प्रदेश नम्बर २ मा चुनाव : बिहान–बेलुका माअाेवादी केन्द्रकाे प्रचार आक्रामक

प्रदेश नम्बर २ मा चुनाव : बिहान–बेलुका माअाेवादी केन्द्रकाे प्रचार आक्रामक
काठमाडौं, भदौ २४ ।
प्रमुख दलका शीर्ष नेतादेखि कार्यकर्तासम्म सभा–जुलुस र घरदैलो अभियानमा केन्द्रित

मतदाताको घरकेन्द्रित कांग्रेसको प्रचार अभियान

कांग्रेसले धनुषाको जनकपुरलाई केन्द्र मानेर चुनाव प्रचार अभियान अघि बढाएको छ । यसअघि निर्वाचन आचारसंहिता नलाग्दै आठवटै जिल्लामा ठूला सभा गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर, निर्वाचन आउन १० दिन मात्रै रहँदा कांग्रेसले प्रचार शैली फेरेको छ । उसले ठूला सभाभन्दा मतदाताको घरलाई नै केन्द्रित गरेर चुनावी अभियान थालेको छ । उम्मेदवारसहित घरदैलो गर्ने काम प्राथमिकतामा राखेर प्रचारप्रसार भइरहेको प्रचार समितिका संयोजक रमेश लेखकले बताए ।

प्रदेश नम्बर २ का १३६ वटै तहमा प्रचारप्रसारको काम प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य, नेविसंघ, महिला संघसहितका भ्रातृ संस्थाका नेताहरू जिल्लामा खटिएका छन् । बाढीपीडितलाई राहत बाँड्न तराई मधेस पुगेका नेता–कार्यकर्ता पनि चुनावी प्रचारमा लागेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए ।

एजेन्डा बुझाउँदै प्रचार गर्दै

निर्वाचनको प्रचारका लागि कांग्रेसले नेता रमेश लेखकलाई संयोजक तोकेको छ । चुनावी प्रचारको रणनीति बनाउन लेखक तीन दिनदेखि जनकपुरमा छन् । कांग्रेसले स्थानीय तहको निर्वाचनअघि नै २१ सदस्यीय प्रचारप्रसार समिति बनाएको थियो । ‘हाम्रा उम्मेदवारहरू मतदाताको घरघर गएर चुनावी प्रचार गरिरहेका छन् । हामीले संविधानको स्वीकार्यता बढाउनेदेखि तराईमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखेका छौँ,’ लेखकले भने, ‘घरघर गएर एजेन्डालाई प्रचार गरिरहेका छौँ ।’ ठूला सभा हुने टुंगो नभए पनि साना स्वरूपका चुनावी सभा भने स्थानीय तहसम्मै हुने उनले बताए । ‘हामीले पहिले ठूला सभा गर्ने भनेका थियौँ, तर अब समय पनि धेरै नभएकाले घरदैलोसहित साना सभा गर्छौँ,’ संयोजक लेखकले भने । मेची–काली जोड्ने, तराई र पहाडीबीच सद्भाव खल्बलिन नदिने विषयलाई कांग्रेसले पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् ।

सभापतिबाहेकका शीर्ष नेता पनि तराई पुग्ने
निर्वाचनको आचारसंहिता कारण प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रचारमा जाने कार्यक्रम छैन । तर, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका शीर्ष नेताहरू प्रदेश नं. २ मा चुनावी प्रचारमा जाने तयारीमा छन् । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला वीरगन्ज महानगरपालिकामा चुनावी प्रचारमा खटिएका छन् । तीन–चार दिनदेखि उनी चुनावी प्रचारअन्तर्गत घरदैलोसहितका कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

युवा नेताहरू प्रचारमा
युवा नेता विश्वप्रकाश शर्माले महोत्तरी, सर्लाही र सिरहाका विभिन्न ठाउँमा घरदैलोदेखि सभाका कार्यक्रम गरिसकेका छन् । बिपी कोइरालाको १०४औँ जन्मजयन्तीको कार्यक्रम शनिबार मनाएर आइतबारदेखि उनी धनुषामा केन्द्रित हुने तयारीमा छन् । युवा नेताहरू गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल पनि बाढीपीडितलाई राहत वितरणसँगै चुनावी प्रचारमा सक्रिय हुँदै छन् ।

यस्ता छन् कांग्रेसको चुनावी एजेन्डा
कांग्रेसले राष्ट्रिय भावनालाई समेट्ने र तराईको विकास गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएको छ । ‘तराई मधेसका भावनालाई समेटेर संविधानको सर्वस्वीकार्यता बढाउने एजेन्डा हाम्रो प्रमुख हो । हामी निर्वाचनबाट संविधान सबैको हो भन्ने विषयलाई स्थापित गर्छौँ,’ प्रचारप्रसार संयोजक लेखकले भने, ‘तराई मधेसको विकास गर्ने विषयलाई हामीले अर्को प्रमुख एजेन्डा बनाएका छौँ ।’

कांग्रेसले प्रदेश नं. २ का १३६ तहमध्ये १०२ मा जित्ने आन्तरिक हिसाब निकालेको छ । तर, माओवादीसँग अपेक्षित तालमेल हुन नसकेपछि कांग्रेसले दाबी गर्दै आएको नतिजा हात पार्न सहज भने देखिएको छैन । यसअघि पूर्व–पश्चिम राजमार्ग क्षेत्रवरपर एमालेको प्रभाव भएका तहमा माओवादीसँग चुनावी तालमेल गर्ने कांग्रेसले बताएको थियो ।

केन्द्रीय सदस्य छानेरै जिल्ला जान पाउने
कांग्रेसले केही समयअघि आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन हुने आठ जिल्लामा जान निर्देशन दिएको थियो । अब केन्द्रीय सदस्यहरूले रोजेको जिल्ला जान पाउने भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्री भएकाबाहेकका सबै केन्द्रीय सदस्यलाई निर्वाचनमा खटिन निर्देशन दिएका हुन् । तर, जिल्ला भने तोकेका छैनन् ।

