पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौ, वैशाख २०। कञ्चनपुरको पुनर्वास नगरपालिका(९ बीचफाटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । पुनर्वासको बीचफाटामा हात्ती नियन्त्रणका लागि सोलार तारबार लगाउदा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि विवाद उत्पन्न भएको छ ।

ज्ञापनपत्रमा भट्टसहित खानेपानी मन्त्री तथा पुनर्वासबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर, ७ नम्बर प्रदेशका आर्थिक मामिला मन्त्री झपट बोहरा, प्रतिनिधिसभा सदस्यहरु डा दिपकप्रकाश भट्ट, नरबहादुर धामी, निरुदेवी पाल, निरा जैरु, राष्ट्रियसभा सदस्य महेशकुमार महरा, हरिराम चौधरी, पुर्वसभासद देवीलाल चौधरी र नरेन्द्र कुवर र स्थानीय वडा अध्यक्ष नारायणप्रसाद जैशीले हस्ताक्षर गर्नुभएको छ ।

भारतको दुधुवा नेसनल पार्कबाट आउने हात्तिको आतंक नियन्त्रणका लागि सोलार तारबार गरिएको थियो । तारबार भारतीय पक्षले भत्काएको छ । हात्ति आतंक नियन्त्रणका लागि गत वर्ष नेतृ बिना मगरको पहलमा सोलार तारबार गरिएको थियो । हाल स्थानीय तहको बजेटबाट वडा अध्यक्ष नारायण जैशीको नेतृत्वमा तारबारको काम भएरहेको छ ।

नेपाली भुमिमा तारबार गरिरहदा समेत भारतीय पक्षले अवरोध गरेकाले समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको टोलीका सदस्य ओमविक्रम भाट सरलले बताउनुभयो । ज्ञापनपत्रमा भत्काइएको तारबार गर्ने व्यवस्था मिलाउन, सीमा सर्भे टोलीको म्याद थप्न, ७ नम्बर प्रदेशका विवादित सीमा क्षेत्रमा सीमा निर्धारण गर्न र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सीमा समस्याबारे एजेन्डा तय गर्न माग गरिएको छ ।

भारतीय पार्कबाट आएका हात्तिको आक्रमणबाट २०७३ माघ महिनामा बीचफाटाका मनबहादुर सुनारको मृत्यु भएको थियो । पुनर्वासमा उत्पन्न सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत वर्ष गोविन्द गौतम सहिद हुनुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै सीमा समस्या समाधानका लागि गम्भीरताका साथ लाग्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनुभएको छ

ज्ञापनपत्रको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय : ज्ञापनपत्र
ऐतिहासिकरुपमा नेपालको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्न सामरिक, आर्थिक तथा राजनैतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण भूमिका खेल्दै आएको प्रदेश नम्बर ७ अन्तर्गतको तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लाको दक्षिणी र पश्चिमी सीमाका साथै डडेल्धुरा, बैतडी र दार्चुला (लिपुलेक, कालापानी) लगायत भारतसँग जोडिएको सन्दर्भमा स्थानीय स्तरमा सीमासम्बन्धी विवादको वैज्ञानिक किसिमले हल हुन नसक्दा बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको सम्माननीय प्रधानमन्त्री ज्यूलाई स्मरण गराउन चाहन्छौं ।

हालै, कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ पुनर्वास नगरपालिका वडा नं. ९ बीचफाँटाका स्थानीय जनताले भारतको दुधुवा नेशनल पार्कबाट हात्तीको आक्रमण र जंगली जनावरबाट हुने नोक्सानीबाट जोगिन सोलार तारबार जडान गरेपछि भारतीय पक्षले उक्त जग्गा आफ्नो भएको दावी गर्दै एकतर्फी रुपमा तारबार भत्काएपछि स्थिति तनावग्रस्त भएको छ । दुधुवा पार्कबाट आएका हात्तिको आक्रमणबाट २०७३ माघ २१ गते बीचफाँटाकै मनबहादुर सुनारको मृत्यु भएको थियो । त्यसपछि हात्तिलाई रोक्न सीमा क्षेत्रको नेपालपट्टि सोलार तारबार गर्ने काम हुँदै आएको हो । दुधुवा नेसनल पार्कबाट आउने हात्तीको आक्रमणबाट जोगिन स्थानीय जनता र सरकारको प्रयासमा विगतदेखि नै उक्त तारबार डोकेबजारसम्म पु¥याउने योजना अनुसार तारबार लगाइएपछि भारतीय पक्षले अनावश्यक दावी गर्दै नेपालीलाई धम्क्याउने र आक्रमणमा समेत उत्रिएको जानकारी गराउन चाहन्छौं ।

सीमा सर्भे टोलीले सीमा क्षेत्रको एकिन नगरेको कारण प्यारातालदेखि अन्य क्षेत्रमा पटक–पटक विवाद सिर्जना हुँदै आएको छ । सीमा सर्भेको काम सुरु भएर पटक–पटक स्थगित र अवरुद्ध हुँदै आएको छ । घटना भएको क्षेत्रका बारेमा नेपाली पक्षले दशगजा क्षेत्रभित्रै विगतकै कामलाई निरन्तरता दिएर तारबार जडान गर्न खोजेको भएपनि भारतीय पक्षले नेपाली भूमिलाई आफ्नो भनेपछि विवाद सिर्जना हुँदै आइरहेको छ ।

