक्त व्यूरोहरू मातहत रहनेगरी विभिन्न महाशाखाहरू, शाखाहरू रहेका छन्। त्यसैगरी नेपाल सरकारको मिति २०६५।०९।०६ गतेको निर्णयअनुसार यस विभाग मातहतमा प्र.ना.म.नि.प्रमुख रहने गरी महिला तथा बालवालिका सेवा निर्देशनालयको पनि स्थापना भएको छ ।

लक्ष्यहरू प्रचलित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार उक्त कानुनको अधिनमारही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धानगर्दै आमनागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउनु यस विभागको मूख्य लक्ष रहेको छ।

अपराध अनुसन्धान विभागको उद्देश्यहरू
कुनै पनि सङ्गठनले आफ्नो लक्षपूर्तिका लागि विभिन्न उद्देश्य तथा कार्य योजनाहरू तय गरेको हुन्छ। यसै अनुरूप अपराध अनुसन्धान विभागको पनि मूख्य रूपमा निम्न उद्देश्यहरू रहेका छन्। अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गर्ने। अपराध अनुसन्धान सम्वन्धी नीति निर्देशन र आदेश जारी गरी मातहत अनुसन्धानकर्ता तथा अनुसन्धान सम्वन्धी निकायलाई कार्यान्वयन गर्न लगाउने। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्ने निकायसँग सम्पर्क र समन्वय गर्ने। अपराध अनुसन्धान र नियन्त्रणमा भएको कार्य पद्धती, प्रगती विवरणको मूल्याकन गर्न मातहत निकायको निरीक्षण तथा सुपरिवेक्षण गर्ने। अनुसन्धान अधिकृतहरूको पदस्थापना, कार्यक्षमताको मूल्यांकन गर्ने र सोको आधारमा पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने गराउने। अपराध अनुसन्धानमा दक्ष जनशक्तिको आवश्यक क्षेत्र पहिचान गरी सोही वमोजिम तालीमको व्यवस्था गर्ने। राष्ट्रिय तथा सम्वद्ध अर्न्तराष्ट्रिय स्तरका सम्पूर्ण अपराधिक अभिलेख एवं तथ्याङ्क राख्ने साथै सो अभिलेखको विश्लेषण गर्ने र सोही आधारमा अपराध अनुसन्धान सम्वन्धी नीति तथा योजना तर्जुमागरी लागू गर्ने गराउने। कुनै एक क्षेत्र, अञ्चल र जिल्लाको भौगोलिक सीमाभन्दा वढी क्षेत्रमा प्रभाव पार्ने किसिमका जघन्य प्रकृतिका अपराधहरूको अवस्था अनुसार अनुसन्धान गर्ने र अन्तर क्षेत्रवीच समन्वय र सहयोग उपलव्ध गराउने भूमिका निर्वाह गर्ने। मातहत निकायहरूबाट समाधान हुन र गर्न नसकेका मुद्धा तथा घटनाको केन्द्रबाटै अनुसन्धान गर्न अपरिहार्य भएमा कुनै पनि मुद्धाको अनुसन्धान गर्ने। पीडित पक्षको उद्धार सम्वन्धी गतिविधीमा प्रभावकारीता ल्याउन विभिन्न कार्यक्रमहरू लागू गर्ने, अपराध स्थिति अनुसन्धानको व्यवस्था आदि विषयमा र्सवसाधारणलाई जानकारी वा सूचना प्रवाहको व्यवस्था मिलाउने। क्षेत्र लगायत अञ्चल र जिल्लाका अनुसन्धान शाखालाई आवश्यक पर्ने वैज्ञानिक तथा अन्य श्रोत साधनहरूको समुचित व्यवस्था मिलाउने। इन्टरपोल सम्वन्धी कार्यलाई सुढृढगरी अन्तर्राष्ट्रिय अपराधीहरूको अभिलेख राख्ने साथै सो सम्वन्धी गतिविधी वारेमा जानकारी हासिल गर्ने। हाल संचालनमा रहेको सामुदायिक प्रहरी सेवालाई प्रभावकारी अपराध नियन्त्रणका लागि भावी कार्ययोजनाको रूपमा विकशित गर्ने।

