पादरीहरुले नै गर्नथाले बालयौन शोषण
माघ २४ । अष्ट्रेलियामा धर्मका पुजारी पादरीहरुले नै बालयौन शोषण गर्ने गरेको खुलासा भएको छ । सन् १९५० देखि २०१० यसबारे अध्ययन गरिएको र यो दोस्रो पटक गरिएको अध्ययनअनुसार अष्ट्रेलियाका झण्डै ४० प्रतिशत चर्चहरुमा बाल यौनशोषण हुने गरेको छ ।
बाल यौनशोषणसँग जोडिएका मामिला हेर्ने रायल कमिशनमा १९८० देखि २०१५ सम्ममा झण्डै ४५ सय मानिसहरुले यौनशोषणको मुद्धा दायर गरिका थिए ।
यस रायल कमिशन अष्ट्रेलियाको धार्मिक तथा गैरधार्मिक स्थानहरुमा हुने गरेको यौन शोषणको बारेमा जाँच तथा अनुसन्धान गर्नेसंस्थाको सबैभन्दा उच्च स्थानमा रहेको छ ।
यस संस्थामै आवद्ध सिड्नीमा गेल फरनेस वलिकका अनुसार यौन शोषणका पीडितहरु धेरैले न्याय पाएका छैनन् । गेलका अनुसार बच्चालाई उपेक्षा गरियो, उनीहरुलाई सजाय पनि दिइयो, आपको जाँच भएन, पादरी तथा धार्मिक गुरुहरु सजिलै उम्किन सफल भए । ती चर्चाहरुका बारेमा पादरीहरुको केही थाहा हुन सकेन ।
गेलले भने, ‘१९८० देखि २०१५ सम्ममा अष्ट्रेलियाका १००० कै कैथोलिक इंस्टीट्यूशनमा ४००० बच्चाहरु यौन पीडित भए ।’
बलात्कृत ती वालिकाहरुको औषत आयु १०.५ वर्ष रह्यो । त्यही बालकहरुका लागि ११.६ वर्ष रह्यो । तर उनीहरुका विषयमा उजुरी फैसला हुन भने ३३ वर्ष लाग्यो ।
जब अष्ट्रेलियामा रॉयल कमीशनको २०१३ सालमा स्थापना भयाे, स्कुल, स्पोर्ट्स क्लब तथा धार्मिक संस्थाहरुमा हुने यौन उत्पीडनका बारेमा जाँच तथा अनुसन्धान थालेकाे छ ।
गाउँ नै दाइजो दिने मरिक समुदायको कथा
इनरुवा (सुनसरी) । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरी/चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिनुभयो । शनिबार मरिक समुदायले छठका लागि बाँसका सामग्री बनाइरहेका बारे रिपोर्टिङ्ग गर्न गएका हामीलाई उहाँले त्यो कुरा सुनाउँदा हामीलाई पनि त्यस्तै आश्चर्य लागेको थियो । मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको भट्टाईले सुनाउनुभयो । उहाँको कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ । जवाफमा उहाँले भन्नुभयो,“हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।” मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो । चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रिवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ । विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् । विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ । आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ । एक गाउँ बेच्दा रु तीन लाखदेखि चार लाख वा सामाजिक मूल्याङ्कनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताउनुभयो । दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उहाँले सुनाउनुभयो ।
पृथ्वीले पाउँदैछ केही समयलाई दोस्रो चन्द्रमा
यस शरद ऋतुमा एक खगोलीय आश्चर्यको लागि तयार हुनुहोस् - वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई दोस्रो चन्द्रमा प्राप्त हुन लागेको छ। सानो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण तानामा समातिनेछ र अस्थायी रूपमा "मिनी-चन्द्रमा" बन्नेछ। यो अन्तरिक्ष आगन्तुक २९ सेप्टेम्बरदेखि केही महिनासम्म पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा रहनेछ र फेरि छुट्टिनेछ। दुर्भाग्यवश, दोस्रो चन्द्रमा धेरै सानो र धमिलो हुने भएकाले यो देख्न सकिने छैन, जबसम्म तपाईंले व्यावसायिक दूरबीन प्रयोग गर्नुहुन्न। यो क्षुद्रग्रहलाई पहिलो पटक नासाको एस्ट्रोइड टेरिस्ट्रियल-इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (ATLAS) ले ७ अगस्टमा देखेको थियो। वैज्ञानिकहरूले यस क्षुद्रग्रहको कक्षालाई अमेरिकी खगोल विज्ञान समाजको अनुसन्धान नोट्समा प्रकाशित एक अध्ययनमा पत्ता लगाए। वैज्ञानिकहरूले २०२४ PT5 भनेर चिनिएको यो क्षुद्रग्रह अर्जुना क्षुद्रग्रह बेल्टबाट आएको हो, जसमा पृथ्वीको कक्षासँग मिल्दोजुल्दो कक्षामा रहेको चट्टानहरू पाइन्छन्। कहिलेकाहीं, यी क्षुद्रग्रहहरू पृथ्वीबाट लगभग २.