‘यसअघि केन्द्रीय कार्यालयले जिल्ला तोकेरै केन्द्रीय प्रतिनिधि प्रदेश नं. २ मा खटाउने तयारी गरेको थियो, तर अहिले सभापतिले मन्त्रीबाहेकका सबै केन्द्रीय सदस्यलाई चुनावी प्रचारका लागि खटिन निर्देशन दिनुभएको छ,’ केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने, ‘जिल्ला सभापतिसँगको समन्वयपछि सदस्यहरूले आफूले रोजेको जिल्लामा जान पाउनुहुनेछ ।’

 प्रदेश नं. २ मा एमालेको आक्रामक चुनावी प्रचार

एमालेले उम्मेदवारी दर्तालगत्तै प्रदेश नं. २ मा आक्रामक चुनावी प्रचार सुरु गरेको छ । केन्द्रीय प्रचार विभागको आयोजनामा एमालेले बिहीबार र शुक्रबार तीन ठाउँमा प्रदेशस्तरीय प्रचार भेला गरेको छ । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, केन्द्रीय सदस्य तथा विभागका उपप्रमुख सूर्य थापाले मुख्य प्रतिस्पर्धी कांग्रेसका कमजोरी उजागर हुने गरी प्रचार केन्द्रित गर्न निर्देशन दिएका छन् ।

सिरहा र सप्तरीको लहान, धनुषा, महोत्तरी र सर्लाहीको बर्दिबास तथा बारा, पर्सा र रौतहटको सिमरामा एमालेले संयुक्त प्रचार भेला सम्पन्न गरेको छ । ‘मुख्य रूपमा कांग्रेसको उद्दण्डतालाई लक्षित गरेर चुनावी प्रचारमार्फत प्रहार केन्द्रित गर्न तथा भण्डाफोर गर्न निर्देशन दिएका छौँ,’ उपप्रमुख थापाले भने । कांग्रेस नेतृत्वको सरकारले उदारवादका नाममा मधेसका २२ भन्दा बढी राष्ट्रिय उद्योग बन्द गराएर हजारौँलाई बेरोजगार बनाएको, कोसी उच्च बाँध, टनकपुर सन्धि, खुर्दलोटन बाँधका विषयमा भारतसँग सम्झौता गरेको विषयलाई व्यापक प्रचार गर्ने एमालेले रणनीति बनाएको छ ।

स्थानीय चार भाषामा प्रचार
एमालेले पार्टीका प्रतिबद्धतापत्र, अपिल र पर्चाहरू प्रदेश नं. २ मा बोलिने मैथिली, भोजपुरी, अवधी र थारू भाषामा प्रकाशित गरेर प्रचार थालेको छ । त्यस्तै, उम्मेदवारका सकारात्मक पक्ष र जित्ने आधारलाई बलियो बनाउने गरी सूचना प्रविधि, सामाजिक सञ्जाल, सबै मिडियाको भरपुर उपयोग गरेर मतदातामाझ पु¥याउन, केन्द्रसँग पनि एकाकार गर्न प्रचार भेलामार्फत निर्देशन दिएको छ । जिल्लामा पार्टी र जनसंगठनको प्रचारसम्बद्ध नेता तथा कार्यकर्तासहित एमालेको प्रचार भेलामा करिब दुई सय सहभागी थिए ।

नौ विषयमा थरीथरीका प्रचार
एमालेले मूलतः नौ विषयमा केन्द्रित रहेर प्रचार गर्न निर्देशन दिइएको उपप्रमुख थापाले बताए । तराईमा मधेसकेन्द्रित दल नजन्मिँदै मुरिवहा, विष्णुपुरकट्टी, कालापानीलगायत दर्जन स्थानमा एमालेले भूमिगतकालमा सेल्टर लिएर मधेसका जनताको हितका पक्षमा गरेका आन्दोलन र संघर्ष, सरकारको नेतृत्वमा रहँदा मधेसको नागरिकता समस्या समाधान, राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी राजमार्ग निर्माण, फास्ट ट्र्याक निर्माणको पहल, भारत जोड्ने दक्षिणी सडक निर्माणमा लिएको अग्रसरता, जिल्ला सदरमुकामको आधुनिक विकासका लागि छुट्याएको ५० करोड बजेटलगायत मधेसको हितमा केन्द्रित रहेर गरेका कामको प्रचार गर्न एमालेले निर्देशन दिएको छ ।

त्यस्तै, एमालेले लिइरहेको राष्ट्रिय हितको एजेन्डाकै विजयले राजपा, दुवै फोरमले मधेस शब्दावली हटाएर अस्तित्व रक्षाका लागि राष्ट्रिय दलमा रूपान्तरित हुने गरी गरिरहेको प्रयासलाई पनि प्रचारको विषय बनाएको छ । ‘मधेसको हितका पक्षमा निरन्तर क्रियाशील एमाले मधेसका नाममा कसैको शिखण्डी बनेर देशविरुद्ध लाग्नेहरूसँग वैरभाव राखे पनि मधेसका जनता र सच्चा धर्तीपुत्रको पक्षमा रहेको कुरा स्पष्ट पार्न भनेका छौँ,’ थापाले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने षड्यन्त्रविरुद्ध एमाले मैथिली र भोजपुरी भाषालाई स्थापित गर्न लागेको कुरा पनि चुनावमा प्रचार गरिनेछ ।’

