प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ

प्रज्ञा-प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः श्रवण मुकारुङ

काठमाडौं, फागुन २६ । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ ।

प्रज्ञाप्रतिष्ठान मातृभाषा विभागका प्रमुख श्रवण मुकारुङले विविध संस्कृतिको धनी मुलुक नेपालको विकासका लागि सात वटै प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको स्थापना हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने “नेपाल भाषा, तामाङ, लिम्बू, मैथली, भोजपुरी, अवधी, गुरुङजस्ता थुप्रै भाषाको विकासका लागि प्रतिष्ठानले पुस्तक, पत्रिका, साहित्यिक पत्रिका नियमित रुपमा प्रकाशन गर्दै आएको छ । ”

प्रतिष्ठानबाट नेपाल भाषामा ‘थाय्भु’, लिम्बू भाषामा ‘थप्लङ’, मैथली भाषामा ‘आगन’ आदि पत्रिका प्रकाशन हुँदैआएको छ ।

प्राज्ञ मुकारुङले हाम्रो मातृभाषा र संस्कृतिको संरक्षण गर्न सरकारले विशेष नीति निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने औँल्याउँदै मातृभाषाको भण्डारलाई थप विकास गर्न सरकार, साहित्यप्रेमी तथा सम्बद्ध सरोकारवाला लाग्नुपर्ने बताए ।

“नेपालमा भएका मातृभाषाको विकास र विस्तार गर्ने वातावरण तयार गर्न सकेमा विभिन्न भाषाभाषीबीच थप सहयोग, सद्भावना र समन्वय अभिवृद्धि हुनेछ”, उनले भने ।

नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृतिसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न विसं २०१४ मा रोयल नेपाल एकेडेमी स्थापना भएको थियो । ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी लागू गरिएकामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामले सञ्चालित छ ।

राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता जुटाउन गठित प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा पनि प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने तथा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ ।

आवश्यकतानुसार विदेशी भाषाबाट नेपाली भाषा र नेपालका भाषाबाट विदेशी भाषामा कृतिको अनुवाद एवं प्रकाशन गर्ने काम पनि हुुँदै आएको छ । यसका लागि हाल उषा ठाकुर प्रमुख रहेको भाषा अनुवाद विभागको छुट्टै व्यवस्था छ ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय