बैंक खाताका पासकोड ह्याक गरी करोडौं चोरी गर्ने पक्राउ

बैंक खाताका पासकोड ह्याक गरी करोडौं चोरी गर्ने पक्राउ

काठमाडौं, चैत ९ । बिभिन्न बैंक खाताका पासकोड ह्याक गरेर करोडौं रकम चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बैंक खाताका डिजिटल कोड ह्याक गरेर उक्त समूहले ३ करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम निकालिएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
उक्त गिरोहले पे–पाल, बिटकोन, पर्फेक्ट मनीलगायत अनलाईन आर्थिक कारोबार गर्ने कम्पनीमार्फत रकम भुक्तानी गरेर ह्याकरहरूबाट विभिन्न व्यक्तिका बैंक खाताका पासकोड खरिद गरेर चोरी गर्ने गरेको महाशाखाले सार्वजनिक गरेको छ ।  पक्राउ परेकालाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ
अनाधिकृत रूपमा हात पारेका बैंक खाताका पासकोडलाई म्यागनेटिक स्टिप कार्ड रिडर (एमएसआर) नामक मेसिनमार्फत खाली एटीएम कार्डमा भर्ने गरेका थिए । काठमाडौं उपत्यका र भारतका ठूला उद्योगी व्यापारी तथा विभिन्न कम्पनीले व्यावसायिक कारोबार सञ्चालनका लागि उपयोग गर्ने एटीएम कार्ड स्वाइप गर्ने मेसिन ‘पोइन्ट अफ सेल’ मार्फत एटीएमको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

महाशाखाका अनुसार गिरोहका सदस्यले अनधिकृत डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड स्वाइप गरेर कतैबाट सामान नै किन्थे भने कतैबाट सामानको सट्टा नगद लिन्थे । नगद लिएबापत भने स्वाइप मेसिन धनीलाई कमिसन रकम पनि बुझाउँथे । महाशाखाका एसपी श्याम ज्ञवालीका अनुसार विदेशी नागरिकको विदेशी बैंकको खातामा रहेको रकम नेपालबाट झिकेको देखिन्छ ।

कसको कति चोरी ?

  • १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ
  • ३ महिनाअघि भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख
  • ९ महिनाअघि चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख
  • एक वर्षअघि क्षेत्रपाटीस्थित डिसोभिनियरबाट ३० लाख
  • दुई वर्षअघि कास्कीको पोखरास्थित टीका रिसोर्टबाट २ करोड
  • नयाँदिल्लीको चारवटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख

गिरोहले कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको एडिडास सोरुममा रहेको एटीएम स्विप मेसिनबाट समेत प्रत्येक दिन दस लाख निकाल्ने र उपत्यकाका विभिन्न स्वाइप मेसिनबाट प्रत्येक दिन ५० लाख रुपैयाँ निकाल्ने योजना बनाएका थिए ।

पक्राउ परेकामा मुख्य योजनाकार दोलखा भीमेश्वरका सुरेश केसीका साथै ललितपुर कुसुन्तीका केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका अनुज नकर्मी, अभिषेक नकर्मी र रोमन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पौराणिक थान्का तथा माला सप्लायर्स भक्तपुरका सञ्चालक काभ्रे मेच्छेका विजय लामा दोङ पनि पक्राउ परेका छन् । पक्राउ परेका दुई भारतीयकाे नाम नदिम खान र आईटी इन्जिनियर अभिषेक पाण्डे छन् ।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

दसैँका सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा अलपत्र

काठमाडौं । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन्। चीनले खासा बजारकोबीच भागमा सुरङ निर्माण गरिरहेकाले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो। सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू रहेका छन् । फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन्। चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ। उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन्। सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ। चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ। चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन्। अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन्। लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ। सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ।

लोकप्रिय