बिहानै थपिए १७४ जना संक्रमित, कहाँ-कहाँ ?

काठमाडौं: बुधबार बिहानै नेपालमा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रदेश-२, प्रदेश-५, कर्णाली, गण्डकी, बागमती प्रदेशका व्यक्ति हुन् ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका हुन् ।
४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा २ जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो ।
वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ ।
कलैया–१ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो । ३ संक्रमितको वडा नखुलेको डा. चौरसियाले जनाए । एक संक्रमित गण्डक अस्पतालका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमा कास्कीका २३, तनहुँका १, लमजुङका ४, नवलपरासी पूर्वका ७ जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ ।
त्यस्तै, कर्णाली प्रदेशको जुम्लाका ४० जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिपोर्टमा जुम्लाका ४० जनालाई पोजिटिभ देखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए ।
चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ जना , अदालतका एक जना, तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकाका २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै, पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको हो। जुम्लाका चन्दननाथ स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले बताए ।
स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेधाज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुन संक्रमण बढेपछि थप त्रास फैलिएको छ। १४ गते संकलन गरिएको स्वाबका धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आईसोलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन् ।
संक्रमण देखिएका सबैलाई आईसोलेशनमा राख्न तयारी भईरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनका अनुसार बुधबार बिहान सुरक्षा समितिको बैठक तथा कोभिड व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।
त्यस्तै, चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रूपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।
चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका–२, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।
यसैगरी चितवनकै रत्ननगर नगरपालिका–१० मा २७ वर्षीया १ महिला र राप्ती नगरपालिका–९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् ।
यस्तै नवलपरासीका २ पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमित धनुषा, रुपन्देही, सिरहा र बाराका हुन् ।
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।” अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याउनुभयो। “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्यौं। अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उहाँले स्पष्ट पार्नुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो। “वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,” उहाँले भन्नुभयो, “पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ।” उहाँले वाइसिएलसँग जनताका समस्या समाधान गर्ने संघर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। “युवा आन्दोलनको इतिहास जनताको समस्या समाधान गर्दै अघि बढेको हो,” उहाँले भन्नुभयो, “भित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो । त्यसमा नेतृत्व र विचारको रक्षामा वाइसिएल एकताबद्व भएर लाग्न जरूरी छ ” अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्गसंघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। “महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो। उहाँले वर्षायाम पछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिंदै त्यसपछि सुरु गरिने संगठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। वाइसिएलले जुजारु भूमिका खेल्ने गरी काम गर्नुपर्ने र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
कृषकहरूको समस्यामा सरकार गम्भीर बनोस् : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे। प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे । समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताए। धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिए । “सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अध्यक्ष प्रचण्डले भने ।”
संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गर्नुभएको हो। अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।” संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो। उहाँले थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।” अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ। “यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो। अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गर्नुभयो ।
रास्वपा र रविमाथि अन्याय नहोस् भनेर लागिरहेको छु : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने हेतुले अन्तिमसम्म प्रयास गरेको बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपाले देखाएको असहमति र सत्ता साझेदारहरूबीचको सहमतिका विषयमा प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। “रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,” प्रचण्डले भने। उनले अहिले पनि रास्वपामाथि टिप्पणी गर्न नचाहेको जनाउँदै परिस्थितिको गम्भीरतालाई महसुस गरिरहेको संकेत दिएका छन्। यसअघि रास्वपाले सरकारले ल्याएको अध्यादेशसहितका विषयहरूमा असहमति जनाउँदै सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरेको थियो। सोही दिन प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए। भेटमा संसदको वर्तमान अवस्था र समाजवादी मोर्चाको आगामी दिशा सम्बन्धमा छलफल भएको बताइएको छ । “सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने र दुई पार्टीबीचको सम्बन्धबारे सामान्य छलफल हो, गम्भीर विषयमा होइन,” प्रचण्डले जानकारी दिएका छन्। यसले हालको सत्ता समीकरणमा देखिएको असमझदारी र सम्भावित फेरबदलको संकेत समेत दिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।