तीन स्थानबाट शीर्ष नेताले कमान्ड सम्हाल्दै
एमालेले प्रदेश नं. २ मा तीन ठाउँबाट समग्र चुनावी परिचालन गर्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितको नेतृत्वमा २ असोजअघिसम्म चुनावी परिचालन हुने प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए । पर्सा, बारा र रौतहटका लागि सिमरा, निजगढ, सर्लाही, महोत्तरी र धनुषाका लागि बर्दिबास तथा सिरहा र सप्तरीका लागि लहानबाट चुनाव परिचालनका लागि समानान्तर केन्द्रीय सचिवालय चलाउने एमालेको तयारी छ । कमान्ड सम्हाल्न आइतबारसम्म शीर्ष नेताहरू मधेस झर्ने चौधरीले बताए । वरिष्ठ नेता नेपाल र महासचिव पोखरेल चुनावअघिसम्म मधेसमै रहनेछन् भने अध्यक्ष केपी ओली, उपमहासचिव घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू विभिन्न चुनावी सभामा सहभागी हुनेछन् ।

घरदैलो अभियान माओवादीको प्राथमिकतामा

माओवादी केन्द्रले प्रत्यक्ष रूपमा मतदाता भेटेर चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ । तुल, ब्यानर, पोस्टरलगायतका बाहिरी प्रचारले मात्र नपुग्ने उसको निष्कर्ष छ । मधेसमा पार्टीको संगठन कमजोर भएकाले उम्मेदवारलाई नै प्रत्यक्ष रूपमा मतदातालाई भेटाउने अभियान थालिएको माओवादी प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले बताए ।

बिहान–बेलुका प्रचार आक्रामक
माओवादीले हरेक दिन बिहान ७ बजेदेखि नै घरदैलो कार्यक्रम गर्ने गरेको इन्चार्ज यादवले बताए । ‘दिउँसो घाम धेरै लाग्ने भएकाले खाना खाएपछि केही समय आराम गरी अपराहन् २ बजेबाट पुनः प्रचारप्रसारमा लाग्ने गरेका छौँ । सुगम ठाउँमा गाडी र दुर्गममा पैदल घरदैलो भइरहेको छ,’ उनले भने ।

माओवादीले आफ्ना एजेन्डाबारे मतदातालाई अधिकतम बुझाउने प्रयास गर्ने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीले जनयुद्धदेखि शान्तिप्रक्रियामा आएपछि सरकारमा हुँदा गरेका राम्रा कामबारे जनतालाई बुझाएर चुनावमा प्रसारप्रसार गर्ने उनको भनाइ छ । ‘सरकारमा हुँदा विकास निर्माणलगायत मधेसको मुद्दा समाधान गर्न पहल गरेकाले मधेसी जनता माओवादीप्रति सकारात्मक भएका छन्,’ साहले भने ।

कर्मचारी सेटिङ गर्नेलाई सूक्ष्म रूपमा निगरानी गर्छौँ
माओवादीले निर्वाचनका वेला अन्य दलले प्रशासन र कर्मचारीको सेटिङ गर्ने भएको भन्दै निगरानी राख्ने इन्चार्ज यादवले बताए । ‘हाम्रो पार्टीनिकट प्रहरी र कर्मचारी निकै कम छन्,’ उनले भने, ‘हामी निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीको सूक्ष्म रूपमा निगरानी गर्छौँ ।’

स्थानीय तहमै घोषणापत्र तयार
माओवादी केन्द्रले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा घोषणापत्र सार्वजनिक गरेको थियो । सोही घोषणापत्रअनुसार सम्बन्धित स्थानीय तहले घोषणापत्र तयार गरेको नेता गोपाल ठाकुरले बताए । ‘सबै स्थानीय तहमा आफ्नै खालका प्राकृतिक स्रोतसाधन छन्,’ उनले भने, ‘हरेक स्थानीय तहमा फरक खालको स्रोतसाधन भएकाले सोहीअनुसार घोषणापत्र तयार गरी सार्वजनिक गरेका छन् ।’

प्रचण्डसहित शीर्ष नेता चुनावी प्रचारमा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता प्रदेश नम्बर २ मा चुनावी प्रचारप्रसारमा लागेका छन् । पार्टी नेता नारायणकाजी श्रेष्ठ, मणि थापा, उर्मिला अर्याललगायत सबै चुनावी प्रचारप्रसारमा खटिएको इन्चार्ज मातृका यादवले बताए । प्रचण्डसहितका शीर्ष नेता शुक्रबार बाराको कलैयालगायतका विभिन्न क्षेत्रमा आयोजित चुनावी सभामा सहभागी भए । प्रचण्ड मंगलबारसम्म तराईका विभिन्न जिल्लामा खटिई २७ भदौमा काठमाडौं फर्किने भएका छन् ।

माओवादी केन्द्रले प्रदेश नम्बर २ का आठ जिल्लामा आवश्यकताअनुसार नेता खटाउने निर्णय गरेको छ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमा जहाँ जुन नेता आवश्यकता हुन्छ, सोहीअनुसार खटाउने योजना बनाएको यादवले बताए । यसअघि माओवादीले अध्यक्ष प्रचण्ड, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहितका नेता जरुरी कामबाहेक निर्वाचनभर मधेसमै बस्ने निर्णय गरेको थियो ।

राजपा अध्यक्षमण्डलका सबै सदस्य प्रचार अभियानमा
राजपाले निर्वाचन प्रचार अभियान तीव्र पारेको छ । शुक्रबार दुईवटा टाटा मोबाइल भ्यानमा प्रचार सामग्री मधेसमा पठाएको छ । दोस्रो तहका नेताहरू हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, बद्रीप्रसाद मण्डल, मनीष सुमन, केशव झालगायत शनिबार मधेस झर्दै छन् । नेता सुमनका अनुसार राजविराज र लहान, धनुषा र महोत्तरी, सर्लाही, रौतहट तथा बारा र पर्सामा गरी पाँच दिन अध्यक्षमण्डलका ६ सदस्य प्रचारप्रसारमा सहभागी हुनेछन् । राजपा ठूला आमसभा गर्ने तयारीमा छ ।

