बालिकाको मुखमा ३०० ग्रामको ट्यूमर, ७ घण्टा लगाएर शल्यक्रिया
मुम्बइ, माघ ३ । भारतको मुम्बैस्थित बम्बइ अस्पतालमा न्यूरो सर्जन सहितको पाँच जना चिकित्सकको टोलीले ७ घण्टा लगाएर बालिकाको मुखमा भएको ट्यूमरको शल्यक्रिया गरेका छन् ।
भारतको सिंगरौलीकी १५ वर्षीया बालिकको मुखमा भएको ट्यूमर ३०० ग्रामको रहेको थियो । मुखमा ट्यूमर भएपछि परिवारले छोडेका थिए । मन्दिरमा गएर दिन बिताउने ति बालिका बाल सखा आश्रममा बस्दै आएकी थिइन् ।
शल्यक्रिया सकेको केही घण्टापछि होस आएकी बालिका रुन थालेकी थिइन् । “अब तिमी असाध्यै सुन्दर देखिएकी छौं” अस्पतालमै रहेकी आश्रमकी काउन्सलर बबीता खरारेले भनिन् । उनले यस्तो भन्दा बालिका शान्त रहेकी थिइन् । उनको अनुहारमा पट्टी बाँधिएको छ । पट्टीको छेउबाट एक आँखाले सबैलाई हेरेर बालिका हास्न थालिन् । उनलाई हाँसेको देखेपछि चिकित्सक, अस्पताल कर्मचारी र आश्रमका व्यक्तिले खुशी साँटे ।
बम्बइ अस्पतालका न्यूरोसर्जन डा.राघवन अयंगर र डा.प्रशान्त निवारकर, प्लास्टिक सर्जरी विशेषज्ञ डा.योेगेश तंदवाडे, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अनिल ग्वालियरकर सहितको टोलीले माघ २ गते बिहान १० देखि साँझ ५ बजेसम्म शल्यक्रिया गरेका थिए ।
जापानमा एक्लोपनको डरलाग्दो तथ्य सार्वजनिकः ४० हजार जना मानिस घरमै एक्लै मृत फेला
काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या छ । र, त्यहाँ एक्लोपनको गम्भीर समस्याका रुपमा देखा परेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै जापानी प्रहरी एजेन्सीले एक्लै बाँच्ने र मर्दा पनि एक्लै हुने गरी पछिल्लो समय जापानमा आइरहेको समस्या उजागर गर्ने विश्वास लिएको छ । जापानको राष्ट्रिय पुलिस एजेन्सीको तथ्यांकअनुसार एक्लै बस्ने करिब ३७ हजार २२७ जना आफ्नै घरमा मृत फेला परेका थिए । त्यसमा पनि ७० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका छन् । करिब ४० प्रतिशत मानिसको शव मृत्यु एक दिनभित्रै फेला परेको थियो । जबकी करिब ३ हजार ३९३ जनाको शव एक महिनापछि भेटिएको थियो । बाँकी रहेका १३० जनालाई फेला पर्नुभन्दा अगाडि कसैले पनि ध्यानसम्म पनि दिएका थिएनन् । जापानी पब्लिक टीभी नेटवर्क एनएचकेका अनुसार प्रहरीले यो तथ्यांक एक सरकारी समूहलाई दिइएको छ, जसले बेवारिसे मृत्युबारे जाँच गरिरहेको छ । यसवर्षभन्दा पहिले जापानी राष्ट्रिय जनसंख्या संस्थान र सामाजिक सुरक्षा अनसन्धानले भनेका थिए, ‘ देशमा ६५ वर्ष या सोभन्दा बढी उमेर समूहका नागरिकको संख्या सन् २०५० सम्ममा १ करोड ८ लाख पुग्न सक्छ ।’ तस्विरः एआई जेनेरटेड
