पर्यटनमन्त्रीद्वारा भरतपुर विमानस्थल विस्तारका लागि सर्वपक्षीय समिति निर्माण गर्ने घोषणा

पर्यटनमन्त्रीद्वारा भरतपुर विमानस्थल  विस्तारका लागि सर्वपक्षीय समिति निर्माण गर्ने घोषणा

भरतपुर, सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले भरतपुर विमानस्थललाई सुरक्षित किसिमले सञ्चालन गर्न पहल गरिने बताए ।

भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा आज भरतपुरमा आयोजित सरोकारवालाबीच भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अहिले देखिएको जोखिम अन्त्य गरी सुरक्षित विमानस्थलको रुपमा विकास गरिने बताए ।

‘भरतपुर विमानस्थल जोखिममा छ,’ उनले भने, कि बन्द गर्नुपर्छ, कि सुरक्षित हुनुपर्छ, सधैँ जोखिममा रहिरहन सक्दैन् । उनले विमानस्थलको टर्मिनल भवन पनि अत्याधुनिक र व्यवसायीक बनाउनुपर्ने बताए ।

भरतपुरमा भएको छलफलका आधारमा मन्त्रालयले एक हप्ता भित्र विमानस्थल विस्तारका लागि विज्ञ सहितको सर्वपक्षीय समिति निर्माण गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए ।

भरतपुरको जनघनत्व दिन प्रतिदिन बढ्दै छ, मन्त्री भट्टराईले भने, राजधानीसँग जोडिएको नजिकको ठाउँ, स्वास्थ्य, शिक्षा र पर्यटकीय दृष्टिकोणले पनि महत्व बोकेको जिल्ला भएकाले भरतपुर विमानस्थललाई महत्व दिएका हौं । उनले भरतपुर विमानस्थल विस्तारमा नेपाली सेना बाधक नहुने बताए । नेपालका महत्वपूर्ण विकास निर्माणका काम नेपाली सेनाले गर्दै आएको छ, उनले भने, सरकारको निर्णयको पक्षमा सेना छ, तर हामीले उपयुक्त विकल्प दिन सक्नुपर्छ । उनले भरतपुरमा रहेका मापदण्ड विपरितका घर र अन्य संरचनाका बिषयमा पनि एकै पटक समाधान गरिने बताए ।

केन्द्रीय राजधानी काठमाण्डौंमा साना जहाजलाई निशेष गरेर त्यसको विकल्पमा भरतपुर र रामेछापको मन्थली विमानस्थललाई विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले चितवनलाई नमुना जिल्लाको विकास गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्षले जनतामा निराशा चुलिन थालेकोले अब एक्सनमा नै गएर काम गर्नुपर्नेमा समेत विशेष जोड गरेका थिए ।

जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो :  महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो ।  महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले  एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो ।  जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

लोकप्रिय