घरदैलो अभियानमा संघीय समाजवादी फोरम
संघीय समाजवादी फोरमले प्रचारका लागि सामाजिक सञ्जाललाई प्रशस्त प्रयोग गर्ने रणनीति लिएको छ । स्थानीय पत्रकार, मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवालाई पार्टीको मुद्दामा आश्वस्त गराई सकारात्मक सन्देश प्रवाहित गराउने उसको योजना छ । शीर्ष नेताहरू प्रचारमा आफैँ सहभागी हुने र साना–ठूला आमसभा गर्ने तयारी गरेको छ । त्यही क्रममा फोरम अध्यक्ष उपेन्द्र यादव बिहीबार वीरगन्ज महानगरको प्रचारमा सहभागी भएका थिए । शुक्रबार सप्तरीमा आयोजित सभामा भाग लिए । फोरमले घरदैलो अभियानलाई प्राथमिकतामा राखेको छ । -नयाँ पत्रिकाबाट

पहिचानको खोजीमा महाउत समुदाय

नेपालगञ्ज । बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ता टोलका केलाराम महाउत रोजगारीको खोजीमा नेपालगञ्जमा भौंतारिन थालेको तीन वर्ष भयो । शहरमा कुनै रोजगार नमिल्दा उहाँको मन खिन्न छ । ‘मागेर खाने भएकाले यो समुदायलाई मगन्ता भनिन्थ्यो, मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै अहिले नयाँ पेशा र पहिचानका लागि कष्टकर जीवनयापन गर्नुपरेको छ’– केलारामले भन्नुभयो– ‘महाउत समुदाय अहिले गरिबी, अभाव र संकटबाट गुज्रिएको छ, पेशा र पहिचानबिना जीवन चलाउन कठिन भएको छ ।’ समुदायबाटै पहिलोपटक एसएलसी पास गर्नुभएका केलाराम कृषक समूह गठन गरेर खेती किसानीको काम गर्दै आउनुभएको छ । पढेलेखेर पनि बेरोजगार बस्नु पर्दा महाउत समुदायमा पढेर पनि केही नहुने गलत धारणाको विकास भएको उहाँको बुझाइ छ । ‘महाउत बस्तीमा गरिबी र अशिक्षाको चरम रुप छ । बालबालिकालाई विद्यालय पठाउन सम्झाइबुझाइ गर्दा पनि अभिभावकहरू मान्दैनन्’– केलारामले भन्नुभयो– ‘जसोतसो विद्यालयमा भर्ना गराइदिए पनि बीचबाटै विद्यालय छोड्ने समस्या छ ।’ महाउत समुदायका अधिकांश बालबालिका शिक्षाबाट बञ्चित छन्, महिलाको स्वास्थ्य अवस्था नाजुक छ । डरलाग्दो बालविवाहको समस्या मात्र होइन, सिंगो समुदाय प्रत्येक दिन छाक टार्ने समस्याबाट माथि उठ्न सकेको छैन । मागेर खाने पुख्र्यौली पेशा छोडेसँगै मगन्ताबाट महाउत बनेको यो समुदायलाई यतिबेला नयाँ पेशा र पहिचान नपाउँदा जीवन चलाउन कठिन भएको केलारामको बुझाइ छ । बाँकेको हिरमिनियालगायत विभिन्न ठाउँमा दुई सय घरपरिवारको करिब एक हजार जनसंख्या छ । महाउत समुदायका युवा पुस्ताले अब मागेर हुँदैन, काम गर्ने र त्यसअनुसारको ज्याला लिनुपर्छ भन्ने बुझेका छन् । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायलाई नै मगन्ता जातिको परिचय दिइए पनि अहिले युवाहरूलाई आफ्नो नामको पछाडि झुन्डिने मगन्ता शब्द मन परेको छैन । त्यसैले महाउत लेख्ने गरेको युवा विशाल महाउतले बताउनुभयो । एक पुस्ता अघिसम्म यो समुदायका मानिसको नागरिकतामा नामको पछाडि मगन्ता थर लेख्ने गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर महाउत लेख्ने गरिएको छ । पुर्खाहरूले नाममा मगन्ता नै लेखाए तर अहिले युवाहरूले नामको पछाडि महाउत लेख्न थालेपछि केही आत्मसम्मान मिलेको विशालको अनुभव छ । अल्पसंख्यक र सीमान्तकृत समुदाय भए पनि सूचीकृत भइनसकेकाले यो समुदायले कुनै विशेष सुविधा पाउन सकेको छैन । राज्यले आफूहरूलाई अल्पसंख्यक समुदायमा सूचीकृत गरी पेशा गर्ने व्यवस्थाको माग उनीहरूले गर्दै आएका छन् । खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पुँजी नभएका कारण महाउत समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश रहेको स्थानीय अमृता महाउतले बताउनुभयो । मगन्ता समुदायको बस्तीमा शुद्ध पिउने पानी छैन, बस्तीमा सडक बनेको छैन । स्थानीय सरकारले मगन्ता समुदायको विकासका लागि छुट्याएको बजेट कहाँ, कसरी, कसले खर्चिन्छ, उनीहरूले थाहा पाउन सकेका छैनन् । अन्य लोपोन्मुख तथा सीमान्तकृत समुदाय राजनीतिक पहुँचका लागि राज्यसँग लडिरहेको समय आफूहरूले भने आफ्नो पहिचान समेत कायम गर्न नसकेको अमृताको भनाइ छ । ‘महाउत समुदायको पुख्र्यौली पेशा तथा काम भनेको मागेर खाने हो’– महाउत समुदायकी अगुवा एवं डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती महाउतले भन्नुभयो– ‘अहिले खेती किसानी र मजदुरी गरेर जसोतसो जीविकोपार्जन गर्दै आए पनि महाउत समुदाय सबै क्षेत्र र अवसरबाट पिछडिएको छ ।’ महाउत समुदायकै एक्ली जनप्रतिनिधि बाँकेमा अल्पसंख्यक महाउत समुदायकी एक्ली जनप्रतिनिधि जवन्ती महाउतले विभिन्न चुनौती चिर्दै समुदाय र टोल बस्तीको विकासमा खटिनुभएको छ । महाउत समुदायको उत्थान र वडाको समग्र बस्ती विकासका लागि काम गर्ने आफूमा हुट्हुटी भए पनि राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न नपाएको उहाँको अनुभव छ । स्थानीय तह निर्वाचन २०७९ मा जवन्ती बाँकेको डुडुवा गाउँपालिका–६ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा सदस्य जित्नुभएकी जवन्तीलाई उक्त पार्टीले कार्यपालिका सदस्य बनाएको थियो । कार्यपालिका सदस्य बनेपछि थुप्रै चुनौतीका बीच जवन्तीले काम गर्दै आउनुभएको छ । ‘हाम्रो समुदायलाई लोपोन्मुख अल्पसंख्यक जातिमा सूचीकृत गर्नुपर्नेछ, मगन्ता वस्तीलगायत वडाका समग्र टोलको विकास गर्नुछ’– जवन्तीले भन्नुभयो– ‘कार्यपालिका बैठकमा पटक–पटक हाम्रो समुदाय र वस्तीको कुरा उठाएकी छु तर अहिलेसम्म सम्बोधन भएको छैन ।” बालबालिका विद्यालय बाहिरै अल्पसंख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित हुँदै आएका छन् । विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदूरी गर्ने ठाउँमा भेटिन्छन् । ‘गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ’– विद्यालय उमेर समूहका नौकुश महाउतले भन्नुभयो– ‘स्कुल जान कापी किताब, झोला र पोशाक चाहिन्छ, घरमा कसैले दिदैन । त्यसैले अहिले मजदुरी गर्न थालेको छु ।’ काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन् तर कोही पनि विद्यालय जाँदैनन् । साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो भएपछि मजदुरीमा जाने गरेको काशीले बताउनुभयो । ‘पढे लेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन्, त्यही भएर हाम्रा छोराछोरी स्कूल जाँदैनन्’– काशीले भन्नुभयो– ‘घरमा खान बस्नकै समस्या छ, विद्यालय पठाउन कापी किताब, झोला र पोशाक कहाँबाट ल्याउने ?’