८ मिलियन माइल (४.५ मिलियन किलोमिटर) टाढासम्म पुग्छन्। अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार, यदि यस्तो क्षुद्रग्रह लगभग २२०० माइल प्रति घण्टा (३५४० किलोमिटर प्रति घण्टा) को तुलनात्मक रूपमा कम गतिमा चलिरहेको छ भने, पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रले यसलाई अस्थायी रूपमा समात्न सक्छ। र यो ठीक यही हुन लागेको छ - यसै सप्ताहन्तबाट सुरु भएर, यो सानो क्षुद्रग्रहले लगभग दुई महिना पृथ्वीको कक्षामा बिताउनेछ। "असम एस्ट्रोनोमी" पोडकास्टकी खगोलशास्त्री डा. जेनिफर मिलार्डले बीबीसीको टुडे कार्यक्रमलाई बताइन् कि यो क्षुद्रग्रह २९ सेप्टेम्बरमा पृथ्वीको कक्षामा प्रवेश गर्नेछ र २५ नोभेम्बरमा बाहिर निस्कने भविष्यवाणी गरिएको छ। "यसले हाम्रो ग्रहको पूर्ण परिक्रमा गर्ने छैन, यो केवल यसको कक्षालाई हल्का घुमाएर पृथ्वीबाट अगाडि बढ्नेछ," उनले भनिन्। यो क्षुद्रग्रह लगभग ३२ फिट (१० मिटर) लामो छ, जुन पृथ्वीको चन्द्रमाको तुलनामा सानो हो, जसको व्यास लगभग ३४७४ किलोमिटर छ। यो सानो र धमिलो चट्टानबाट बनेको भएकाले, यसलाई पृथ्वीबाट मानिसहरूले बाइनाकुलर वा घरको दूरबीनबाट पनि देख्न सक्ने छैनन्। "व्यावसायिक दूरबीनहरूले यसलाई टिप्न सक्षम हुनेछन्। त्यसैले तपाईले इन्टरनेटमा यस सानो बिन्दुले ताराहरूको छेउबाट ठूलो गतिमा हिँडिरहेको धेरै अद्भुत तस्बिरहरू हेर्न पाउनुहुनेछ," डा. मिलार्डले भनिन्। यसअघि पनि मिनी-चन्द्रमाहरू देखिएका छन्, र धेरै अरूहरू पनि देख्न नसकिएको हुनसक्छ। कतिपय फेरि फर्केर आउँछन्, २०२२ NX1 क्षुद्रग्रह सन् १९८१ मा मिनी-चन्द्रमा बनेको थियो र फेरि २०२२ मा फर्कियो। त्यसैले यदि तपाईंले यो क्षण छुटाउनु भयो भने चिन्ता नगर्नुहोस् - वैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् कि २०२४ PT5 पनि २०५५ मा फेरि पृथ्वीको कक्षामा फर्कनेछ। "यस घटनाले हाम्रो सौर मण्डल कति व्यस्त छ भनेर देखाउँछ र त्यहाँ कति धेरै कुरा बाँकी छ जुन हामीले पत्ता लगाएका छैनौं, किनकि यो क्षुद्रग्रह यस वर्ष मात्र पत्ता लगाइएको थियो।" "त्यहाँ दसौं हजार, यदि लाखौं होइन भने, वस्तुहरू छन् जुन हामीले अझै पत्ता लगाएका छैनौं, त्यसैले यसले हामीलाई रातको आकाशलाई निरन्तर निगरानी गर्न र यी सबै वस्तुहरू फेला पार्न सक्षम हुनको महत्त्वलाई जोड दिन्छ," डा. मिलार्डले भनिन्। स्रोतः बिबिसी
किन हुन्छ यौन सम्पर्क गर्दा अचानक मृत्यु ? यस्ता छन् विश्वका चर्चित घटनाहरु
यौन सम्बन्धलाई शारीरिक र मानसिक आनन्दको क्रियाका रुपमा बुझिन्छ तर एक अर्काको आपसी सहमतिमा यौन सम्बन्ध भइरहेको अवस्थामा अकस्मात मृत्यु भएका कैयन घटनाहरु रहेका छन् । त्यसो भए किन हुन्छन् त यस्ता घटनाहरु? यौन सम्बन्धका क्रममा मृत्यु भएकोलाई विभिन्न शब्दावलीमा उल्लेख गरिएको छ, जस्तै "सेडलमा मर्नु" वा फ्रेन्च भाषामा "ला मोर्त द'अमोर"। नेपालीमा भने त्यस्तो कुनै शब्द रहेको छैन । शरीर विज्ञानका अनुसार यौन सम्बन्धका बेला विशेष गरी चरमोत्कर्षका क्रममा अक्सिटोसिन हर्मोनको स्तर बढने गर्दछ। जसलाई "माया हर्मोन" पनि भनिन्छ। यो हर्मोनले मानिसलाई सामीप्यतामा बाँधिन र परस्पर विश्वास