कैलाली र कञ्चनपुर जिल्लाको सीमा क्षेत्रमा भारतीय पक्षबाट नेपाली पक्षमाथि अतिक्रमणका घटना नौलो होइन । कतिपय अवस्थामा भारतीय सुरक्षाकर्मीको संरक्षणमा भारतका अतिक्रमणकारीले नेपाली वस्तीमा आएर धम्क्याउने, कुटपिट गर्ने, जग्गा कब्जा गर्ने, नेपाली भूमिमा ट्रयाक्टर चलाउने समेतका घटनाहरू सामान्य बनेका छन् । सीमा क्षेत्रमा हुने विविध खाले हस्तक्षेपविरुद्ध स्थानीय जनताले प्रतिकार समेत गर्दै आएका छन् । यस्तै, प्रतिकारका क्रममा पुनर्वास नगरपालिका अन्तर्गतको आनन्दबजारमा गत वर्ष बैशाख १३ गते भारतीय सुरक्षाकर्मीको फौजी हस्तक्षेप र गोली प्रहारबाट १ जना नेपाली युवा गोविन्द गौतमको शहादत समेत हुन गएको थियो ।

हालसालै पनि पुनर्वासको बीचफाँटामा भारतीय पक्षबाट अनावश्यक रुपमा सिर्जना गरिएको विवाद स्थानीय स्तरमा भएका प्रयास र छलफलबाट समाधान हुन सकेन । जसले गर्दा संघीय सरकारले तत्कालै कुटनीतिक पहल गरी तारबार लगाउन दिने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । अन्यथा, स्थानीय वासिन्दाको आक्रोश बढ्दै गएर अप्रिय घटना हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । कञ्चनपुर र कैलाली जिल्लाको पश्चिमी र दक्षिणी सीमा क्षेत्रमा देखिने विवादका सम्बन्धमा स्थानीय प्रशासनका तर्फबाट समकक्षी भारतीय पक्षसँग संवाद र छलफल गरिएपनि भारतीय पक्षबाट हुने ज्यादतीमा कुनै कमी आएको देखिन्न । सीमा व्यवस्थापनका लागि दुबै क्षेत्रका स्थानीय प्रशासनको सहमतिमा सर्भे टोली खटिएपनि भारतीय पक्षबाट हुने ज्यादती बढ्दै गएकाले सीमा समस्याको समाधान स्थानीय प्रशासनको तहबाट हुन नसक्ने देखिएकाले नेपाल सरकारका तर्फबाट नै भारतीय सरकारसँग गम्भीरतापूर्वक पहल हुनुपर्ने हाम्रो निष्कर्ष छ ।

त्यसैले हामी कैलाली र कञ्चनपुर क्षेत्रका आम सर्वसाधारण नेपाली जनताको तर्फबाट सरकारसमक्ष यो विषयलाई २ देशबीच कुटनीतिक तहबाट संवाद गरी समस्याको समाधानका लागि तत्काल पहल गर्न माग गर्दछौं । भारतसँग आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा अन्यौन्याश्रित सम्बन्ध रहिआएको ऐतिहासिक तथ्यलाई ध्यानमा राखेर तत्काल कुटनीतिक पहल गर्न सकिएन भने यसले २ देशबीचको सम्बन्धमा थप नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला वार्ताको एजेण्डा बनाउन समेत सम्माननीय प्रधानमन्त्री ज्यूसँग माग गर्दछौं ।

हाम्रा मागहरू:
१. भारतीय सुरक्षाकर्मीले भत्काएको पुनर्वास नगरपालिका वडा नं. ९ बीचफाँटा क्षेत्रमा तत्काल सीमा सर्भे टोली खटाएर ७ दिनभित्र तारबार गर्ने व्यवस्था मिलाउन कुटनीतिक पहल गरियोस् ।
२. कैलाली र कञ्चनपुरमा सीमा सर्भे गर्न खटिएको टोलीको म्याद सकिनै लागेकाले त्यसको म्याद तत्काल थप गरियोस् ।
३. बढी सीमा विवाद उत्पन्न हुने कञ्चनपुरको दक्षिणी सीमा र ७ नम्बर प्रदेशका जिल्लाको भारतसँग जोडिएको सम्पूर्ण सीमाको तत्काल वैज्ञानिक सर्भे कार्य अगाडि बढाएर सीमा निर्धारण गर्ने कार्य पूरा गरियोस् ।
४. सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल, स्थानीय जमिन्दार, भन्सार नाकामा सुरक्षाकर्मीबाट र अन्य तहबाट हुने ज्यादती, अतिक्रमण र हिंसाविरुद्ध सरकारले तत्काल पहलकदमी गर्दै जनताको ज्यूधनको सुरक्षाका लागि कुटनीतिक पहल गरियोस् ।
५. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका अवसरमा सीमा क्षेत्रमा देखिएका समस्याका बारेमा एजेण्डा नै तय गरी चासो व्यक्त गरियोस् ।

बोधार्थ:
क) परराष्ट्र मन्त्रालय
ख) गृह मन्त्रालय

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 'बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,' प्रवक्ता तिवारीले भने । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो। पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताउनुभयो । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो ।   सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो । जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र बिपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो । पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताउनुभयो । देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्टसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रुपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँग निर्वाचन गरेको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायसामु ऐतिहासिक रुपमा स्थापित भएको बताउनुभयो ।  कार्यक्रममा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।  

दाउन्नेमा एकतर्फी यातायात खुल्यो

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि  आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।  उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। 

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

लोकप्रिय