जब हजार जनाले पानीको मुहान खोल्न थाले

काठमाडौं । लगाएको चैते धानको खेतमा धाँजा फाट्न थाल्यो । मकै पहेंलो हुँदै सुक्न थाले । चिसापानी हुँदै कर्णालीमा पानी त बगिरहेको छ तर स्थानीय किसानका लागि त्यो विरबलको खिचडी जस्तै भयो । किसानसँग दुई वटा विकल्प थिए । एउटा आकाशबाट पानी आउला र आफ्नो वाली सप्रेला भनेर आश गर्नु, अर्को चिसापानीबाट कर्णाली बग्दै गरेको पानी ल्याउनु । बाली सुक्न खोज्दै थियो । किसान आकाशतिर फर्किए । तत्काल खेत भिज्नेगरी पानी आउने सम्भावना देखिएन । त्यसपछि सुरु भयो बुढीकुलोमा पानी ल्याउने कुरा । किसानका समस्या साझा थियो । त्यसैले जुट्न समय लागेन । स्थानीय दयाराम बैद्य भन्छन्, ‘हामी २० जना भएर गयौं, अलिअलि पानी खोल्यौं ।’ २० जनाले पानी कुलोमा पु¥याउन कठिन थियो । तर समस्या त सबै किसानको साझा थियो । पटक पटक योजना परेको र काम हुने नगरेको यो कुलोमा पानी ल्याउन आफै जानुपर्ने सबै किसानको सोच थियो । २० जना गएर काम सुरु गरेको थाहा पाएपछि होस्टेमा हैंसे गर्न पानी लगाउनुपर्ने सबै किसान जम्मा हुने निधो गरे ।  चैत्र छ गते सल्लाह भयो । अर्को दिन अर्थात सात गते विहान ८ बजे बुढीकुलोमा पानी ल्याउनका लागि सबै जम्मा हुने । धेरै खबर गर्नै परेन । किनभने पानी ल्याउनु र खेतमा सिंचाई गर्नु मुख्य कुरा थियो । बुढीकुलोमा पानी लिन जनकनगर, बगहिपुर, भठेरा, सर्खोल, बनखेत, गोला र अन्य गाउँका किसानहरु आफै जम्मा भए । हामीले फोन गर्दा दयाराम बैद्य कुलोमा पानी ल्याउन ढुङ्गो पल्टाउँदै थिए । ‘हामी करिब हजार जना जति जम्मा भएका छौं । अब बुढिकुलोमा पानी जान्छ ।’ उनले सुनाए ।  कुलोमा पानी भएपछि बुढीकुलोबाट सिंचाई हुने करिब साढे दश हजार हेक्टर क्षेत्रफल सहित अन्य तीन कुलो पनि मिलाएर छ गाउँका हजार बढि परिवारलाई राहत हुने बैद्यले सुनाए । हजार जनाको श्रममा अहिले बनाएको कुलोले यस पटकको हिउँदे बाली जोगिने भयो । बैद्य ढुक्क छन्, ‘बैशाखसम्म कुलोमा पानी पुगेपछि यसपटकको बाली जोगिनेछ ।’ त्यसो त वर्षात्को समयमा मुहान फेरि उस्तै हुनेछ । हजार जनाको अहिलेको लगानी क्षणभरमै बगर हुनेछ । यो पनि किसानलाई थाहा नभएको होइन । तर यसपटककै बाली जोगाउन कुलोमा पानी ल्याउन मुहान बनाउनुको विकल्प थिएन ।  ‘स्थायी संरचना बनाउन पालिका तथा सरकारबाट पहल भएको छैन त ?’ प्रश्न खस्न नभ्याउँदै बैद्यले लामै गुनासो गरे, ‘पहल भएको भन्छन्, काम भएको छैन । आश्वासन मात्रै पाइन्छ । मन्त्री आएपनि हेरेर मात्रै गए । अहिलेसम्म केहि भएन । मुहान नै नभएपछि के गर्ने ? तलतिर मात्रै आयोजनाको काम भनेर भएन । ११ गाविसलाई काम लाग्ने भनेको छ, भजाई खाने बाटो मात्रै भयो ।’ मुहान बनाउनका लागि दुई करोड आएको भन्ने सुनेका किसानहरु त्यो रकम खर्च गराउन पनि पटक पटक ताकेता नगरेका होइनन् । बैद्य भन्छन्, ‘एकले अर्कोलाई देखाउँदै आफु पन्छिने काम मात्रै भयो । सीडीयोले अर्कोलाई देखाउँछ, अर्कोले सीडीयोलाई ।’   यो वर्ष खोला बढि डाइभर्ट भएकाले खोलामा पानी कम भएको उनले सुनाए । त्यसैले पनि यस वर्ष बढि मिहनेत गर्नुपरेको छ । बुढिकुलोको मुहान बनाउनका लागि कर्णाली सिंचाई आयोजनाले अग्रसरता देखाउनुपर्नेमा आयोजना यो विषयमा पनि गम्भिर नबनेको स्थानीय किसानको आरोप छ ।  गेरुवा गाउँपालिकाले भने मुहानको काम सक्नका लागि बजेट सहितको हेर्ने काम प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको बताए । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले भने, ‘दुई करोड सहितका सबै यो आयोजनाको काम हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीले लिनुभएको हो ।’   गेरुवा गाउँपालिका वडा नम्बर १, बर्दियामा रहेको यो कुलोको मुहान बनाउनका लागि प्रमुख जिल्ला अधिकारीले फेरि आयोजना प्रमुखलाई जिम्मा दिएको किसान बनाउँछन् । प्रमुख जिल्ला अधिकारी परिवर्तन भएपछि पनि काम अघि बढाउन समस्या भएको स्थानीय बताउँछन् । गएको पुस ८ गते कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई यसै विषयमा सोध्न खोज्दा सम्पर्कमा आएनन् ।