निर्माण गर्न मद्दत गर्छ। यौन क्रियाकलापलाई विभिन्न मुड सुधार गर्ने रणनीतिहरूमध्ये एक मानिन्छ, अर्थात् यसले निरासा, उदासी वा डिप्रेसनको भावना कम गर्न मद्दत गर्न सक्छ। २०११ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको एक मेटा-विश्लेषणमा, हरेक हप्ता यौन क्रियाकलापमा एक घण्टा थप हुँदा प्रति १०,००० वर्षमा २–३ मायोकार्डियल इन्फार्कसन र एक आकस्मिक हृदय मृत्युको जोखिम बढेको देखाएको छ। यौन सम्बन्धले भल्साल्भा म्यानुभरमार्फत सबराक्नोइड हेमरेजलाई समेत बढावा दिनसक्छ। २०११ मा जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित अर्को मेटा-विश्लेषणमा, आफ्नो जोडीप्रति प्रतिवद्ध पुरुषको तुलनामा अवैध या अरु महिलासँग सम्बन्धमा रहने पुरुषहरूमा यौन सम्पर्कका बेला गम्भीर वा प्राणघातक हृदयघातका घटनाहरू हुने सम्भावना धेरै बढी हुने पाइएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा हुने मृत्युहरू लगभग ०.६% सबै आकस्मिक मृत्यु हुन्छन्। बेलायतमा, ५० वर्ष मुनिका मानिसहरूको ०.२% आकस्मिक हृदयघातको एक घण्टाभित्र यौन सम्बन्धका क्रममा मृत्यु भएको पाइएको छ। सामान्यतया सुरक्षित मानिने साइडेनाफिल औषधिलाई पनि वृद्ध वा कमजोर पुरुषहरूमा यौन क्रियाकलापका क्रममा आकस्मिक हृदयघात भइ हुने मृत्युसँग जोडिएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत्युहरूको संख्या अन्य औषधि, जस्तै कोकिनको प्रयोगसँग पनि जोडिएको छ। हृदयजन्य कारणहरूले गर्दा यौन क्रियाकलापका क्रममा हुने अधिकांश मृत्युहरू पुरुषको रहेको छ। विश्व प्रशिद्ध घटनाहरु यो सूचीमा केवल सहमतिमा भएका यौन क्रियाकलापका क्रममा वा सिधै तिनीहरूको कारणले भएका मृत्युहरू मात्रै समावेश गरिएको छ। यसमा इच्छाविपरितका यौन क्रियाकलापहरू, जस्तै बलात्कारलाई समेटिएको छैन। Pope John XII (d. 964) लाई सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत भएको मानिन्छ। Pope John XII १४ मे ९६४ मा मरेका थिए। कथानक अनुसार उनी Stefanetta नामकी महिलासँग यौन सम्बन्ध राख्दै गर्दा पक्षघातबाट मरेका थिए। बेलायतका प्रधानमन्त्री Lord Palmerstonको सन् १८६५ मा छोटो बिरामीपछि देहान्त भयो। भनिन्छ नौकरानीसँग बिलियर्ड टेबलमा यौन सम्बन्ध गर्दा उनको मृत्यु भएको थियो, तर यो विवादास्पद छ, केही श्रोतले भने कि उनी निमोनियाबाट मरेको बताएका छन्। फ्रान्सका राष्ट्रपति Félix Faure सम्म सहमतिमा भएको यौन क्रियाकलापका क्रममा मृत अवस्थामा फेला परेका थिए। सन् १८९९ मा उनको मृत्युको कारण मस्तिष्क रक्तस्रावको रूपमा सूचीबद्ध गरिएको थियो। प्रत्यक्षदर्शीहरूरुका अनुसार मृत भएका बखत उनी अर्धनग्न अवस्थामा थिए। एक प्रसिद्ध Jesuit धर्मशास्त्री Cardinal Jean Daniélou सन् १९७४ मा पेरिसको एक वेश्यालयमा ६९ वर्षको उमेरमा मरे। उनी भेट्न गएको स्थानकी यौनकर्मीले कार्डिनल दान दिन गएको बताएपनि उनको मृत्यु शारीरिक सम्पर्ककै क्रममा भएको थियो । संयुक्त राज्यका पूर्व उपराष्ट्रपति र Rockefeller परिवारको सम्पत्ति उत्तराधिकारी Nelson Rockefeller सन् १९७९ मा ७० वर्षको उमेरमा हृदयघातबाट मरेका थिए। तर उनको मृत्यु यौन सम्बन्ध गर्दा भएको विश्वास गरिएको छ। उनका मृत्युका असामान्य परिस्थितिहरूका कारण न्यूयोर्क म्यागजिनले भनेको थियो, "Nelson thought he was coming, but he was going"। उनको मृत्युको समयका विवरणहरू धेरै फरक थिए र उनको शीघ्र दाहसंस्कारले मृत्युको सटीक कारण अनिश्चित बनायो। (यहाँ उल्लेख गरिएको जानकारी इन्टरनेटमा उपलब्ध बिभिन्न श्रोतबाट लिइएको हो)
२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ।