पाँच महिनामा १० जना गर्भवती मृत्यु

पाँच महिनामा १० जना गर्भवती मृत्यु

कोहलपुर (बाँके), पुस १९  । बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८ गतेसम्ममा १० जना गर्भवतीले ज्यान गुमाइसकेका छन् ।

बाँकेमा निम्न वर्गका तथा मधेसी मूलका आमाको मृत्यु बढी हुने भएको छ । गत आवमा बाँकेमा २० जनाको सुत्केरी हुने क्रममा मृत्यु भएको थियो ।

गत वर्षको तथ्याङ्कभन्दा यस वर्ष साढे पाँच महिनाको अवधिमा १० जनाको ज्यान जानु जिल्लामा मातृ मृत्युदर बढ्नु रहेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता जोशी भण्डारीले बताए ।

बाँकेमा आमा बचाउ अभियान कार्यक्रमको सोमबार उद्घाटन गर्नुहुँदै क्षेत्रीय स्वास्थ्य निर्देशक भण्डारीले भने– “आमाले आफू बाँच्ने विषयमा उचित परामर्श नलिनु र अन्तिम अवस्थामा मात्रै अस्पताल आउनुले पनि मातृमृत्युदर बढेको हो ।”

सोमबारदेखि सुरु भएको अभियानले ग्रामीण क्षेत्रका महिलालाई गर्भवती चेकजाँच, नवजात शिशु स्याहारलगायतका विषयमा सचेतनामूलक कार्य गर्ने भएको छ ।

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँके जिल्लामा सुविधा सम्पन्न र प्रशस्त मात्रामा अस्पताल तथा स्वास्थ्य चौकी भएर पनि मातृ मृत्युदर बढ्नु चिन्ताको विषय भएको बताए ।

उनले भने– “यो अभियान जिल्ला जनस्वास्थ्यको मात्र कार्यक्रम हो भनी नसोचेर सम्पूर्ण तह तप्काका व्यक्तिले आफूले गर्नुपर्ने कामको जिम्मेवारी लिनुपर्छ ।”

कार्यक्रममा विभिन्न सङ्घसंस्था तथा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा कर्मचारीले आफ्नो क्षेत्रबाट यस अभियानमा सहयोग गर्ने भनेर सामूहिक प्रतिबद्धता पनि जनाएका थिए । रासस

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

महिलाको यौन इच्छा बढाउने भियाग्रा स्वीकृत

औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको छ । यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा आउँदो सेप्टेम्बरदेखि औषधि पसलहरुमा उपलब्ध हुने जनाएको छ । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान बन्देज छैन । यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनु पर्ने सुझाव दिएको छ । यस्तै, २४ घण्टा भित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने बताइएको छ । एजेन्सी

लोकप्रिय