प्रधानमन्त्री प्रचण्डद्धारा दसैंको शुभकामना -‘सामाजिक न्यायसहितको समृद्धिका लागि क्रियाशील छौं’

प्रधानमन्त्री प्रचण्डद्धारा दसैंको शुभकामना -‘सामाजिक न्यायसहितको समृद्धिका लागि  क्रियाशील छौं’

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् ।

जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखा पर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने बताए ।

“नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन्

उहाँले मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरे

उनले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । शिव लङ्ग दर्शन गर्न बिहानैदेखि दर्शनार्थीहरु पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पुगेका छन्। आज दर्शनार्थीको भिड हुने भएकोले पशुपति क्षेत्र विकास कोषले पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जनाएको छ । अहिले उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहितका साथै काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत देशभरका शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । सोमबारको व्रत गर्ने भक्तजनले आज व्रत पूरा गरी उद्यापनका लागि गोदान र पूर्णपात्र गर्ने विधि रहेको छ ।

पञ्चकोट जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार बागलुङको पञ्चकोट जाने भएका छन् । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड पञ्चकोट जान लागेका हुन् । पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले प्रधानमन्त्रीलाई स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले कुटीमा विशेष भेटघाट, गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित महायज्ञलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । प्रधानमन्त्री आउने खबरले आफुहरुलाई उत्सिाहित बनाएको बताउँदै प्रधानमन्त्रीको अवलोक भ्रमणले आफ्नो क्षेत्रको महत्व र पर्यटन बढ्ने विश्वास आयोजकले व्यक्त गरे । पञ्चकोटमा विश्व शान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मूख्य धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।  विभिन्न समयमा सञ्चालन भएका महायज्ञ, सरकारी निकाय र भक्तजनको सहयोगबाट हालसम्म पञ्चकोटमा ५० करोड रुपियाँ बराबरको लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । पञ्चकोटमा निर्माणाधीन धार्मिक संरचना पूरा गर्न करिब चार अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसपटकको ब्रह्माण्डीय महायज्ञबाट संकलन भएको रकमबाट निर्माणाधीन विश्व शान्ति गण्डकी कलशलाई पूर्णता दिने आयोजकले जनाएको छ । सो कलश निर्माण गर्न झण्डै एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

श्रीस्वस्थानी पूजा गर्न पत्नीसहित शालीनदी पुगे ओली

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन् । श्रीस्वस्थानी तथा माधवनारायणको पूजा गर्न केपी ओली आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी पुगेको स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको जानकारी दिएका छन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् । उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरे । “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो”, प्रधानमन्त्री प्रचण्डद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यस्ता पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भनेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन् । उनले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

लोकप्रिय