कम्प्यूटर निर्देशनालय
सूचना प्रविधिको आजको युगमा नेपाल प्रहरीलाई पनि सूचना प्रबिधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकुल बनाई सूचना प्रबिधिमा भएका विकासक्रम संगै आवश्यकतानुसार नेपाल प्रहरी लाई सोही अनुरुप परिमार्जित गर्दै सो को उच्चत्‌म प्रयोग गर्ने अभिप्रायले नेपाल प्रहरीमा गठन भएको कम्प्यूटर निर्देशनालयबाट स्थापनाकाल देखि नै नेपाल प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिको लागि सूचना प्रबिधिको क्षेत्रमा आवश्यकतानुसारको योगदान पुर्‍याउदै आईरहेको छ । नेपाल प्रहरीको लागि आवश्यक कम्प्यूटर तथा सो संग सम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा आवश्यक राय सुझाव प्रदान गर्ने, खरिद भई आएका उपकरणहरुको चेक जांच गरि सो को सुरक्षित भण्डारण गर्ने, प्राथमिकताको आधारमा माग भई आए अनुसार विभिन्न प्रहरी कार्यालयहरुमा कम्प्यूटर र अन्य उपकरणहरु वितरण गरि सो को नियमित अनुगमन गर्ने कार्य यस निर्देशनालयले गर्दै आईरहेको छ । यसका अलावा विभिन्न प्रहरी कार्यालयहरुबाट माग भए अनुसार सो कार्यालयहरुका लागि आवश्यक Software तयार गर्ने र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कम्प्यूटर सम्बन्धी विभिन्न तालिमहरु संचालन गरी कम्प्यूटर सम्बन्धी आवश्यक ज्ञान र शीप प्रदान गर्ने कार्य समेत यस निर्देशनालयबाट गरिदै आएको छ ।

प्रहरी प्रधान कार्यालय, कम्प्यूटर निर्देशनालयको काम कर्तब्य

विश्वमा तीब्र रुपले विकास भैरहेको कम्प्यूटर प्रबिधिको अध्ययन गरी नेपाल प्रहरीलाई आवश्यक आर्थिक तथा प्राबिधिक रुपमा उपयुक्त प्रणाली अबलम्बन गर्न सुझाव पेश गर्ने साथै कम्प्यूटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आवश्यक प्राबिधिक सल्लाह प्रदान गर्ने ।

नेपाल प्रहरीको आवश्यकता बमोजिम बिभाग, सचिवालय, निर्देशनालय, महाशाखा,शाखा एंव नेपाल प्रहरीका अन्य इकाईहरुमा प्राबिधिक सर्वेक्षण गरी त्यहांको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा कम्प्यूटर सुबिधा क्रमशः उपलब्ध गराउदै लैजाने साथै ती इकाईहरुको माग र कामको प्रकृति अनुसार उपयूक्त कम्प्यूटर सफ्टवेयर विकास गरी जडान गरी दिने ।

कम्प्युटर निर्देशनालयको कामको सम्बन्धमा बार्षिक कार्यक्रम तर्जुमा गर्ने र स्वीकृत कार्यक्रम अनुसार कार्य संचालन गर्ने, गराउने ।
मातहतका महाशाखा, शाखा, उपशाखाहरुको कार्यपद्धतिबारे गहीरो जानकारी राख्ने तथा प्राबिधिक कठिनाई वा समस्या उत्पन्न भएको अबस्थामा आवश्यक सल्लाह एंव सुझाव प्रदान गरी उक्त समस्या समाधान गर्ने ।

कम्प्यूटर सम्बन्धी आवश्यक उपकरणहरु खरीद गरी सोको भण्डारको ब्यवस्था मिलाउने ।

नेपाल प्रहरीको बिभिन्न निकायहरुमा छरिएर रहेका कम्प्यूटरहरुलाई एकबद्ध गरी एकिकृत कम्प्यूटर प्रणालीमा विकास गर्दै लैजाने ।
मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मूल्यांकन, निरीक्षण र सुपरीवेक्षण गर्ने ।

नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा कार्यरत कम्प्यूटर प्राबिधिक प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा मुल्यांकन तथा सुपरीवेक्षण गर्ने ।

कम्प्यूटर बितरित प्रहरी इकाईहरुमा कार्यरत प्राबिधिक कर्मचारीहरु लगायत नेपाल प्रहरीका प्रहरी कर्मचारीहरुलाई आवश्यकता अनुसार कम्प्यूटर बिषयमा सीप तथा ज्ञान प्रदान गराउन साथै दक्ष जनशक्ति उत्पादन गर्न बार्षिक तालीम क्यालेण्डर तयार गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वाधानमा कम्प्यूटर निर्देशनालयमा तालीम संचालन गर्ने ।