सरकारको एक वर्ष : तस्करी र अपराध नियन्त्रणमा ऐतिहासिक कदम

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ । गत वर्ष यही समयमा राष्ट्रिय परिचयपत्र र राहदानी लिन नागरिकको राति २ बजेदेखिको ठेलमठेल भीड अहिले देख्न सकिँदैन । सुन तस्करी तथा नक्कली कागजात तयार पारी राज्यलाई नै हानि पु¥याउने (नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) कार्यको सञ्जाललाई नै ध्वस्त बनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनको एक वर्ष पुग्दा यी र यस्ता केही देखिने तथ्यहरुले गएको वर्ष तस्करी र अपराध नियन्त्रणका दृष्टिले सफल मान्न सकिने राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् । सरकारबाट अझै धेरै गर्न भने बाँकी रहेको उहाँहरुको प्रतिक्रिया छ । छिटफुट केही योजना सोचेअनुसार सफल हुन नसकेकाले गति बढाउनुपर्ने स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् । अर्को वर्ष लागेसँगै नयाँ ढङ्गले जाने उहाँले यसअघि नै उद्घोष गरिसकेका छन्। अहिले उहाँ मन्त्रालयगत प्रगति विवरण अध्ययनकै चरणमा हुनुहुन्छ भने अधिकांश मन्त्रालयले प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेका छन् । कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री दाहाल सबै अध्ययन र समीक्षापछि अर्को नयाँ चरणको घोषणा गरेर अघि बढ्ने तयारीमा हुनुहुन्छ । सरकारले पहलकदमी लिएको एक वर्ष नपुग्दै मिटरब्याजी पीडितका समस्या समाधानको चरणमा अघि बढेको छ । नागरिकता समस्या तथा प्रशासनिक निकायमा हुने ढिलासुस्ती र हैरानी पनि कम भएको छ । छिटोछरितो रुपमा राष्ट्रिय परिचयपत्र पाउने वातावरण बनेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत अब जनताले हैरानी खेप्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । दशकौँदेखि जकडिएर रहेको मिटरब्याजी समस्याका कारण तराईका कैयौँ नागरिक घरबारविहीन भएका थिए । कतिपय पीडित हिंसामा परेका थिए । आफ्नै छोरी चेलीहरु साहुबाट जोगाउन मुस्किल भएको थियो । अझ दिन दुई गुणा रात चौगुणा मिटरब्याजको थिचोमिचोले भयभित नागरिक घर छाडेर हिँड्न बाध्य परेको अवस्थाबाट पीडितले विस्तारै राहत पाउन थालेका छन् । झण्डै नौ महिनाको अवधिमा उक्त समस्या एक चरणमा हल भएर मिटरब्याज अपराधका रुपमा परिभाषित भई कानुन तर्जुमा भएकाले अब विगतमा जस्तो मिटरब्याजबाट नेपाली नागरिकले हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बताए। सुन तस्करी नियन्त्रणमा पनि सरकारले ठूलो पहलकदमी लिँदा सङ्गठित तस्कर, विचौलिया, सहयोगीहरु पक्राउ परेका छन् भने पछिल्लो एक वर्षमा मात्रै झण्डै १०० किलो सुन बरामद गरिएको छ । गृहमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि पहिलो निर्णय नै सुराकी खर्च हटाउने निर्णय गरेर सुशासनको जग तयार पारे। यसले हरेक महिना गृहमन्त्री र सचिवले कानुनी आधार बिनै लिन पाउने लाखौँ रकम जोगिएको छ । त्यसपछिका दिनहरुमा गृह मन्त्रालयबाट लगाताररुपमा शान्ति सुरक्षा, अमनचलन कायमका सवालका साथै चोरी, तस्करी, अपराध नियन्त्रणमा ठोस कदम चालिएको छ । अर्को महत्वपूर्ण घटना भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहको सेटिङ नै भत्काइएको छ । उक्त कदमको सर्वत्र प्रशंसा भएको छ । शरणार्थी प्रकरणमा राजनीति व्यक्तिदेखि उच्च सरकारी कर्मचारी तथा विचौलियालगायतका व्यक्तिहरु पक्राउ परेका छन् । उनीहरु अहिले पुर्पक्षका लागि कारागारमा छन् भने केही कारागार बाहिर बसेर मुद्दा लडिरहेका छन् । वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले अनलाइन माध्यमबाटै श्रम अनुमति आवेदन दिने तथा सामाजिक सुरक्षाको दायरामा ल्याउने काम पनि भएको छ । दुई–दुई पटक सङ्घीय संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाइएको नागरिकता विधेयक यसपटक भने टुङ्गोमा पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित विधेयक ऐनका रूपमा कार्यान्वयन आइसकेको छ । यसले लामो समयदेखि आफ्नै देशमा पनि अनागरिक भएर बसेका नागरिकले नेपाली नागरिकता प्राप्त गर्न थालेका छन् । यस्तै गैरआवासीय नेपालीले समेत नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ । धेरैले नागरिकता समेत प्राप्त गरिसकेका छन् । गृह मन्त्रालयअन्तर्गतका