‘एशियन सभ्यता कमजोर हुँदा कोरियाली प्रायद्वीपमा द्वन्द्व’

‘एशियन सभ्यता कमजोर हुँदा कोरियाली प्रायद्वीपमा द्वन्द्व’

काठमाडौं, भदौ २६। एशियन सभ्यता संकटमा पर्दै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । एसियन सभ्यताको मुख्य रुप ग्रीस सभ्यता भएको र मानव जीवनको विकाससँगै उक्त पद्दति पनि विकास हुँदै आएको उनीहरुले बताएका छन् ।

सोमबार ‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’ले राजधानीको संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा विभिन्न क्षेत्रका विशेषज्ञहरुले सो कुरा बताएका हुन् ।

डा केबी रोकायले एसियन सभ्यता कमजोर भएकाले कोरियाली प्रायद्वीपमा युद्धको सम्भावना बढ्दै गएको बताए । युद्ध भएमा तेस्रो विश्वयुद्धलाई कसैले रोक्न नसक्ने उनको भनाई छ ।

कार्यक्रममा डा सुरेन्द्र केसीले धार्मिक मान्छेहरुले राम्रो उपादेश दिन नसक्दा धर्महरु कमजोर बन्दै गएको बताए । हिन्दू धर्मावलम्वीहरुको राज्य (हिन्दू राष्ट्र) कायम गर्नुपर्ने वकालत गर्दै आइरहेका राप्रपा अध्यक्ष कमल थापा धार्मिक मान्छे नभएको उनको भनाई छ ।

आफ्नै भाई गणेश थापा राज्यलाई ठग्ने अन्तर्राष्ट्रिय गिरोह भएको बताउँदै त्यसलाई सरकारमा रहँदा कमल थापाले कारबाही नगरेर उन्मुक्ति दिएकोले नेपालमा धर्मकै संकट परेको डा केसीले बताए ।

त्यस्तै उनले आयल निगमका भ्रष्टचारको आरोपी गोपाल खड्कालाई जोगाउन भष्टचारका मुख्य जिम्मेवार पात्र दीपक बोहरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा मन्त्री बनाएर छानबिनको बाटोलाई समेत बन्द गरेको उनले आरोप लगाए ।

संस्कृतीविद् क्रिश्चियन धर्मवलम्वीहरुले नेपाली धर्म–संस्कृति मात्र नभई नेपाललाई नै सिध्याउन काम गरिरहेकोले सचेत हुन आग्रह गरे । खस–क्षेत्री समाजका अध्यक्ष विष्णु खड्काले निधारमा लामो टीका लगाएर मात्र धर्म र संस्कृतिको जगेर्ना गर्न नसकिने उल्लेख गर्दै गौतम बुद्धभन्दा पहिलेको धर्मको अध्ययन गर्नुपर्ने बताए ।

डा शास्त्रदत्त पन्तले क्रिश्चियन धर्मको फैलावटका कारण नेपाली धर्महरु संकटमा पर्दै गएको बताए । क्रिश्चियनिटीहरुले नेपालका धर्म र संस्कृति सिध्याउन लागिपरेको आरोप उनले लगाए ।

कार्यक्रमका सभापति समेत रहेका ‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’का अध्यक्ष विष्णुराज पाण्डेले धार्मिक द्वन्द्वकै कारण भारत र पाकिस्तान देश बनेको बताए । नेपालमा धार्मिक द्वन्द्वको वातावरण टार्न राजनीतिक नेताहरुलाई सुझबुझ अपनाउन आग्रह गरे । एसियन सभ्यताको विकास गर्न सबै एकजुट हुनुपर्ने उनले बताए ।

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

लोकप्रिय