नेपाल प्रहरीको आवश्यकता अनुरुप कम्प्यूटर तथा यसका सहायक उपकरणहरु र इलेक्ट्रोनिक्स उपकरणहरु खरीद गर्नुपर्दा उपयुक्त किसिमको Specificationतयार गरी खरीद गर्नको लागी सम्बन्धित निकायसंग समन्वय कायम गरी आवश्यक कार्य गर्ने ।

कम्प्यूटर प्रबिधिमा द्रुत गतिमा भइरहेको विकास एवं परिर्वतनले गर्दा कम्प्यूटरनिर्देशनालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई समय सापेक्ष उन्नत तालीम, सेमिनार,उच्च शिक्षा, गोष्ठी आदिको ब्यबस्था मिलाई दिन मजकुर प्रमनिको कार्यालय मार्फत सम्बन्धित निकायमा अनुरोध गरी पत्राचार गर्ने ।

नेपाल प्रहरीको बिभिन्न इकाईहरुमा बितरण गरीएको कम्प्यूटर र यसका सहायक उपकरणहरुको आवश्यक रेखदेख, नियन्त्रण, अनुगमन, तथा मर्मत आदिको मासिक प्रतिबेदन प्रमनिको कार्यालयमा पेश गर्ने तथा मर्मत कार्यको लागी आवश्यक पर्ने बजेटको ब्यबस्था प्रमनिको कार्यालय मार्फत गर्ने ।

प्रहरी सङ्गठनका बिभिन्न कार्यालयहरु तथा अन्य सम्बन्धित निकायहरु संग सूचना आदान प्रदान गर्न उपयूक्त ब्यबस्थापकीय सूचना प्रणाली (Management Information System) विकास गर्ने तथा तथ्यांक, सूचनाको सुरक्षा गर्ने र गोपनियता कायम गर्ने ।

मातहतका प्रहरी कर्मचारीहरुको कार्य प्रगतीको मुल्याङ्कन गर्ने, निरीक्षण गर्ने,सुपरीवेक्षण गर्ने साथै कर्मचारीहरुको वृत्ति विकासको अबसर प्रदान गर्न आवश्यक ब्यबस्था मिलाउने ।

मानवश्रोत विभाग
स्थापना :

२०६१ साल बैशाख १७ गतेको मन्त्री परिषद्को निर्णयले मानवश्रोत विकास विभागको स्थापना भएको हो।

उद्धेश्य : प्रहरी सङ्गठन भित्र रहेको मानवश्रोत (Human Resource)को व्यवस्थापन गरी सङ्गठनको जनशक्तिलाई चुस्त र दक्ष बनाउने उद्देश्य अनुरूप यो विभागको स्थापना गरिएको हो।

मुख्य जिम्मेवारी : प्रहरी कर्मचारीलाई आवश्यक पर्ने प्रशिक्षणका क्षेत्रमा देखिएका वाधा व्यवधानहरूको पहिचान गरी समयानुकूलको प्रशिक्षण नीति तय गर्ने। विभिन्न किसिमका स्वदेश तथा विदेशमा सञ्चालन गरिने तालीम, प्रशिक्षण, सेमिनार, गोष्ठीहरूमा भाग लिने योग्य प्रहरी कर्मचारीको मनोनयन सिफारिश गर्ने। मौजुदा प्रशिक्षण पाठ्यक्रम, पाठ्यपुस्तकहरूलाई परिमार्जन गर्दै लगी सङ्गठनका लागि दक्ष जनशक्तिको उत्पादन गर्ने। मानवश्रोत व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या बाधा, व्यवधानहरूको मूल्याङ्कन गरी राय सुझाव पेश गर्ने।

क्षेत्रीय प्रहरी कार्यालय
नेपालका ५ वटै क्षेत्रहरूमा १/१ क्षेत्रीय प्रहरी कार्यालय गरी जम्मा ५ वटा क्षेत्रीय प्रहरी कार्यालयहरू रहेका छन्। प्रहरी नायब महानिरिक्षक यस कार्यालयका प्रमुखको रूपमा रहेका छन्। यस कार्यालयले आफ्नो क्षेत्र भरिको शान्ति-सुव्यवस्था, अपराध-नियन्त्रण, अपराध-अनुसन्धान, आफ्नो मातहतका कार्यालयलाई नियन्त्रण, निर्देशन, आवश्यक व्यवस्थापन तथा समन्वयकर्ताको समेत जिम्मेवारी लिएको छ। यस कार्यालय अन्तर्गत क्षेत्रिय प्रहरी गण तथा गुल्महरू, विमानस्थल सुरक्षा गार्डहरू तथा जिल्ला प्रहरी कार्यालयहरू समेत रहेका छन्।

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय