फेरी विवादः आइसीसीले शनिवार पठाएको दुई वर्षको तलब स्वीकार नगर्ने,

फेरी विवादः  आइसीसीले शनिवार पठाएको दुई वर्षको तलब स्वीकार नगर्ने,

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार पठाएको दुई वर्षको तलब स्वीकार नगर्ने बताएका छन्।

खेलाडीहरूको वर्गीकरणका बेला तीन वर्षअघि नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक टमाटाबीच तलबबारे सम्झौता हुन लागेको थियो।

प्रशिक्षक टमाटाका अनुसार मासिक ५० देखि ७० हजार रुपैयाँमा सम्झौता हुन लागेकै बेला क्यान भङ्ग भएको थियो।

उनले भने, “मौखिक कुराकानी भइरहेकै बेला क्यान निलम्बनमा पर्‍यो । जसका कारण मैले तलब सम्झौतामा हस्ताक्षर गरेको छैन।”

अहिले आइसीसीले उनलाई मासिक १५ हजारको दरले तलब पठाइदिएको बताइएको छ। जुन ग वर्गका खेलाडीहरूलाई दिने पारिश्रमिक हो। जसमा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

खेलाडीबाहेक क्यानका व्यवस्थापक तथा प्राविधिक विश्लेषक रमण शिवाकोटीले पनि मासिक १५ हजार रुपैयाँको दरले दुई वर्षको तलब पाउनेछन्।

पारसलाई एकमुष्ठ साढे आठ लाख

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले रोकिएको दुई वर्षको तलबका रूपमा एकमुष्ठ आठ लाख ४० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार मात्र रकम पठाएपछि उनीसहित क वर्गमा परेका सात खेलाडीले मासिक ३५ हजारको रूपमा २४ महिनाको तलब पाउने भएका हुन्।

क वर्गमा उनीसहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी छन्।

दुई वर्षदेखि तलब नपाएका खेलाडीहरूको रकम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले शनिवार राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको परिषद्ले जनाएको छ।

विगत २ वर्षदेखि रोक्का राख्दै आएको खेलाडीहरुको मासिक तलब युएई भ्रमणमा पाएको सफलता लगत्तै पठाइदिएको हो।

क, ख र ग गरी तीन श्रेणीमा राष्ट्रिय खेलाडीहरूलाई वर्गीकरण गरिएको छ। प्रत्येक समूहमा सात सात गरी २१ खेलाडीहरूले तलब पाउनेछन्।

जसमा क वर्गमा परेका खेलाडीले मासिक ३५ हजार, समूह बी का खेलाडीले २५ हजार र समूह सीका खेलाडीले १५ हजार पाउने व्यवस्था छ।

समूह बी मा शक्ति गौचन, करण केसी, रोहित पौडेल, आरिफ शेख, ललितनारायण राजवंशी, अनिल शाह र ललित भण्डारी छन्।

त्यस्तै समूह सी मा विनोद भण्डारी, सागर पुन, सुनिल धमला, प्रदिप ऐरी, सुवास खकुरेल, दिलिप नाथ र सुशन भारी छन्।

पहल

क्यान निलम्बन भएको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को पहलमा उक्त रकम निकासा भएको परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले बताए।

उनले भने,”दुई वर्ष बित्न लाग्दा समेत आइसीसीले तलब नपठाएपछि सदस्यसचिवले आइसीसीलाई बारम्बार ताकेता गरिरहनुभएको थियो। बल्ल पठाइदियो। अब बाँडिन्छ। ”

युवा खेलाडीहरू वर्गीकरणको सूचीमा पर्ने प्रतीक्षामा छन्।

पठाइएको रकम एक करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ रहेको छ। यो वर्ष २०१७ र २०१८ को तलब हो।

नयाँ वर्गीकरण

आइसीसीले क्यानले गरेको वर्गीकरण अनुसार तलब पठाएको हो।

अब वर्ष २०१९ का लागि खेलाडीहरूको नयाँ वर्गीकरण हुने बताइएको छ।

जसमा पुराना केही खेलाडीहरू सूचीबाट बाहिरिने छन् भने नयाँ खेलाडीहरू थपिने छन्।

सन्न्यास लिइसकेका खेलाडी शक्ति गौचन, सुभाष खकुरेल, सुशन भारी जस्ता खेलाडी बाहिरिने तथा अविनाश बोहोरा, सन्दीप जोरा, पवन सर्राफ, भीम सार्की जस्ता खेलाडी वर्गीकरणमा समावेश हुने प्रशिक्षक टमाटाले बताए।

बिबिसीबाट

एनपीएल विजेताहरुलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको छ । यो खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो । ‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपीएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।

जनकपुरले उचाल्यो एनपीएलको उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।  फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।  सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् । अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले अवार्ड वितरण गर्नुभएको हो ।

जनकपुरले निकाल्यो चौथो जित, लुम्बिनी लगातार चौथोपटक पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ । टस जितेर सुरुवाती फिल्डिङ गरेको लुम्बिनीले जनकपुरलाई १३६ रनमा रोकेको थियो । निर्धारित २० ओभरमा जनकपुरले ९ विकेटको क्षतिमा १३६ रनमा समेटिएपछि लुम्बिनीले १३७ रनको लक्ष्य पाएको थियो । तर, निर्धारित २० ओभरमा लुम्बिनी ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएपछि जनकपुर १ विकेटले विजयी भएको हो । योसँगै जारी लिगमा अपराजित जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई ८/८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको जनकपुरले लुम्बिनीविरुद्ध १ रनको जित निकालेको हो । उता यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग पराजित भएको लुम्बिनीको यो चौथो हार हो । जनकपुरका लागि अनिल साहले ४५ रन बनाउँदा आशिफ शेखले १६ रन जोडे । त्यस्तै लाहिरु मिलान्थाले २४ रन जोड्दा हर्स ठाकेर र जेम्स नसिम १/१ रनमा आउट भए । मोहम्मद मोसिन ३ र हेमन्त धामी ९ रनमा आउट हुँदा ललित राजवंशी शून्य रनमा पेभेलियन फर्किए । शुभ कंशाकार २२ रनमा नटआउट रहे । लुम्बिनीका लागि  अविशेष गौतमले ३ विकेट लिँदा साद विन जाफर र रोहित पौडेलले २/२ विकेट लिए । त्यस्तै सन्दीप जोराले १ विकेट लिए ।

आज जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स तथा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । लिगको पहिलो खेलमा आज जनकपुर र पोखरा भिड्ने छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ । जनकपुर बोल्ट्स आसिफ शेख– मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्याण्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)। पोखरा एभेन्जर्स  कुशल भुर्तेल– मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्डस्), म्याट क्रिचली (इंग्ल्याण्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदिप आर्याल (आइकोनिक। यस्तै, आज दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोल्यल्स भिड्ने छन् । काठमाडौंको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्नेछन् ।. यसअघिको खेलमा काठमाडौंले कर्णाली याक्सलाई हराएको थियो भने चितवन राइनोजसँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमै विराटनगरलाई हराएको थियो । यी दुवै टोली हाज दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । काठमाडौं गुर्खाज करण केसी– मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्याण्ड), स्टेफन इस्किनाजी (इंग्ल्याण्ड),  ड्यान डौथवेट (इंग्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स),  जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)। सुदूरपश्चिम रोयल्स  दीपेन्द्रसिंह ऐरी– मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड्स), सेफ अलि जेब (इंग्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।

लोकप्रिय