निकायमा योग ध्यान शिविर चलाएर सरकारले कर्मचारी वर्गमै नयाँ सन्देश दिएको छ । सुराकी खर्च खारेज गृहमन्त्री श्रेष्ठले गत चैत १७ गते गृह मन्त्रालयमा पद बहाल हुनुभएको थियो । सरकारको एक वर्ष पुग्नै लाग्दा गृहमन्त्रीको एक वर्ष पुगेको छैन । तर पनि मन्त्री श्रेष्ठले सम्हालेको गृहले महत्वपूर्ण पहलकदमी लिएको छ । गृहको पुरानो चलन गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा लाखौँ खर्च गर्न पाउने कार्यविधिलाई खारेज गर्ने फाइलमा हस्ताक्षर गरी उनले पदबहाली गरेका थिए । त्यो रकमको अडिट, भरपाई बिलिङ नै हुँदैनथ्यो । आवश्यकताका आधारमा सुराकी खर्च भनेर गृहमन्त्री र सचिवबाट सामान्यतया १५ देखि २५ लाखसम्म मासिक खर्च हुन्थ्यो त्यसलाई गृहमन्त्री श्रेष्ठको प्रस्तावमा सरकारले खारेज गरिसकेको छ । मिटरब्याजी समस्या समाधान गत वर्षको यो समयमा मिटरब्याजी पीडित जिल्लामा आन्दोलित थिए । सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका उनीहरु केही सीप नलागेपछि चैतमा राजधानी केन्द्रित भए । सरकारले द्रुतगतिबाट उनीहरुको समस्या समाधानको बाटो समाएको थियो । सरकार गठनको एक वर्ष नबित्दै उक्त समस्याले समाधानको बाटो समाएको छ । विशेषत तराईमा मिटरब्याजमा लगाउने चलन थियो । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार यस विषयमा गृहमन्त्री श्रेष्ठ पहिलै जानकार हुनुहुन्थ्यो । मधेसमा एक लाख दिएर पाँच लाखको चेक लिने, पाँच लाख दिँदा २५ लाखको चेक लिने वा जग्गा जमिन लिने गरिन्थ्यो । विदेश जानेले एक(डेढ लाख रकम सापटी लिँदा १०(१५ लाखको जग्गा लिने पुरानो जकडिएको अपराध थियो । कानुनको अभावमा नहुँदा साहुले बनाएको कागज नै कानुनी आधार हुँदा धेरै पीडितहरु मुद्दा खेपेर थप पीडित बनेका थिए । मन्त्रालयमा आएको एक सातामै उनले मिटरब्याजीपीडितको माग सम्बोधन गर्नुभएको गिरी स्मरण गर्नुहुन्छ । त्यसबेला गृहमन्त्री श्रेष्ठले भन्नुभएको थियो, “ऐन ल्याएर समस्या हल गर्छु अहिलेको अवस्थामा सामन्तवादीजस्तो अपराध र अन्यायपूर्ण कुरालाई हल गर्छु ।” त्यति सहज नभएको उक्त काम प्रधानमन्त्री प्रचण्डको पूर्ण साथ र गृहमन्त्रीको आफ्नै पहलमा कानुन नै बनेर आएको र जाँचबुझ आयोगले काम सम्पन्न गरेको छ । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगमा २८ हजार निवेदन परेकामा हासम्ममा पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र भएको छ । आयोगका सदस्य पूर्वएआइजी उत्तमराज सुवेदीका अनुसार आयोग गठन भएपछि यसरी मिलापत्र गरी २१८ बिघा, १० कट्टा, ०७ धुर जग्गा ९७९३ कित्ता० साहुबाट पीडितलाई फिर्ता गराइएको छ । कूल रु एक अर्ब ७२ करोड ८६ लाखको कारोबार दुवै पक्षबीचको सहमतिमा मिलापत्र भएको छ । अहिलेसम्म ३९ जिल्लामा अनुचित लेनदेनको समस्या समाप्त भएको छ । अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृहमन्त्रालय र अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले टङ्गङ्गो लगाउने गरी आयोगले प्रतिवेदन बुझाएको छ । संसद्ले यससम्बन्धी कानुनसमेत पारित गरी कार्यान्वयनमा आइसकेको छ । भुटानी शरणार्थी काण्ड अर्को डरलाग्दो काण्ड हो सक्कली नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराध । यो राज्य संयन्त्रकै उपस्थितिमा भएको जघन्य अपराध थियो । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम असुली गरेको आरोपमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुका बयानका आधारमा प्रहरीले लहरो तान्दै जाँदा बहालवाला सचिव तथा राजनीतिक उच्च नेतृत्वसम्म पुग्यो । उक्त मुद्दामा ३० जनाविरुद्ध झण्डै रु २९ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार पठाएकामा पछि पुनरावेदन हुँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका केही व्यक्तिहरु धरौटीमा छाडिएका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलगायत कारागारमै छन् । सुन काण्ड अघिल्लो माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा लुकाइछिपाइ ल्याएको नौ किलो सुन प्रकरण र ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो सुन गत साउन २ गते विमानस्थलको भन्सार कार्यालय अगाडि बरामद गरिएको प्रकरणले नेपालमा सुन कसरी भित्रिन्छ भन्ने तथ्य उजागर