जहाजभित्र महिलाका अगाडि ४ पटक हस्तमैथुन गरेपछि…
काठमाडौं । अमेरिकामा एक व्यक्ति पक्राउ परेका छन् । उनीमाथि विमानभित्र महिलाको अगाडि चार पटक हस्तमैथुन गरेको आरोप छ । घटना २ अप्रिलको हो । घटना सियाटलबाट फिनिक्सका लागि उडेको साउथवेस्ट एयरलाइन्सको उडानमा भएको हो । अभियुक्तको नाम एन्टोनियो शेरोड म्याकगारिटी हो । उनलाई एयरलाइन्सले अब नो फ्लाई लिस्टमा राखेको छ । न्यूजवीकको रिपोर्टका अनुसार आरोपी विमानमा एक महिलाको छेउमा बसेका थिए । विमानमा बस्नेबित्तिकै आरोपीले हस्तमैथुन गर्न थालेको महिलाको आरोप छ । महिलाले प्रमाणको लागि पुरुषको फोटो खिचेर त्यसपछि चालक दलका सदस्यसँग गुनासो गरेकी थिइन् । त्यसपछि आरोपीलाई अर्को सिटमा बसाइयो । आफूसँगै बसेकी महिलाको सहमतिमा हस्तमैथुन गरेको आरोपितले बताएका छन् । आफ्नो बयानमा उनले महिलालाई सोधेको बताएका हुन् । सो कार्यका लागि अनुमति माग्दा महिलाले हावामा हात हल्लाएर अनुमति दिएजस्तो लागेको उनले बताए । हस्तमैथुन गर्दा महिलालाई कुनै आपत्ति हुन्छ भनेर आफूलाई थाहा नभएको आरोपितले प्रहरीलाई बताएका छन् । किनभने महिलाले स्पष्ट रूपमा विरोध गरिनन् । महिलाले उनको तस्विर समेत खिचिरहेको आरोपितले बताए । साउथवेस्ट फ्लाइटका प्रवक्ताले न्यूजवीकलाई साउथवेस्ट एयरलाइन्सले आरोपितलाई स्थायी रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । 37
७ प्रदेशका १४ महिलासँग विवाह, पैसा लिएर वेपत्ता हुने पुरुष पक्राउ
भुवनेश्वर । लोभलालच देखाउँदै बिहे गरेपछि पैसा र गरगहना बोकेर वेपत्ता हुने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको उडिसा राज्यको पाटकुरा थानाक्षेत्र निवासी एकजना ६० वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको हो । भुवनेश्वरका प्रहरी उपायुक्त उमाशंकर दासले मिडियालाई दिएको जानकारी अनुसार आरोपीले सन् १९८२ मा पहिलो बिहे गरेका थिए । उनले त्यसपछि २००२ मा अर्को बिहे गरे । यी दुबै विवाहबाट उसको ५ छोराछोरी भए । त्यसपछि भने ती पुरुषले सन् २०२० सम्म वैवाहिक वेभसाइटको माध्यमबाट घरका दुबै श्रीमतीको जानकारी बिना १२ जना महिलासँग विवाह गरेको हो । प्रहरीका अनुसार उसको अन्तिम श्रीमती उडिसाको राजधानी भुवनेश्वरमा रहेकी छिन् । पेशाले तिनी विद्यालयमा शिक्षिक छिन् । प्रहरीका अनुसार, यी महिलालाई यसअघिका विवाहको बारेमा पत्ता लागेपछि उनले प्रहरीमा रिपोर्ट दर्ता गरेकी थिइन । त्यसपछि प्रहरीले पुरुषलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, ती पुरुषले एकल महिला र उमेर पुगेका महिलालाई आफ्नो शिकार बनाउने गर्थे ।आफूलाई डाक्टर भनदै पढेलेखेका र सरकारी तथा नीजि कार्यालयहरुमा उच्चस्तरको जागिर भएका तर एकल महिलाहरुलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ । साथी खोज्दै आफ्नो बारेमा राख्ने यस्ता महिलाहरुसँग विहे गरेपछि बिभिन्न बहानले पैसा लिने र अनि छोडने गरेको थियो । प्रहरीले आरोपीबाट ११ एटिएम कार्ड, ४ आधार कार्ड परिचय पत्र र अन्य दस्तावेज बरामद गरेको छ ।
नक्कली सुर्यपछि चीनले बनायो कृत्रिम चन्द्रमा, गुरुत्वाकर्षण शून्य
बेइजिङ, कृत्रिम सूर्य निर्माण गरेको चीनले नक्कली चन्द्रमा समेत बनाएको छ । नक्कली चन्द्रमा बनाउनुको पछाडि गुरुत्वाकर्षणसँग सम्बन्धित एउटा प्रयोग गर्नु रहेको चीनले जनाएको छ । यो नक्कली चन्द्रमामा गुरुत्वाकर्षण पूर्णरुपमा समाप्त भएको चीनको भनाई छ । नक्कली चन्द्रमामा वैज्ञानिकहरुले चुम्बकीय शक्तीको जाँच गरेका थिए । भविष्यमा चुम्बकीय शक्तिले चल्ने यान र यातायातका नयाँ तरिकाको खोजी गर्नु र चन्द्रममा बस्ती बनाउन सकियोस भनेर यो प्रयोग गरिएको हो । वर्षका अन्तसम्म एउटा शक्तिशाली चुम्बकीय शक्ति भएको भ्याक्युम च्याम्बर बनाउने चीनको उद्देश्य छ । यसको व्यास २ फीटको हुने छ । यसमा गुरुत्वाकर्षणलाई पूर्ण समाप्त गरेर एउटा भ्यागुतो राखिने छ । यद्यपी भ्यागुतोलाई यस्तो च्याम्बरमा यसअघि पनि ल्याभिटेड गरिएको छ । चाइना यूनिभर्सिटी अफ माइनिङ टेक्नोलोजीका जियोटेक्नीकल इन्जिनियर ली रुइलिनले यो भ्याक्युम च्याम्बरलाई ढुंगा र धुलोले भरिने बताए । चन्द्रमाको सतह जस्तै तह पृथ्वीमा बनाइने उनले बताए । यसको सानो प्रयोग सफल भएपनि अबको प्रयोगमा कम गुरुत्वाकर्षण शक्तिलाई लामो समयसम्म बनाइराख्न यो प्रयोगलाई बढी दिनसम्म सञ्चालन गर्ने योजना रहेको उनले बताए । पृथ्वीमा यो परीक्षण गरेर चीनले यसलाई चन्द्रममा पठाउने छ । चन्द्रमामा पृथ्वीको गुरुत्वाकर्षणको छ भाग मात्रै गुरुत्वाकर्षण रहेको छ । यसबाट चीनले चन्द्रममा मानव बस्ती बसाल्ने नयाँ तरिकाको खोजी गर्नेछ । गुरुत्वाकर्षण शक्ति कम भएकै कारण चन्द्रमामा मानिस हिँडन सक्दैन, त्यहाँ हरेक बस्तु हावामा उडने गर्दछन् । शोधकर्ताका अनुसार, यो भ्याक्युम चेम्बरको विचार उनीहरुले यूनिभर्सिटी अफ म्यानचेष्टका फिजिसिष्ट आन्द्रे ग्रीमको प्रोजेक्टबाट लिएका हुन । गीमलाई वर्ष २००० मा नोबेल पुरस्कार समेत पाइएको थियो । उनले कम ग्रेभिटीमा भ्यागुतोलाई हावामा उडाउने यन्त्र बनाएका थिए । यही ट्रिकको प्रयोगगरेर चीनले नक्कली चन्द्रमा बनाएको हो । यो प्रयोग सफल भएपछि चीनले लूनर रोभर चांगईलाई अर्को मून मिशनमा पठाउने छ । यसअघि चीनले चांगई ४ र चांगई ५ लाई वर्ष २०१९ र २०२० मा चन्द्रमामा पठाइसकेको छ ।