गरिदिएको छ । उक्त प्रकरण अनुसन्धानमा स्वदेश र विदेशका ठूलो गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले असोज १४ मा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेकोमा अहिले आयोगले काम गरिरहेको छ । ती ठूला सुन काण्डको अनुसन्धान जारी रहँदा गत भदौ ३ र असोज १३ गते रसुवा नाकाबाट तीन किलो, असोज १० र ११ गते दोलखाबाट सात किलो सुनसहित केही व्यक्तिलाई समात्यो । मङ्सिर २१ गते राति १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घलेसहितका व्यक्तिहरु समातिएका छन् । त्यसको केही दिनमै न्युरोड र नागढुङ्गाबाट नौ किलो सुन बरामद गरी पाँच जना पक्राउ परे । प्रहरीबाट प्राप्त विवरणमा पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको सात सय किलो सुन बरामद भएको छ । सुन ओसारपसारमा संलग्न छ सयभन्दा बढी समातिएका छन् । सुन भित्रिने अवैध बाटोको पहिचान र सुन ल्याउने तस्कर खोज्ने काम अझै पनि जारी छ । ललिता निवास काण्डमा उथलपुथल अर्को सरकारी जमिन घोटालाको नमूना उदाहरण रहेको ललिता निवास काण्ड २०४९ देखि २०६९ को समयभित्रको हो । त्यसको फाइल खोलेर सरकारले अर्को महत्वपूर्ण कदम अघि बढाएको छ । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । यस प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायतविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले भदौ १० गते उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । गृह प्रशासन सुधारको पहल सरकारले गृह प्रशासन सुधारको पहल पनि सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डसँगको परामर्शपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल थालेका हुन्। उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि यही कात्तिक २६ गतेको निर्णयले पूर्वमुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेर आवश्यक कार्यादेश दिएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायको प्रभावकारिताका लागि आवश्यक सुझाव दिने गरी पौडेलको नेतृत्वमा समिति बनाइएको हो । “गृह प्रशासनलाई सबल र सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन चुस्त हुनु जरुरी छ”, श्रेष्ठले भने, “यस प्रक्रियामा देखिएका समस्या तथा कमीकमजोरी र चुनौती पहिचान गरी सुधारका क्षेत्र तथा उपायहरू र त्यसको कार्ययोजनासमेत तयार गर्नु जरुरी देखिएकाले यो समिति बनाइएको हो ।” शान्ति सुव्यवस्था कायम राख्न, सेवालाई पारदर्शी, परिणाममुखी तथा चुस्त बनाउन, सङ्गठन तथा कर्मचारीलाई उत्तरदायी, सक्षम एवम् जवाफदेही बनाउन, नीतिगत, कानुनी तथा कार्यगत सुधारका क्षेत्रहरू पहिचान र कार्ययोजनाहरू तर्जुमा गर्न अध्ययन समिति तथा विषयगत उपसमितिहरूले सुझवा पेस गर्ने छ । केही बाँकी गर्न काम केही कामहरु भने थाती नै छन् । लामो समयदेखि प्रहरी समायोजन हुन नसकेकाले त्यसलाई अघि बढाउन जरुरी रहेको छ । एक चरणको छलफल भइसकेको र प्रदेशका मन्त्रीहरुबाट ध्यानाकर्षण गराइसकेकाले पनि सरकारले यसलाई गम्भीर चासोका साथ काम गरिरहेको जनाइएको छ । तीनै तहका सरकारको कामकारबाहीका बारेमा भएका बेमेल, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनेदेखि सुरक्षा निकायबाट हुने गरेका कमीकमजोरीमा अझै पनि ठोस काम हुन नसकेको गुनासाहरु देखिएका छन् । चोरी तस्करी नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहहरुको सक्रियता बढिरहेको छ । युवाहरु विदेश पलायन हुने क्रम जारी छ, रोजगारीका नाममा मानव तस्करी बढिरहेको छ । यसतर्फ पनि सरकारले कदम अघि बढाउन जरुरी छ । यद्यपि सरकारी कर्मचारीले कमिसन खाएर भिजिट भिसामा नक्कली कागजातका आधारमा विदेश पठाउने गरेको पाइएकाले त्यसविरुद्ध अहिले कारबाही अभियान चलिरहेको छ । अहिलेसम्म ३५ जनाभन्दा बढीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । अझै पनि नागरिकले सोचेअनुसारको सेवा पाउन नसकेकोतर्फ पनि सरकार सचेत हुनुपर्ने नागरिकहरुबाट गुनासो छ ।

राष्ट्रका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, अब सरकारले गियर बढाउने (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे। दाहालले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताए। पूर्णपाठ 

लोकप्रिय